पुँजी बजार परिसुचक-नेप्से करेक्सनको बाटोमा देखिएको छ। नेपाल स्टक एक्सचेन्ज-नेप्सेमा लगातार दोस्रो दिन सुधार आएको हो। बुधबार नेप्से ६८.४७ अंकले बढेको छ। यसअघि मंगलबार पनि नेप्से ४१.८४ अंकले बढेको थियो। साताको सुरुका दुई दिन नेप्से ६२ अंकले घटेको थियो। बुधबारको कारोबारको समाप्तीमा नेप्से २ हजार ६ सय ८१.११ विन्दुमा पुगेको छ।
९ लघुवित्त, २ वटा फाइनान्स र एउटा विकाश बैंकको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ अर्थात १० प्रतिशतले बढेको छ। १९ वटा कम्पनीको सेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। नेप्सेसहित सबै उपसमूहको सूचक पनि बढेको छ। पछिल्लो समय लाभांश घोषणा बढेपछि लघुबित्त र बैङ्किङ क्षेत्रका कम्पनीहरुको सेयर मुल्य बढिरहेको छ।
बुधबार ग्रिन डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स, किशान लघुवित्त, सामुदायिक लघुवित्त, सबैको लघुवित्त, ग्रामिण विकाश लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, नयाँ साथी लघुवित्त, मिथिला लघुवित्त, जनउथ्थान सामुदायीक लघुवित्त, सपोर्ट माइक्रो फाइनान्स बित्तिय संस्था र सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्थाको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको हो। नेप्सेका अनुसार ८१ लाख ८९ हजार ८ सय ९० कित्ता सेयर बिक्री भएको छ भने त्यसबाट चार अर्ब ५० करोड ६ लाख ५८ हजार एक सय ४२ रुपैयाँको कारोबार भएको छ।

