काठमाडौं । चर्चित गायिका मेलिना राईले ध्रुब गुरुङसित इङेजमेन्ट गरेकी छन् । विहीबार उनीहरुले इंगेजमेन्ट गरेका हुन् ।
परम्परागत पहिरनमा ठाँटिएकी मेलिना र ध्रुबको इन्गेजमेन्टको फोटो बिहिबार सार्वजनिक भएको छ ।
शुक्रबार उनीहरुको विवाह छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार्यक्रममा नजिकका इष्टमित्रलाई मात्र निम्तो गरिएको छ ।
युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’ सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन् ।

