काठमाडौं । नेपाली पुरूष खो खो टिम भारतमा जारी खो खो विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । बिहीबारको खेलमा भुटानलाई हराउँदै नेपाल क्वाटरफाइनलमा पुग्ने पक्का भएको हो ।
समूह ए अन्तर्गत बिहीबारको खेलमा नेपालले तेस्रो जित निकाल्ने क्रममा भुटानलाई ९८-८ अंकको अन्तरले हराएको छ । बुधबार भएको खेलमा पनि नेपालले ब्राजिललाई १३४-८ को फराकिलो अन्तरले हराएको थियो ।
पहिलो खेलमा भारतसँग पराजित नेपालले दोस्रोमा पेरूलाई पराजित गरेको थियो । अब भुटानले भारतसँग खेल्न बाँकी छ । सो खेलपछि दुईमध्ये एक टोली क्वाटरफाइनलमा पुग्ने छन् ।
नेपालले महिलातर्फ पनि लगातार तीन खेल जित्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना छ । हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

