काठमाडौँ । जनसाहित्यिक संघ नेपालको अध्यक्षमा साहित्यकार नर्मदेश्वरी सत्याल निर्वाचित भएकी छन् । काठमाडौंस्थित् राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालको सभाहलमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले सत्याललाई संघको अध्यक्षमा निर्वाचित गरेको हो।
शनिबार सम्पन्न सम्मेलनले कार्यसमितिको उपाध्यक्षमा रमेश पोख्रेल, डा गोविन्द आचार्य, महासचिवमा डा कृष्ण सुवेदी एवम् भारद्वाज मित्र, कोषाध्यक्षमा डा गीता सापकोटा र सचिवमा सोमनाथ दाहाललाई चयन गरेको छ ।
कार्यसमितिको सदस्यमा नवराज रिजाल, साधुराम नेपाल, गोपाल मैनाली, सरिता श्रेष्ठ, देवू लुईंटेल, मसान उपासक, रामकुमार पण्डित, प्रदीप सापकोटा, पदमप्रसाद शर्मा, जगन्नाथ आचार्य, हरिप्रसाद पान्डेय, प्रा डा हिरण्यलाल ज्ञवाली, छवि सुवेदी ‘विजयी’, प्रकाश सापकोटा, गणेश घिमिरे ‘मार्मिक’, प्रेम ओझा रहेका छन् ।

पृथ्विबहादुर सिंह, आभासेतु सिंह, सरस्वती दुमी राई, प्रा डा ध्रुव घिमिरे, केशव थापा, समित गौतम, विन्दु दहाल, रुद्र ज्ञवाली, डा विदुर चालिसे, दीपक गौतम, किसान प्रेमी, दुर्गा नेपाली, प्रकाश पहरेदार, विवश बलिभद्र कोइराला, कृष्णप्रसाद खनाल, डा सावित्री श्रेष्ठ, ऋषि आजाद, दीपक सुवेदी, पार्वती राउत, प्रभाती किरण, त्रिलोचन आचार्य, गंगा पौडेल कर्माचार्य, अच्युत अधिकारी, जयन्ता पोखरेल समेत कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।
नव गठित कार्यसमिति ५१ सदस्यीय रहेको जनसाहित्यिक संघ नेपालका इन्चार्ज साहित्यकार नन्दु उप्रेतीले बताए । यस अघि संघको अध्यक्षमा साहित्यकार राम विनय थिए ।

