– तोमनाथ उप्रेती ,उपसचिव, सहकारी विभाग
काठमाडाैँ। चैत १९ गते ६६ औं सहकारी दिवसको मुल नारा ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ तय भएको छ । यसै थिमलाई सार्थक हुनेगरी सहकारीका समसामयिक मुद्दाहरुलाई समेत उजागर गरी ६६ औं सहकारी दिवस भव्य रुपमा मनाउन लागिएको छ । नेपालमा वि. सं. २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
यो वर्षपनि चैत २० गते देशैभरी विविध कार्यक्रम गरी सहकारी दिवस मनाउन लागिएकोे छ । विश्वव्यापी आर्थिक मन्दीको प्रभावले विगत लामो समयदेखि नेपालमा पनि उद्योग व्यवसायहरूको कारोबारमा संकुचन, बैंक, वित्तिय संस्था तथा सहकारी क्षेत्रमा तरलतामा देखिएको संकुचन, चर्को मूल्यवृद्धि लगायतका कारणले नागरिकहरू मर्माहत भएका छन् । वर्तमान संकटमा समेत कति पनि विचलित नभई सहकारीमा सदस्यको बचतको सुरक्षाका लागि जिम्मेवार र प्रतिबद्ध रहेको सन्देश प्रवाहित हुने गरि राष्ट्रिय सहकारी दिवस मनाउन आवश्यक रहेको छ ।
नेपालमा सहकारी संस्कृतिको शुरुवात प्राचिनकाल देखि नै विभिन्न परम्पराहरु जस्तै गुठि, पर्म, धर्म भकारी, ढिकुरी आदिको माध्यमबाट अभ्यास हुँदै आएको पाईन्छ ।नेपालमा हाल ३० हजार हाराहारी सहकारीहरू दर्ता भइ सञ्चालनमा रहेको सहकारी विभागको अभिलेखवाट देखिन्छ ।
सहकारी दिवस सहकारी अभियन्ता, सहकारी कर्मी सहकारी सङ्घ संस्थाहरू,सहकारीको क्षेत्रमा लागेका अनुसन्धानकर्ताहरुका लागि एउटा पर्व नै हो । हरेक वर्ष चैत्र २० गते विभिन्न फरक फरक नाराका साथ यो दिवस मनाउने प्रचलन छ । त्यसले गर्दा सहकारी दिवसले नयाँ ऊर्जा थप्ने गरेको अवस्था छ । नेपालको सन्दर्भमा सहकारीको इतिहास त्यति लामो नभए पनि यो अभियानमा लाग्ने हरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्दो क्रममा रहेको छ ।
सहकारी दिवसले सहकारी के हो भन्ने कुरा आम जनमानसमा थप जानकारी गराउने र राज्यका सम्बन्धित निकाय हुलाइ घचघच्याइने कार्य गरेको अवस्था छ । त्यस्तै गरिबी उन्मुलन गर्दै समाजमा बचत गर्ने बानीको विकास गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्य सहकारी संस्थाको हो भन्ने कुराको जानकारी दिने गरिन्छ ।
तामझामका साथ सहकारी दिवस मनाइदै गर्दाएकातिर तरलताको अभावले आम सर्वसाधारणको सहकारी प्रतिको विश्वास गुम्दै गएको अवस्था विधमान छ ।सहकारी दिवसलाई एउटा पर्वको रूपमा मनाउनुका साथै सहकारी भित्र रहेका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको छ । संस्था खोल्नु जति सजिलो छ त्यसलाई सहज र सरल ढङ्गले सञ्चालनमा राखिरहनु र सदस्यको बचतलाई सुरक्षा दिनुचाहिँ त्यतिकै महत्वपूर्ण हुन्छ । त्यसैले सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाइ चुस्त , थप सुदृढ, मजबुत बनाउँदै लान सकियो भने मात्र तामझामका साथ मनाइने सहकारी दिवसले सार्थकता पाउने निश्चित छ ।अब मनाइने सहकारी दिवसले मुलुकमा सहकारीले खेलेको भूमिका, राज्यले सहकारी क्षेत्रबाट देसको आर्थिक पक्ष र सामाजिक पक्षमा गर्ने रूपान्तरण र राज्यको विधानमा सहकारीलाई दिएको स्थानलाई जिवन्त राख्न सक्नु पर्दछ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा सहकारीको स्थानलाई कायम गर्नका लागि सहकारी सदस्यहरूलाई सुसूचित गराउँदै सहकारी क्षेत्र सामाजिक, आर्थिक रूपान्तरणलाई चरितार्थ गर्न सहकारी दिवस मनाउन सक्नु पर्दछ ।चैत २० गते भनेको सहकारी संघ ÷ संस्था र सहकारीकर्मीहरुका लागि एउटा प्रेरणाको दिन पनि हो र एउटा महान् चाड पनि हो । यो दिन सहकारीले गरेका वार्षिक गतिविधि र सकारात्मक क्रियाकलापको स्मरण गर्ने र प्रचार प्रसार गर्ने दिन पनि हो ।सहकारीको सिद्धान्त,मुल्य र मान्यतामा कति पनि आँच आउन नदिई सुशासन कायम गर्ने दिशामा सहकारी दिवस मनाइनु उचित हुन्छ ।यसवाट आर्थिक सामाजिक र सांस्कृतिक एकताको मूल धारमा ल्याएर समाजवादी अर्थ व्यवस्थालाई कार्यान्वयन गर्दै गरिबी घटाउने तथा लोकतान्त्रिक समाज व्यवस्था निर्माण गर्न सक्नु पर्दछ । अनिमात्र दिवसको सार्थकता रहने छ ।
देशको आर्थिक मन्दी र विश्व अर्थतन्त्रमा आएको गिरावट र ब्यापार घाटाले दैनिक वित्तीय क्षेत्रमा असन्तुलन बनाएको छ । यसले समग्र बजारलाई नै अस्थिर बनाएको छ । जहाँ, वित्तीय माग बढ्दो छ, त्यहाँबाट उत्पादकत्वमा हुने प्रभावकारी लगानीको अभावले पूँजीको परिचालन घट्दो दरमा छ ।अर्थात्, लगानीको वातावरण दिनानुदिन घट्दो क्रममा छ र उत्पादकत्व ऋणात्मक हुँदै गएको छ । सहकारी संस्था खराब नै हुन त ? हिजोआज यो विषय बुझ्न र बुझाउन नसक्दा बचतकर्ताहरुको बचत र सहकारीको अस्तित्व जोखिममा छ ।
अधिकांश सहकारी संस्थाहरुमा तरलताको अभावले बचतकर्ताहरुको बचत रकम फिर्ता दिन नसकिएको अवस्था विधमान रहेको छ । सहकारी संस्थाहरुले बचत फिर्ता गर्न नसकेर आफ्नो साख समेत गुमाउँदै जानु परेको अवस्था विधमान रहेको छ । समस्यामा परेका संस्थाहरूले सम्पति र दायित्वको उचित व्यवस्थापन गर्न नसकेको देखिन्छ ।
यसरी हेर्दा केही सिमित सहकारीहरूमा देखिएका समस्याका कारण समग्र सहकारीहरुलाई असर परेको छ ।वितीय क्षेत्रमा विश्वव्यापी रुपमा देखिएको संकटवाट नेपाल समेत अछुतो रहन नसकेको सन्दर्भमा अहिले मनाउन लागिएको सहकारी दिवसवाट यसको उचित निकास निकाल्नु पर्ने वेला आएको छ । देशमा देखिएको आर्थिक संकटका कारण बचतकर्ताहरूले एकै पटक बचत फिर्ता माग गर्दा बलियो भनिएका सहकारी पनि टाट पल्टिने अवस्थामा पुगेका छन् ।
सहकारी बिभागले जारी गरेको एकिकृत निर्देशिका अनुसार सहकारी संस्थाले १० देखि १५ प्रतिशतसम्म रकम तरल अवस्थामा राख्नु पर्दछ् । तर अधिकांश सहकारी संस्थाहरु तरलता व्यवस्थापन गर्न सक्ने अवस्थामा रहेका छैनन ।सबै बचतकर्ताहरू एकैपटक सस्थामा पुगे भने संस्थाको तरलतामा समस्या आएर समस्याग्रस्त हुनसक्छ । तसर्थ, बचतकर्ता र संस्थाबीच आपसी समझदारी हुन् आवश्यक छ । यस्तो स्थितिमा बचतकर्ता सम्यमित भइ बचत फिर्ताका लागि ध्यान दिनु पर्ने देखिन्छ, किनकी सस्था डुब्दा बचत नै ढुब्ने जोखिम हुन्छ ।
सस्थाले पनि बचतकर्ताहरूको बचत लगानी सुरक्षित रहेको आभाष देखाउन सक्ने प्रभावकारी लगानीको विस्तृत विवरण सार्वजनिक गर्नुपर्छ । एकै पटक बचत फिर्ता लिन आउन चाहने सदस्यलाई आवश्यकता र बचत जोखिमको डरका बारेमा जानकारी लिइ त्यसै अनुसार सकारात्मक विश्वास दिलाउन सक्नुपर्दर्छ ।
वर्तमान समयमा वित्तीय क्षेत्रमा देखिएको तरलताको संकटले सहकारीको अस्तित्व नै गुम्न सक्ने अवस्था रहेकाले विश्वासको बातावरण बनाउनुपर्छ । सहकारीप्रति विश्वास दिलाउन आवश्यक देखिन्छ । तर सबै संस्थाहरू मौन रहेको पाइन्छ ।हिजोआज सामाजिक सञ्जाल र सञ्चार माध्ययममा सहकारी र यसको बचत सम्बन्धी गुनासोका खबरहरूले प्राथमिकता पाइरहेका छन् । अहिले पनि सहकारीको नियमन गर्ने केन्द्रिय निकाय सहकारी विभागमा सयौ वचतकर्ताहरु सहकारी संस्थावाट वचत फिर्ता पाउन नसकेको गुनासो लिएर आउने गरको अवस्था विधमान रहेको छ ।
सहकारी त्यस्तो सस्था हो जसले वित्तीय सेवा लिन–दिन सदस्यको घर दैलो सम्म सम्म पुग्ने गर्दछ । बैंकको ढोकाबाट छिर्न उचित नमानेकाहरूलाई घरसम्म पुगेर सहकारी संस्थाहूले सेवा प्रदान गर्दै आएका छन् ।विश्वव्यापी आर्थिक मन्दी र विश्व अर्थतन्त्रमा आएको गिरावट र ब्यापार घाटाले दैनिक वित्तीय क्षेत्रमा असन्तुलन बनाएको छ । यसले समग्र बजारलाई नै अस्थिर बनाएको छ । जहाँ, वित्तीय माग बढ्दो छ, त्यहाँबाट उत्पादकत्वमा हुने प्रभावकारी लगानीको अभावले पूँजीको परिचालन घट्दो दरमा छ ।
सहकारी संस्था खराब नै हुन त ?सहकारी संस्था प्रतिको विषय बुझ्न र बुझाउन नसक्दा बचतकर्ताहरुको बचत र सहकारीको अस्तित्व जोखिममा छ ।
नेपालमा हाल ३० हजार हाराहारी सहकारीहरू दर्ता भइ सञ्चालनमा छन् । जसमध्ये ०.८ प्रतिशत संघीय सहकारी विभाग,१९ प्रतिशत प्रदेशको नियमन क्षेत्र र झन्डै ८० प्रतिशत सहकारीहरु स्थानिय तहको नियमन क्षेत्र भित्र रहेका छन् ।
यसरी हेर्दा केही सिमित सहकारीहरूमा देखिएका समस्याका कारण समग्र सहकारीलाई असर परेको छ । देशमा देखिएको आर्थिक संकटका कारण बचतकर्ताहरूले एकै पटक बचत फिर्ता माग गर्दा बलियो भनिएका सहकारी पनि टाट पल्टिने अवस्थामा पुगेका छन् ।तर, सबै बचतकर्ताहरू एकैपटक सस्थामा पुगे भने संस्थाको तरलतामा समस्या आएर समस्याग्रस्त हुनसक्छ । तसर्थ, बचतकर्ता र संस्थाबीच आपसी समझदारी हुन् आवश्यक छ । यस्तो स्थितिमा बचतकर्ता सम्यमित भइ बचत फिर्ताका लागि ध्यान दिनु पर्ने देखिन्छ, किनकी सस्था डुब्दा बचत नै ढुब्ने जोखिम हुन्छ ।संस्थाले पनि बचतकर्ताहरूको बचत लगानी सुरक्षित रहेको आभाष देखाउन सक्ने प्रभावकारी लगानीको विस्तृत विवरण सार्वजनिक गर्नुपर्छ । एकै पटक बचत फिर्ता लिन आउन चाहने सदस्यलाई आवश्यकता र बचत जोखिमको डरका बारेमा जानकारी लिइ त्यसै अनुसार सकारात्मक विश्वास दिलाउन सक्नुपर्छ ।
सहकारीसँग सम्बन्धी विभिन्न संघ संस्थाहरूले सबै सहकारीको अस्तित्व नै गुम्न सक्ने अवस्था रहेकाले विश्वासको बातावरण बनाउनुपर्छ । सहकारीप्रति विश्वास दिलाउन आवश्यक देखिन्छ । तर सबै संस्थाहरू मौन रहेको पाइन्छ ।
