घनश्याम आचार्य
नेपालको गोर्खामा अवस्थित पावन तीर्थस्थलका रुपमा परिचित मनकामना मन्दिर अत्यन्त सुपरिचित मन्दिर हो । भगवती माताको मन्दिर रहेको हिन्दु धर्म ग्रन्थ अनुसार पार्वतीको अवतारका रुपमा मनकामना मन्दिरलाई लिइन्छ । नेपालको इतिहासमा लिपिबद्ध भए अन’सार १७ सताब्दीमा गोर्खाका राजा रामशाहको शासन कालमा लखन थापा मगरले स्थापना गर्न लगाएको भन्ने इतिहास पाइन्छ ।
म आफु प्रकृतिसित रमाउने मानिस भएकाले विभिन्न स्थलहरुको अवलोकन गर्त अत्यन्त उत्साहित हुने गर्दछु । एकदिन मेरी छोरी संचिता र ज्वाई आशिषले मनकामना दर्शन घुमफिर कार्यक्रम तय गर्नु भएछ । यहि सिलसिलामा मलाई हामीसंग दर्शन गर्र्न जाऔं भन्नु भयो । मैले छोरी र ज्वाईको कुरालाई अस्विकार गर्न सकिन । म पनि तयार भएँ । हामी फागुन महिना बिहिवारका दिन सुमो गाढि लिएर मनकामना यात्रा शुरु गर्यौं । बाटामा ठाउँ ठाउँमा मर्मत गरिरहेका, काँही तोडफोड गरिरहेका यो काम बाटोमा सधैं चलिरहन्छ । हाम्रो देशको कमजोरीपना हो जस्तो लाग्दछ । शासकहरु पनि यस्तै चरित्रका छन् । बाटामा घुलोमैलो हुँदै करिब ४ बजेतिर कुंरिनटार पुगियो । केबरकार चढेर पहाडी दृश्य हेर्दै मनकामना मन्दिर परिसरमा पुगियो । केबरकार चलिरहेको बेलामा केवलकार अड्कियो भने के हुन्छ ? भन्ने मनमा तुल बुल घरि घरि भइरहन्थ्यो । तर हामी आरामले केवरकारबाट उक्रिएर मन्दिर परिसरतिर अगाडि बढ्यौं । होटलमा पुगेपछि कोठाको व्यवस्था गरि आराम गर्नतिर लागियो । साँझ परेपछि साँझको आरती कार्यक्रममा सहभागी भयौं । साँझको आरती कार्यक्रम अति रमणिय दृश्यहरु झल्कीरहेका दर्शन यात्रीहरु नाचिरहेका, भजन गाइरहेका थिए ।
स्वर्गीय आनन्दको अनुभूति धर्मावलम्वीहरुलाई भइरहेको जस्तो अनुभव मलाई भईरहेको छ । साँझको कार्यक्रम सकेर होटलमा खाना खानतिर लागियो । होटलमा आगन ठूलो व्यवस्थित रहेछ । दर्शन गर्न आएका यात्रीहरु नाच, गान गाउने रमाइलो गर्न लाग्नु भयो । हामी पनि केहि बेर सहभागी भएर रमाइलो गरियो । दिनभरिको थकानले राती निद्रा राम्रो लाग्यो । बिहान नुहाई धुवाई गरेर मन्दिर दर्शन गर्न लागियो । बिहानीको समय भएकाले भिडभाड थिएन । मन्दिरभित्र पूजा, धुपबत्ति गर्न जाँदा पुजारीजीले सोध्नुभयो ? तपाईंको केहि भाकल छ कि किन आउनु भयो ? मैले पुजारीजीलाई भने मेरो भाकल केहि छैन । माता मनकामनाको दर्शनको निम्ति मात्र हो । वहाँले मलाई टिका फुल लगाई दिनुभयो । भेटि चढाएर भगवानको मूर्ति छोएर भने कल्याण गर्नुहोस । मेरो मनसाय मेरो मात्र कल्याण थिएन, समस्त मानव जातिको लागि थियो । विश्वमा विना संकारी युद्ध साथै प्राकृतिक विनासले भइरहेको मानव समाज आकांत अवस्थामा गुर्जिरहेका छन् । कल्याण गर, मानव जिवन साथै प्राणि जीवनको रक्षा गर भन्ने थियो ।
मनकामना दर्शन यसभन्दा पहिला पनि गरेको थिएँ । भिडभाड थियो । दर्शन गर्न समय धेरै लाग्यो । मलाई सनतुष्ठि भएको थिएन । यसपल्टको दर्शन अभूतपूर्ण भयो । मनकामना माताको मूर्तिमा आसनमा छोएर दर्शन गर्ने सौभाग्य मिल्यो । मन्दिरका चौराहामा फोटो खिच्ने त्यहाँको मनमोहक वातावरणमा घुलमिल गर्ने सौभाग्य मिल्यो । मन्दिर दर्शनपछि खानपिन गरि हामी केबलकार चढेर कुरिनटारबाट ओर्लिएर सुमोबाट ४, ५ बजेतिर काठमाण्डौं घर पुगियो ।
घर फर्किरहेको बेलामा मेरो मनमा लाग्यो मानिस किन यति आश्वसत हुन सक्छ के दैविक शक्तिले हो छ ? मलाई त्यति अनुभूति भए । हाम्रो सनातन धर्म संस्कृति, परम्पराले मानव समाजलाई एक सुत्रमा बाँधेर ज्ञान मार्गतिर अग्रसर गराउँछ । जसको प्रभावले समाजमा मानिसहरु खराब आचरणबाट सुरक्षित रहन प्रेरण मिल्दछ ।
मन्दिरहरुमा हजारौ मानिसको भिड हुन्छ । किन ? बाहिरको समाजमा सहिष्णुता हराई सकेको छ । मानिसमा अहंम छ, विभेद छ, कहाली लाग्दो वातावरण छ । समाजको असमान्य अवस्थाले मानिस शान्ति प्राप्त गर्न स्थान खोज्दै जान्छ ।
जय मनकामना माई ।

