–तोमनाथ उप्रेती
सारांशः
देशको मुहार फेर्नको लागि विज्ञान तथा प्रविधिको विकासगर्नु पर्दछ ।जहाँ बिज्ञान हुन्छ, त्यही प्रकृति हुन्छ र जहाँ प्रकृति हुन्छ, त्यही प्रकृतिको नियम नै विज्ञानको रुपमा परिभाषित हुनपुग्छ । प्रकृति वा सृष्टिको नियम बिज्ञान वा मानिसले स्थापित गरेको अध्ययनको एक शास्त्र हो । विज्ञानले आफै नियम बनाउन सक्दैन तर यसले प्रकृतिको नियमलाई उजागर गर्दछ जुन नियमलाई विज्ञानले आफ्नै उपमा दिएको हुन्छ र यसलाई नै विज्ञानको नियमले चिनिन्छ । विज्ञानको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई व्यवहारमा लागू गर्न सकिएमा मात्र गरिबी न्युनीकरणमा सहयोग पुग्ने कुरा बैज्ञानिकहरु बताउछन् ।स्टीम शिक्षा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित विषयका अवधारणाहरुलाई एकिकृत गरी कार्यान्वयनमा ल्याइएको बहुआयामिक शिक्ष पद्दति हो । स्टीम शिक्षाले आधारभूत विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान, आलोचनात्मक विश्लेषण, स्वतन्त्र सोचाई तथा समूहगत रूपमा काम गर्ने क्षमता तथा सीप विकास गर्दछ ।प्रविधिको विकाससँगै परम्परागत शिक्षालाई पनि परिमार्जन गरी प्रयोगात्मक तथा व्यवहारिक शिक्षा र सिकाईमा जोड दिन आवश्यक भएको छ । ‘स्टीम शिक्षा मार्फत आर्जन गरेको ज्ञान र सीपले विद्यार्थीहरूलाई विद्यालयस्तर र सो पश्चात पनि समस्याहरूको सामना गर्न आधारशीला निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।यसवाट गरिवी निवारणमा महत्वपुर्ण टेवा पुग्दछ ।
पृष्ठभूमि ः
आजको युग विज्ञान र प्रविधिको युग हो । मानिसले परापूर्वकालदेखि नै विज्ञान तथा प्रविधिको प्रयोग गर्दै आएको पाइन्छ । विज्ञान तथा प्रविधिलाई देशको विकास र समृद्धिको मेरूदण्ड मानिन्छ । यसको विकास बिना कुनै पनि राष्ट्रको प्रगतिलाई तीव्र पार्न सकिँदैन । विज्ञानले प्रविधिको विकासमा मद्दत गर्दछ भने स्तरीय प्रविधिले विज्ञान शिक्षालाई स्तरीय बनाउँछ ।विज्ञान एउटा रूख हो भने प्रविधि त्यसमा फल्ने फल हो त्यसैले देशमा विज्ञानको विकास भयो भने मात्र देशभित्रै माटो सुहाउँदो आवश्यक प्रविधिको विकास गर्न सकिन्छ ।प्रविधिको विकासवाट उत्पादन र उत्पादकत्व अभिवृद्धिगरी त्यसवाट रोजगार बढाउन सकिन्छ । विज्ञान तथा प्रविधिको विकासले विश्वभरी मानिसको जीवनमा आमूल परिवर्तन ल्याएको छ । संयुक्त राज्य अमेरिका विज्ञान तथा प्रविधिको विकासले नै संसारको सबैभन्दा शक्तिशाली राष्ट्र बन्न पुगेको हो ।स्टीम शिक्षाविज्ञान, प्रविधि, यांत्रिकी, र गणित) सम्बन्धी शिक्षा हो। स्टीम शिक्षा यहाँका विद्यालयमा एक महत्वपूर्ण विषयम मानिन्छ। यसले विद्यार्थीहरूलाई वैज्ञानिक चिन्तन, तार्किक विचारको विकास, प्रयोगशीलता, व्यावसायिक कौशल र समस्या–समाधानको क्षमता विकास गराउँछ।नेपालमा स्टीम शिक्षा अन्य शिक्षाको तुलनामा कम प्राथमिकतामा रहेको छ, तर यसको महत्त्व बढ्दै गएको अवस्था छ। नेपाली शिक्षण संस्थाहरूले वैज्ञानिक, प्रविधिक, यांत्रिकी, र गणितमा आधारित पाठ्यक्रमहरू विकस गर्दै आएका छन्।
विज्ञान
कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन वा ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान एक व्यवस्थित ज्ञान हो जसले विश्व ब्रह्माण्डका बारेमा परीक्षणयोग्य ब्याख्या र भविष्यवाणीहरूको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँछ । विज्ञान मनुष्य जातिको साझा सम्पदा हो ।विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र ,जीव विज्ञान,खगोल विज्ञान पर्दछन । प्रकृति र बिज्ञान वीच गहिरो सम्वन्ध रहेको हुन्छ ।कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ। विज्ञान एक व्यवस्थित ज्ञान हो जसले ब्रम्हाण्डका बारेमा परीक्षणयोग्य ब्याख्या र भविष्यवाणीहरूको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँछ। मानव जीवन विज्ञानसँग अलग हुन सक्दैन। अहिले हाम्रो चिन्तन पनि वैज्ञानिक हुन थालेको छ। विज्ञान प्रमाणमा आधिारित हुन्छ। विज्ञान पारदर्शी पनि हुन्छ, यो विश्वव्यापी हुन्छ।विज्ञानले कहिल्यै पनि झूठो बोल्दैन, यो सत्यको खोजी हो। विज्ञान हाम्रो जीवनको लगभग हरेक पक्ष भाग हो। विज्ञान मनुष्यको जातिको साझा सम्पदा हो। विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धी हो। सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो। विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ।वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ। यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीवविज्ञान पर्दछन्। प्रकृति र विज्ञानबिच गहिरो सम्बन्ध रहेको हुन्छ। विज्ञानमा वैज्ञानिकहरूले पहिला अवलोकन गर्छन्। अनि त्यो किन कसरी भयो भनी प्रश्न गर्छन्। त्यसपछि परिकल्पना गर्न शुरु गर्छन्। त्यो परिकल्पनासार धेरैपटक प्रयोग वा परीक्षण गरेपछि अन्तमा गएर वैज्ञानिक सिद्धान्त बन्छ।अंग्रेजीमा “साइन्स” शब्दको उत्पत्ति ल्याटिनमा प्रचलित शब्द साइन्टिका बाट भएको मान्न सकिन्छ, जसको अर्थं हो ज्ञान । विज्ञान के हो भन्नेबारे वैज्ञानिकहरूबिच कुनै असहमति छैन। तर, यसका बावजुद, आजसम्म विज्ञानको कुनै यस्तो सन्तोषजनक परिभाषा बन्न सकेको छैन, जो सबै वैज्ञानिकलाई मान्य होस्। कयौँ वैज्ञानिक र दार्शनिकहरूले आ–आफ्नो तर्फबाट यसको परिभाषा दिएका छन्। अधिकांशले विज्ञानको ज्ञान पक्षमा जोड दिएका छन्।“विज्ञान ज्ञानको यस्तो विभाग हो, जसमा खोजतलासका परिणामहरूलाई तर्कपूर्ण तरिकाले परिकल्पना र सामान्य नियमहरूका रुपमा ब्यवस्थित अनि तिनको सत्यापन गरिन्छ।”
प्रविधि
बिज्ञान एउटा अतृप्त आत्मा हो । मान्छे तृप्त भएको भए आविष्कारहरु हुने थिएनन। प्रविधि भनेको अतृप्त मनहरुले उब्जाएको आविष्कार हो । प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्वन्धीत अध्ययन अथवा विज्ञानको समूह हो।आदिमकालदेखि नैं मानवले प्रविधिको प्रयोग गर्दै आएको थियो । आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ । जुन देशहरु प्राविधिक हिसावले शक्तिशाली छन् तिनीहरू नै सामरिक र आर्थिकले हिसावमा शक्तिशाली र अरुभन्दा सक्षम पनि छन् ।आजको युग भनेको प्रविधिको युग हो । समयानुकूल प्रविधिको विकास तथा उपभोग गर्ने देशहरूको शैक्षिक लगायत आर्थिक तथा सामाजिक क्षेत्रमा पनि प्रगति भएको देखिन्छ । विकसित मुलुक र विकासशील राष्ट्रबीच प्रविधिको उपयोगको अवस्था ज्यादै भिन्न देखिन्छ । व्यवस्थापकीय प्रणालीमा सुधार ल्याउन, सक्षम तथा दक्ष जनशक्तिको उत्पादन गर्न, सूचना र सञ्चार प्रविधिमा पहुँच हुने र नहुने बीचको खाडल कम गर्न र निरन्तर तथा जीवनपर्यन्त सिकाइलाई प्रोत्साहन गर्न सूचना र प्रविधिको उपयोग हुनु जरुरी भएको छ । प्रविधिको उपयोगले विश्वलाई साँघुर्याउदै लगेर एउटा भूमण्डलीय ग्रामका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ ।प्रविधिलाई अर्काे तकनीति पनि भनिन्छ। प्रविधि ब्यवहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो। धेरै मानिसहरू प्रविधि र अभियान्त्रिकी शब्दहरूलाई पर्यायवाचीको रूपमा प्रयोग गर्दछन्। मानिसहरू जसले प्रविधिको तालिम प्राप्त गरेर यसलाई ब्यवसायको रूपमा लिने ब्यक्तिलाई अभियन्ता भनिन्छ।आदिकालदेखि नै मानवले प्रविधिको प्रयोग गर्दै आएको हो। आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ जो समाज अथवा राष्ट्र प्राविधिक रूपले शक्तिशाली छन्। तिनीहरू नै सामरिक रूपमा शक्तिशाली हुन्छन्, अनि आर्थिक रूपमा अरूभन्दा सक्षम छन्।
नेपालमा विज्ञान तथा प्रविधिको दृष्टान्त
कुनै पनि देशको मुहार फेर्नको लागि विज्ञान तथा प्रविधिको विकासवाट मात्र सम्भव हुन्छ। विज्ञान तथा प्रविधिको विकास बिना देशको आर्थिक सम्बृद्धिको सोच राख्नु कोरा कल्पना मात्र हुन्छ ।विज्ञान तथा प्रविधिको विकासले विश्वभरी मानिसको जीवनमा आमूल परिवर्तन ल्याएको छ । आज विज्ञानको विकासले भौतिक युगको सृजना र भोगविलासको स्रोतसाधनमा सम्पन्नता भई रोमाञ्चकारिताको संसारमा हामी जीवन गुजारिरहेका छौँ । विज्ञान र प्रविधिको विकासले गर्दा यातायात, सञ्चार, विभिन्न व्यवसाय, उत्पादन, उपभोग र वितरणको क्षेत्रमा निकै परिवर्तन आएको छ । वास्तवमा हाम्रो दैनिक आवश्यकताको परिपूर्तिमा जुन सहज र सुगम स्थिति विद्यमान छ, त्यसको लेखाजोखा गरेमा निःसन्देशह पनि विज्ञान र प्रविधिलाई वरदानका रूपमा अंगीकार गर्नु अत्युक्ति नहोला । परन्तु आज विभिन्न देशमा विज्ञानलाई रचनात्मक कार्यहरूको सट्टा ध्वंसात्मक कार्यहरूमा परिचालन गर्न थालिएकाले यी देशहरूको विभिन्न क्षेत्रहरूमा नकारात्मक असर पर्न गएको कुरा सर्वविदितै छ ।
नेपाल आजसम्म पनि विज्ञान र प्रविधिको क्षेत्रमा निकै पछि परेको छ । हुन त विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यले यहाँ विगत केही दशकयता विज्ञान र प्रविधिको विकासमा केही जोड दिन थालिएको छ । तर हालसम्म पनि यी संस्थाहरूले यहाँको आवश्यकताअनुरुप काम गर्न सकेका छैनन् । जसको फलस्वरुप यहाँका विभिन्न क्षेत्रहरूमा आजसम्म पनि ठोस प्रगति हुन सकेको छैन ।नेपालमा प्रचुर मात्रामा विभिन्न किसिमका स्रोत तथा साधनहरू भए तापनि यिनीहरूको राम्ररी परिचालन गर्न सकिएको छैन । यसले विगत धेरै वर्षदेखि हालसम्म पनि हामी धेरैजसो चिजका लागि अन्य देशहरूमा भर पर्नुपरेको छ । यतिमात्र होइन, व्यापारघाटा बढ्नाले यहाँको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । अतः परम्परागत प्रविधिको विकास गरी स्थानीय स्रोत तथा साधनहरूको अधिकतम परिचालन गर्न सके यहाँको अर्थतन्त्र सबल बनाउन ठूलो सघाउ पुग्न सक्ने कुरा नकार्न सकिँदैन । यसका लागि प्रत्येक वर्ष स्थानीय स्रोत तथा साधनहरूको परिचालनमा केही धनराशि छुट्याउन धेरै आवश्यक छ । यसका साथसाथै स्थानीय स्रोतसाधनहरू परिचालन गरी योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरूलाई पुरस्कार प्रदानगर्ने व्यवस्था हुनुपर्छ । यस्तो परिपाटीको जग बसाल्न सकियो भने नेपालमा विज्ञान तथा प्रविधिको विकासमा नयाँ आयाम थपिने अपेक्षा गर्न सकिन्छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुआयामिक र बहुसांस्कृतिक विशेषतायुक्त देश हो । प्राकृतिक छटा र सुन्दरताका कारण पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न विश्वविख्यात पत्रपत्रिका तथा संस्थाहरूले यो देशलाई उत्कृष्ट गन्तव्यस्थलका रुपमा समावेश गरेका छन् । तर, आवश्यक पूर्वाधारको कमी र सरकारको यथोचित ध्यान पुग्न नसक्नाले यहाँ आजसम्म पनि पर्यटकहरूको आगमन सन्तोषजनक रुपबाट हुन सकेको छैन ।सांस्कृतिक विविधता, भौगोलिक पर्यावरण र अतिथि सत्कार गर्ने परम्पराका कारण नेपाल पर्यटकहरूको रोजाइमा सधैं नै परेको छ । तर पर्यटन उद्योगको धेरै सम्भावना भए पनि यहाँ उक्त उद्योगबाट अपेक्षित फाइदा लिन सकेको छैन । यो खास गरेर विगतका सरकारहरूको कमीकमजोरीले नै गर्दा हो भन्न सकिन्छ ।आज नेपालमा तीव्र जनसंख्या वृद्धिका कारणले विभिन्न क्षेत्रमा विभिन्न समस्याहरू विद्यमान छन् । एकातर्फ खाद्यान्नको कमी एवम् कमजोर व्यवस्थापनका कारणले भोकमरीको समस्या दिनप्रतिदिन जटिल हुँदै गएको छ भने अर्कातर्फ बेरोजगारीको समस्या तीव्र गतिले बढिरहेको छ । यहाँ विज्ञान र प्रविधिको ठोस विकास गर्न सकेमा उपयुक्त समस्याहरू न्यून गर्न ठूलो सघाउ पुग्न सक्छ । यही कारणले गर्दा आज विश्वका धेरै राष्ट्रहरूमा विज्ञान र प्रविधिको विकासमा विशेष ध्यान आकृष्ट हुन थालेको छ । तर नेपालमा आजसम्म पनि सम्बन्धित क्षेत्रबाट विज्ञान र प्रविधिको विकासमा खास ध्यान पु¥याउन सकेको देखिँदैन र विद्यार्थीहरूले पनि यसतर्फ खासै ध्यान दिएको देखिँदैन ।
वास्तवमा भन्ने हो भने विभिन्न कठिनाइका बाबजुद वर्तमान समयमा नेपालले विकसित राष्ट्रहरूको जस्तो जटिल प्रविधिको विकास गर्न सक्दैन । त्यसैले यसले परम्परागत प्रविधिको विकासमा जोड दिई विभिन्न क्षेत्रमा अग्रसर हुन नितान्त आवश्यक छ । यसो गर्न सकेमा पनि हाल यहाँ विद्यमान गाँस, बास र कपास र समस्याको समाधान केही मात्रामा भए पनि हुन सक्छ । तर, विगतको सरकारले यसतर्फ खास ध्यान आकृष्ट गर्न र गराउन सकेन । फलतः यहाँ विज्ञानको क्षेत्रमा कुनै ठोस उपलब्धि गर्न सकिएन ।
आज विज्ञान र प्रविधिको विकासले विश्व नै एउटा सानो गाउँका रुपमा परिणत हुँदैछ । तर नेपालमा आजसम्म पनि उक्त क्षेत्रको ठोस विकास हुन सकेको छैन । वास्तवमा यहाँ पनि विज्ञान र प्रविधिको विकास गरी विद्यमान राष्ट्रिय सम्पदालाई विश्वसमक्ष प्रस्तुत गरेर विश्व पर्यटन बजारबाट अत्याधिक फाइदा लिन सकिन्छ ।हालसम्म पनि यहाँका अधिकांश जनता कृषिमा आश्रित छन्, तर आजसम्म पनि यहाँ परम्परागत किसिमबाट खेतीपाती गर्नाले उक्त व्यवसायबाट खासै फाइदा हुन सकेको छैन । जनसंख्या वृद्धिको तुलनामा कृषि उत्पादन बढाउन नसक्नाले प्रत्येक वर्ष खाद्यान्नको आयात बढाउनुपरेको छ । यसको कारणले यहाँको व्यापारघाटा प्रत्येक वर्ष बढिरहेको छ ।कुनै पनि देशको कुनै पनि क्षेत्रको ठोस विकासका लागि त्यस देशमा लागू गरिएको नीति–नियमहरूले महत्वपूर्ण भूमिका खेल्छन् । यसैले नेपालमा पनि विज्ञान र प्रविधिको ठोस विकासका लागि उपयुक्त नीति तथा नियमहरू तर्जुमा गरी कार्यान्वयन गर्न विशेष जोड दिन अति आवश्यक छ । यी कुराहरूबाहेक यहाँ विज्ञान र प्रविधिको विकास गरी अधिकतम लाभ लिन एकातर्फ विज्ञान र प्रविधिको महत्वबारे व्यापक प्रचार–प्रसार गरी यहाँका बालबालिकाहरूलाई सानै उमेरदेखि विज्ञान तथा प्रविधिको महत्वबारे विशेष ध्यानआकृष्ट गर्न आवश्यक छ भने अर्कातिर यस किसिमको शिक्षाबाट देशमा परेको प्रभावको बेलाबेलामा मूल्यांकन गरी समसामयिक सुधार गर्न उत्तिकै जरुरी छ ।
प्रत्येक देशको विकासमा विज्ञान र प्रविधिको प्रयोग तथा विस्तार अत्यावश्यक मानिन्छ । विज्ञानका विविध विषयले उल्लेखनीय विकास गरिसकेको वर्तमान समयमा कुनैपनि देशको आर्थिक विकासका लागि होस् वा सामाजिक परिवर्तनका लागि – विज्ञान तथा प्रविधिलाई सशक्त माध्यम मानिएको छ । सामाजिक रुपान्तरण र भौतिक विकासका लागि विज्ञानको प्रयोग नै किन आवश्यक पर्दछ भन्ने कुराको प्रशस्त उदाहरणहरु रहेका छन् । यस महत्वलाई विकसित राष्ट्रहरुले उच्च प्राथमिकताका साथ आत्मसात गरिरहेका छन् भने नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरुले विज्ञानको क्षेत्रमा विकास गर्नका लागि आफ्ना प्रयासहरु केन्द्रित गरेका छन् । यसै सन्दर्भमा विज्ञान तथा प्रविधिको महत्वलाई उजागर गरी यसको भूमिकालाई आत्मसात गर्दै नेपाल सरकारले वैज्ञानिक तथा प्राविधिक समुदायबाट प्राप्त सुझाव समेतका आधारमा राष्ट्रिय विज्ञान दिवस मनाउने कार्य हुनु हामी सबैका लागि सुखद अवसर हो ।
वर्तमान समयमा हामीसँग विज्ञान तथा प्रविधिको क्षेत्रमा अधिक संख्यामा जनशक्ति उत्पादन भएको अवस्था छ । मुख्यतः बहुदलीय व्यवस्था र लोकतन्त्रको पुनस्र्थापना पश्चात् राज्यले अवलम्बन गरेको नीति तथा कार्यक्रमका माध्यमबाट देशभित्र विज्ञान विषयका थुप्रै कलेजहरु स्थापना र सञ्चालन भइआएका छन् । चिकित्साशास्त्र र ईञ्जिनियरिङ विषयमा नेपालमा अन्तराष्ट्रिय स्तरमा नै प्रतिष्ठित अध्ययन संस्थानहरु सञ्चालित छन् भने नेपालमा उत्पादित जनशक्तिहरु विश्वका अन्य उत्कृष्ट विश्वविद्यालय र अनुसन्धान केन्द्रहरुमा अध्ययनरत र कार्यरत रहेको सुखद अवस्था पनि हामीसँग छ । नेपालमा चिकित्सा सेवामा टेस्ट ट्यूब बेबी, अङ्क प्रत्यारोपण जस्ता सुविधा, जटिल शल्यक्रिया तथा आँखाको उपचार सेवा उपलब्ध भइरहेका छन् । यसका साथै, ईन्जिनियरीङ क्षेत्रको कुरा गर्दा – दुई हजार भन्दा बढी साना जलविद्युत आयोजनाहरुले नेपालका ग्रामीण भूभागमा सेवा प्रदान गरेका छन् भने झोलुङ्के पुलको निर्माण, मत्स्यपालन, सामुदायिक वन व्यवस्थापन र जैविक विविधता संरक्षणका क्षेत्रमा नेपालमा उत्पादित विशेषज्ञहरु थुप्रै अन्तर्राष्ट्रिय सेवामा कार्यरत रहेका छन् । यी सबै विषयहरु विज्ञान क्षेत्रमा नेपालमा भएका प्रगतिका उदाहरणहरु हुन्, जसलाई आगामी दिनमा निरन्तरता दिँदै अघि बढ्न सक्नुपर्दछ ।
प्रविधि र विज्ञानको संयोजनका साथसाथै विकास भन्ने कुरा सामाजिक वातावरणबाट पनि प्रभावित हुने विषय हो । यसकारण कतिपय काम कारबाहीहरु राजनीतिक व्यवस्था, राज्यको सहयोग, जनशक्ति र साधन श्रोतको व्यवस्थापन जस्ता विषयहरुमा प्रत्यक्ष निर्भर गर्दछन् । नेपालको वर्तमान सन्दर्भमा हामीहरु राजनीतिक स्थायित्वका लागि संवेदनशील हुनुपर्ने आवश्यकता रहेको छ ।वर्तमान समयमा यहाँका नागरिकको हक तथा अधिकारलाई कुण्ठित नहुने गरी विज्ञान र प्रविधिको विकासमा सरकारले प्रोत्साहन दिएमा समृद्धिका लागि विकास भन्ने मूलमन्त्रलाई साकार बनाउन बल पुग्नेछ ।विज्ञान र प्रविधिको विकासका लागि अनुसन्धानको आवश्यकता पर्छ जसका लागि प्रचुर धनराशिको जरुरी छ । यो कुरा विकसित देशहरूको अनुभवबाट बोध हुन्छ । परन्तु यहाँ अनुसन्धानका लागि न्यून बजेट छुट्याउने परम्परा भएकाले उक्त क्षेत्रको ठोस विकास हुन सकेको छैन । त्यसैले यसतर्फ सम्बन्धित पक्षको ध्यान जान नितान्त आवश्यक छ ।
विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान पर्दछन् । प्रकृति र विज्ञानबीच गहिरो सम्बन्ध रहेको हुन्छ ।विज्ञानमा वैज्ञानिकहरुले पहिला अवलोकन गर्छन् । अनि त्यो किन र कसरी भयो भनी प्रश्न गर्छन् । त्यसपछि परिकल्पना गर्न शुरु गर्छन् । त्यो परिकल्पनाअनुसार धेरै पटक प्रयोग वा परीक्षण गरेपछि अन्त्यमा गएर वैज्ञानिक सिद्धान्त बन्छ । हाम्रो पूर्वीय दर्शनले कल्पना धेरै ग–यो, तर त्यसको परीक्षण गर्ने उपकरणको विकास गर्न सकेन । यद्यपि हामीसँग वेदहरु भए तापनि विज्ञानको उचित विकास हुन सकेन ।
धेरै बिकसित देशहरुमा त्यहाँको सरकारले विज्ञान र प्रविधिको क्षेत्रका अनुसन्धानकर्ताहरु, विज्ञहरु, बैज्ञानिकहरु, प्रोफेसरहरुसँग सल्लाह र सुझावहरु लिएर अघि बढ्ने गर्छ । विश्वका विकसित देशहरुको आर्थिक सम्वृद्धिको र सामाजिक रुपान्तरणको मुख्य इञ्जिन मानिने ‘अनुसन्धान र बिकास’ अवधारणाको महत्वलाई ह्रदयंगम गर्दै नेपालमा विज्ञान तथा प्रविधिको अधिकतम विकास गरी देशलाई आर्थिक सम्बृद्धितर्फ उन्मुख गराउनु टडकरो आवश्यकता देखिन्छ । हाम्रो देश नेपाललाई स्वावलम्वी बनाउँने आफ्नो माटोलाई सुहाउँदो प्रविधिको विकास गर्नु जरुरी छ ।
बर्तमान विश्वमा विज्ञान र प्रविधिको विकास तीव्रतर गतिमा भइरहेको छ। विज्ञान र प्रविधिको विकास र विस्तारको लागि विश्व आज प्रतिस्पर्धात्मक रुपमा अघि बढेको छ। आजको युग भनेको विज्ञान र प्रविधिको युग हो। विज्ञान र प्रविधिको क्षेत्रमा भएको निरन्तर खोज र अनुसन्धानले यस क्षेत्रमा नयाँ नयाँ आविस्कारहरू भइरहेका छन्। त्यसो त मानिसले परापूर्व कालदेखि विज्ञान तथा प्रविधिको विकास गरेको पाइन्छ। तर पनि केही दशक यता विज्ञान र प्रविधिका क्षेत्रमा भएका विकास, विस्तार र यस्को उपयोगिताले मानव जीवन सहज अनि सरल बन्दै गएको कुरा साँचो हो।विज्ञान तथा प्रविधिलाई विश्वको विकास र समृद्धिको मेरुदण्ड मान्नुपर्दछ। विज्ञान र प्रविधि विनाको जीवन अधुरो र अपूरो बन्न पुगेको छ। अहिले विश्व परिवेश हेर्ने हो भने जुन मुलुकले सबैभन्दा बढी विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्न सकेको छ, त्यही मुलुक नै अग्रणी बन्दै गइरहेको छ। जसको ज्वलन्त उदाहरणको रुपमा हामी सयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनलाई लिन सक्दछौँ।
अहिले विश्व २१ औं शताब्दीमा दौडिरहेको छ। अहिलेको समयलाई सूचना प्रविधिको युगको रुपमा लिने गरिन्छ। सूचनाको संकलन, सम्प्रेषण एवं सञ्चार गर्ने पत्रपत्रिका, कम्युटर, हार्डवेयर, सफ्टवेयर, नेटवर्क, इन्टरनेट लगायतका प्रविधिको समष्टिगत रूपलाई नै सूचना तथा सञ्चार प्रविधि भनिन्छ। अहिलेका पुस्ताहरूको अधिकांश समय मोवाइल, ल्यापटप वा कम्युटरको स्क्रिनमा हेरेर बित्दछ। चाहे कसैले पढून्, कसैले गेम खेलून्, कसैले भिडियो हेरून्। अहिले सबै काम इन्टरनेटबाट नै हुने गर्दछ। चाहे त्यो साथीहरू, आफन्तसँग कुरा गर्न होस्, चाहे कुनै कार्यालयको काम होस्, सबै मोवाइल र ल्यापटपबाट नै गरेको पाइन्छ। प्रविधिको प्रयोगले एक दिनमा हुने काम एकछिनमा नै हुने गर्दछ। त्यस्तै विज्ञान र प्रविधिले विकास गरेको फेसबुक, युट्युव हाम्रो दैनिक बनिसकेका छन् भने ट्वीटर, इन्स्टाग्राम, भाइबर, इमो, टिकटक पनि विज्ञान प्रविधिको विकासको वर्तमान नमुनाहरू हुन्।
सन् १९८० को दशक यता विश्वमा सूचना तथा सञ्चार प्रविधिको युग सुरु भएको मानिन्छ र यससँगै विकसित देशका अर्थतन्त्र प्रविधिमा आधारित अर्थतन्त्रका रूपमा रूपान्तरण भएका छन्। मानव मस्तिष्कको उच्चतम प्रयोग र अथक परिश्रमको प्रतिफल विज्ञान र प्रविधिको विकास तथा विस्तार अहिलेको अवस्थासम्म आइपुगेको छ। यसरी हेर्ने हो भने विज्ञान र प्रविधिको विकास साथै सयौँ वैज्ञानिक, अन्वेषक, इन्जिनियर, सफ्टवेयर डेभलपर्स आदिका निरन्तर खोज, अध्ययन र अनुसन्धानका कारण विश्वले प्रथम औद्योगिक क्रान्तिदेखि सूचना तथा सञ्चार प्रविधिको युगसम्मको यात्रा तय गर्न सफल भएको छ। विगतमा कल्पनासम्म नगरिएका विषय वर्तमानमा आएर सफल र सिद्धि भएका छन्।
प्रविधिले अध्ययन, अनुसन्धानमा ल्याएको ब्यापक परिवर्तनका कारण मानिसको जीवनमा सिर्जनशीलता र बौद्धिकताको ब्यापक विस्तार गर्नसमेत मद्दत पु¥याएको छ। वास्तवमा प्रविधि मानव जीवनको अत्यधिक सिर्जनात्मक प्रयोग हो भने यसलाई विज्ञानको सर्वोत्कृष्ट नतिजा पनि मान्न सकिन्छ।
वैज्ञानिक–प्राविधिक क्रान्ति
विगत चार दशकदेखि चलिरहेको प्राविधिक क्रान्तिलाई विभिन्न नाम दिइएको छ, जस्तैः वैज्ञानिक–प्राविधिक क्रान्ति, नव–प्राविधिक क्रान्ति, तेस्रो प्राविधिक क्रान्ति, इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक क्रान्ति इत्यादि। यी सबैमा वैज्ञानिक प्राविधिक क्रान्ति सबैभन्दा उपयुक्त नाम प्रतीत हुन्छ किनभने यसबाट विज्ञान तथा प्रविधि दुबै क्षेत्रहरूमा भइरहेका सबै परिवर्तनहरूको प्रतिनिधित्व हुन्छ। यो बुझ्नु अत्यन्तै महत्वपूर्ण छ कि आज चलिरहेको वैज्ञानिक–प्राविधिक क्रान्ति औद्योगिक कालका परिवर्तनहरूभन्दा गुणात्मक रूपले भिन्न
आमरूपमा मानिसहरू वर्तमान प्राविधिक क्रान्तिलाई औद्योगिक क्रान्तिकै एउटा विकसित रूप, त्यसको उच्च चरण मान्दछन् र त्यसैकारण त्यसमा उनीहरू कुनै विशेष नयाँ कुरा देख्दैनन्। हाम्रो बुझाइमा यो एउटा ठूलो गल्ती हो। नव–प्राविधिक क्रान्ति मुख्य रूपले परमाणुभित्रका शक्तिहरूमाथि, उदाहरणको लागि इलेक्ट्रोनको गति तथा अन्य प्रकारका क्वान्टम शक्तिको उपयोगमाथि आधारित छ। इलेक्ट्रोन शक्तिको प्रयोगमाथि आधारित प्रविधिलाई इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक प्रविधि भनिन्छ। यसप्रकार यो त्यस औद्योगिक क्रान्तिभन्दा गुणात्मक रूपले भिन्न छ, जसले बाफ र विद्युतको शक्तिको प्रयोग गर्दथ्यो। वर्तमान क्रान्तिलाई कम्प्युटर क्रान्ति पनि भनिन्छ।
विश्वमा विज्ञान र प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ । विज्ञान र प्रविधिको विकास र विस्तारका लागि विश्व आज प्रतिस्पर्धात्मक रूपमा अघि बढेको छ ।आजको युग नै विज्ञान र प्रविधिको हो । यी क्षेत्रमा भएको निरन्तर खोज र अनुसन्धानले यस क्षेत्रमा नयाँनयाँ आविष्कारहरू भइरहेका छन् । त्यसो त मानिसले परापूर्वकालदेखि विज्ञान तथा प्रविधिको विकास गरेको पाइन्छ ।तर पनि केही दशकयता यस क्षेत्रमा भएका विकास, विस्तार र यसको उपयोगिताले मानव जीवन सहज र सरल बन्दै गएको कुरा साँचो हो । विज्ञान तथा प्रविधिलाई विश्वको विकास र समृद्धिको मेरूदण्ड मान्नुपर्छ । विज्ञान र प्रविधिविनाको जीवन अधुरो र अपूरो बन्न पुगेको छ ।अहिले विश्व परिवेश हेर्ने हो भने जुन मुलुकले सबैभन्दा बढी विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्न सकेको छ, त्यही मुलुक नै अग्रणि बन्दै गइरहेको छ । जसको ज्वलन्त उदाहरणको रूपमा हामी सयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनलाई लिन सक्दछौं ।
विज्ञान र प्रविधिलाई सदुपयोग गर्न सक्दा देशको औद्योगिक विकास हुन गई धेरैलाई रोजगार दिन सकिन्छ, युवावर्गको उचित व्यवस्थापन हुन सक्छ र समुन्नत नेपाल बनाउने दिशामा अघि बढ्न सकिन्छ। विज्ञान र प्रविधिको उचित प्रयोगले नै राष्ट्रको उन्नति हुन सक्छ भन्ने बुझाइबाट विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढावा दिने र यसको महìव बुझाउन हाम्रो विद्यालय पाठ्यक्रममा आवश्यक परिमार्जनसहित समावेश गरिनु आवश्यक छ। तदनुरूप उच्च शिक्षामा पनि सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न सकिने हिसाबले पाठ्यक्रमको समयानुकूल परिमार्जन गर्दै अगाडि बढ्नुपर्छ।
कुनै पनि देशको विकास हुन त्यहाँका जनता आफै जाग्नुपर्ने हुन्छ । जनता आफै जागे भने देशको विकास हुन कठिन हुँदैन । उदाहरणका लागि फ्रान्स, बेल्जियम, हल्यान्डजस्ता देशमा त्यहाँको पुनर्निर्माण युगताका जनतामा एउटा जागरण नै आयो र विकास निर्माणमा देश अग्रसर हुँदै त्यहाँको विकास भयो । नेपालमा हाल यहाँबाट अधिकतम युवा विदेशिइरहेका छन्। त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्छ र अधिकतम मानव संसाधन प्रयोग गर्नुपर्छ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिन र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरुरी छ । देशको आर्थिक, सामाजिक रूपान्तरण गरी समुन्नत नेपाल बनाउने कुरा सारा नेपालीको राष्ट्रिय संकल्प बन्न सक्नुपर्छ। सामाजिक, राजनीतिक हिसाबले समृद्धिको बाहकका रूपमा हामी सबैले आफूलाई उभ्याउन आवश्यक छ। राजनीतिक पार्टीहरूले अझ गहिराइका साथ विज्ञान, प्रविधि र नवप्रवर्तनलाई अँगाल्नुपर्छ । यस कार्यका लागि विषयविज्ञका विचार लिई उनीहरूका साथमा बसेर देश विकासको खाका कोर्न सकियो भने देशले चाहेको अपेक्षित प्रगति हासिल गर्न सक्नेछौ ।
इन्जिनियरिङ
इन्जिनियरिङ (अभियान्त्रिकीशास्त्र) भनेको मानविय समस्या समाधानका लागि प्रबधिको प्रयोग गरिने विज्ञान हो। बास्तवमा, इन्जिनियरिङ एक ब्यबसायिक कार्य हो जसमा सोच, फैसला गर्ने क्षमता , र बौदिक ज्ञान प्रयोग हुन्छ, जसमा विज्ञान, प्रविधि, गणित, र प्रयोगात्मक अनुभव प्रयोग गरी परिक्लपना, उत्पादन, र उपयोगि वस्तुको प्रयोग अथवा क्रम हो जसले मानबताको आवस्यकता र रहर पुरा गर्ने विषय हो. इन्जिनियरिङको ब्यबसायिक प्राविधिकलाई इन्जिनियर भनिन्छ।
नेपालमा इन्जिनियरिङ शिक्षाको अवस्था
इन्जिनियरिङ शिक्षाको लागि नेपाल आत्मनिर्भर छ। अहिले नेपालमा ६ वटा विश्वविद्यालय अन्तरगत ५१ वटा कलेजमा वर्षेनी लगभग ९ हजार ५०० इन्जिनियरिङ सीट छ। तर आधी जति मात्र सीट भरिन्छ। त्रिभुवन विश्वविद्यालय अन्तरगतको आंगिक र सम्बन्धन प्राप्त कलेजमा भर्ना हुन र पास हुन सबभन्दा प्रतिस्पर्धी र गाह्रो मानिन्छ। त्यसैले त्रिभुवन विश्वविद्यालय अन्तरगतको इन्जिनियरिङ शिक्षा अब्बल मानिन्छ।इन्जिनियरिङ शिक्षाको पाठ्यक्रम र पूर्वाधार, शिक्षकहरूको योग्यता, क्षमता र योगदान, ल्यावहरूको व्यवस्था र विद्यार्थीले पढिसकेपछि कार्यक्षेत्रको प्रस्तुती आदि मापदण्डले यसो मानिएको हो।नेपालमा लगभग ३० हजार इन्जिनियर दर्ता छन्। जसमा लगभग ११ हजार सिभिल, ४ हजार इलेक्ट्रोनिक्स र ३ हजार कम्प्युटर इन्जिनियर छन्।देश विकासको अवस्था एवं पुनर्निर्माण र नवनिर्माणको लागि नेपालमा पुरानोदेखि आधुनिक इन्जिनियरिङको पठनपाठन अति आवश्यक देखिन्छ ।
नेपालमा इन्जिनियरिङ शिक्षा शुल्क न्यून र गुणस्तरीय मानिन्छ।अहिले सरकारी कोटा पनि धेरै भएकोले झन् सजिलो भएको छ। बहुविश्वविद्यालयको व्यवस्थाले शुल्कमा प्रतिस्पर्धा छ। त्यस्तै सरकारी स्कूल पढेका र पिछडिएका वर्गलाई विशेष व्यवस्था पनि छ।नेपालमा स्नातक तह इन्जिनियरिङ अध्ययन गर्न पूरा ४ वर्षको लागि त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा नियमिततर्फ रु. ४० हजार, पूर्ण शुल्कियमा रु. २ लाख ७० हजार, निजी कलेजहरूमा रु. ८ देखि १० लाख, काठमाडौं विश्वविद्यालयमा रु. ७ लाख शुल्क लाग्दछ।त्यसैगरी, पोखरा विश्वविद्यालयको आंगिकमा रु. ३ लाख र निजीमा रु. १० लाख, पूर्वान्चल विश्वविद्यालयमा खुलामा रु. १ लाख २५ हजार तथा एफ टी एफ सी मा रु. ५ लाख, निजीमा रु. १० लाख शुल्क लाग्छ।यसैगरी, मध्यपश्चिमान्चल विश्वविद्यालयमा नियमितमा रु. ३९ हजार र पूर्णमा रु. ४ लाख ३९ हजार, सुदूर पश्चिमान्चल विश्वविद्यालयमा नियमिततर्फ रु. ५५ हजार र फुल पेतर्फ रु. २ लाख ७४ हजार शुल्क लाग्दछ। विदेशमा जस्तो पछि अनेक नाम र बहानामा शुल्क या खर्च बढ्ने संभावना रहन्न।पाठ्यक्रम, प्रयोगात्मक ज्ञान, शिक्षकको व्यवस्था, ज्ञान र लगाव आदि हिसाबले नेपालको इन्जिनियरिङ शिक्षा गुणस्तरीय मानिन्छ। नेपालबाट इन्जिनियरिङ गरेका विद्यार्थीले विश्वको जुनसुकै ठाउँमा पनि राम्रो प्रस्तुती प्रदर्शन गरेको इतिहास छ। चाहे एकेडेमिक होस् या फिल्ड वर्कमा होस्।अमेरिका, युरोपका प्रसिद्ध विश्वविद्यालयहरूमा नेपाली इन्जिनियरहरूले नै राम्रो नतिजा निकालिरहेको देखिन्छ।भारत या अन्य देशमा जस्तै नक्कली र स्थानीय तल्लो स्तरको विश्वविद्यालयमा पढेर समय बर्बाद होला कि भन्ने चिन्ता कमसेकम नेपाली इन्जिनियरिङ कलेजमा पढेपछि हुन्न।
नेपालमा इन्जिनियरिङ अध्ययनको श्रेय त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङलाई जान्छ जहाँबाट नेपालमा इन्जिनियरिङका विविध विषयमा अध्यापन सुरु गरिएको थियो्र हाल इन्जिनियरिङको क्षेत्र बढ्दै गैरेह्को छ, सामाजिक अध्ययन देखि राजनीतिक शास्त्र देखि समाजका हरेक अंगमा इन्जिनियरिङ प्रयोग भरहेको छ ्रचीन र भारतमा वर्षेनी लगभग १५ लाख इन्जिनियर उत्पादन हुन्छ। करिब करिब नेपाल जतिकै क्षेत्रफल र जनसंख्या भएको दक्षिण कोरियामा वर्षेनी १ लाख ५० हजार नयाँ इन्जिनियर उत्पादन हुन्छ।रोजगारीका हिसाबले चीन र कोरियामा प्रायः सबैले रोजगारी पाउन्छन् भने भारतमा लगभग ४० प्रतिशतले रोजगारी पाउँछन्।नेपालमा वर्षेनी लगभग ५ हजार नयाँ इन्जिनियर उत्पादन हुन पनि मुश्किल छ । र, उत्पादितमा पनि ५० प्रतिशत इन्जिनियर विदेशिने डरलाग्दो तथ्यांक छ।करिब सँगसँगै स्वतन्त्र भएका देश चीन, भारत, कोरियाको अवस्था नेपालभन्दा धेरै राम्रो हुनुको मुख्य कारण इन्जिनियरिङ विकास नै हो। प्राविधिक जनशक्तिको उत्पादन र खपतले कुनै पनि देशको विकासको अवस्था र भविष्यबारे मार्ग चित्रबारे प्रष्ट पार्छ।उत्पादन र खपतको हिसाबले नेपालमा इन्जिनियरको संख्या अहिले पनि अत्यन्तै न्यून हुनुले देश विकास गर्न प्राविधिक जनशक्ति अझै अपुग भएको स्पष्ट हुन्छ। इन्जिनियरिङ क्षेत्रको द्रुत विकासले केही देशले केही दशकमै अपत्यारिलो विकास गरे भने नेपालमा पनि इन्जिनियरिङ शिक्षा, उत्पादन र खपतमा जोड दिई अवस्थामा कायापलट ल्याउन सकिन्छ। त्यसनिम्ति सबभन्दा पहिला गुणस्तरीय इन्जिनियरिङ शिक्षा दिने कलेज या संस्थान हुनु आवश्यक हुन्छ।पाठ्यक्रम, पढाइ, परीक्षा प्रणाली र पास भएका नेपाली इन्जिनियरहरूको अब्बल प्रस्तुती आदि आधारमा नेपालको इन्जिनियरिङ शिक्षा गुणस्तरीय मानिए पनि प्रविधि र प्राविधिक क्षेत्रमा लगानी अझै बढाउनु पर्ने देखिन्छ।दक्ष इन्जिनियर उत्पादन गर्ने इन्जिनियरिङ संस्थान र कलेजहरू पनि नेपालमा धेरै छन्। तर नेपालीहरूको ओरिन्टेसन मिलेको छैन। प्रविधि र प्राविधिक क्षेत्रमा लगानी नगर्ने र परनिर्भर हुने बानीले पनि समस्या देखिएको हो। साथै, कमिसनको खेल, विभिन्न प्रलोभन तथा विदेशी विश्वविद्यालयले छर्ने भ्रमका कारण नेपाली विद्यार्थीहरू विदेश जाने प्रवृत्ति बढ्दो छ।यसले नेपालको इन्जिनियरिङ शिक्षामा पनि नराम्रो असर पारेको छ। वैदेशिक अध्ययनको नाममा विदेशिने विद्यार्थी २० प्रतिशतले बढेको तथ्याङ्क छ र वर्षेनी ४० अर्ब पूँजी विदेशिरहेको तीतो यथार्थ छ।अर्को कुरा इन्जिनियरिङ पास गरिसकेपछि इन्जिनियरिङ ज्ञान, सीप र क्षमताको सदुपयोग नेपालमै गर्नुपर्नेमा विदेश पलायनको समस्या छ।
यो सबै सूचना र प्रविधिको विकासका कारण संभव भएको हो। सूचना प्रविधिको औपचारिक पढाइलाई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ वा कम्प्युटर इन्जिनियरिङ भनिन्छ । विशेष गरी हार्डवेयरसम्बन्धी अध्ययनलाई इलेक्ट्रोनिक्स इन्जिनियरिङ र सफ्टवेयरसम्बन्धी अध्ययनलाई कम्प्युटर इन्जिनियरिङ भनिन्छ ।बिजुलीको विकासपछि औद्योकीकरण र यान्त्रीकीकरण बढ्यो। बिजुलीको विकासले वस्तु र सेवाको उत्पादन, रूपान्तरण र वितरणमा निकै ठूलो विकास भयो। बिजुलीसम्बन्धी इन्जिनियरिङलाई इलेक्ट्रिकल इन्जिनियरिङ भनिन्छ।नेपालमा ८३ हजार मेगावाट बिजुली पानीबाट मात्र उत्पादन गर्ने क्षमता रहेबाट र अहिलेसम्म ज्यादै थोरैमात्र उत्पादन भएबाट इलेक्ट्रिकल इन्जिनियरिङको महत्व झन् झन् बढ्दो छहामी गगनचुम्बी भवनदेखि समुद्रमा पुलसम्मका समाचारले रोमान्चित हुन्छौं।
गणित
सोह्रौं शताब्दीका महान् वैज्ञानिक ग्यालिलियो ग्यालिलीले दर्शनशास्त्र र गणितका सम्बन्धमा भनेको एउटा प्रसिद्ध भनाइ लिन उपयुक्त होला। उनले भनेका छन्, “दर्शनशास्त्र (प्रकृति) त्यो महान किताबमा लेखिएको छ कि जो सदा हाम्रो आँखाअगाडि छ ( मैले भन्न खोजेको यो ब्रह्माण्ड हो। परन्तु यदि हामीले सुरुमा यस किताबमा लेखिएको भाषा बुझ्न र संकेतहरुलाई बोध गर्न सकेनौं भने यस किताबलाई बुझ्न सक्दैनौं। त्यो किताब गणितीय भाषामा लेखिएको छ र ती संकेतहरू भनेका त्रि–भुज , वृत्त र अन्य ज्यामितीय आँकडाहरु÷आकृतिहरु हुन्, जसको सहयोगविना दर्शनशास्त्र (प्रकृति) को एकमात्र शब्द पनि बोध गर्न असम्भव छ। जसबिना व्यर्थै अन्धकारमय चक्रव्युहभित्र सिधा एक्लै छामछाम छुमछुम गर्दै भड्किनु हो।
भौतिकशास्त्र, गणित र रशायनशास्त्रको अनन्य सम्बन्ध छ। गणित, रसायनशास्त्र, गणित– भौतिकशास्त्र, गणित–जीवशास्त्र, गणित–कम्प्युटर साइन्स, गणित इििन्जनियरीङ एकअर्काप्रति निर्भर रहेका छन्। यिनीहरुलाई एकअर्काबाट छुट्टाउनै सकिँदैन। कसैले छुटाएर पनि छुट्टिदैनन्। भौतिकशास्त्र पढ्दा गणित र रसायनशास्त्र आफै आइहाल्छन्। रसायनशास्त्रभित्र जीवशास्त्र आइहाल्छ अथवा गणितभित्र भौतिकशास्त्र हुन्छ भने भौतिकशास्त्रभित्र गणित।
यदि गणित हुँदैनथ्यो भने विज्ञान कुनै जड÷पुरातन दर्शनको रुपमा हुने थियो। त्यो विज्ञान नभएर कुनै कथिएको काल्पनिक कथा हुन्थ्यो। इतिहासलाई गणितले इतिहासको रूपमा उभ्याइदिएको छ।विज्ञान कसैको विरोध गर्दैन र यसलाई आफू सर्वेसर्वा हुन कसैका विरुद्ध जाँदैन र जान आवश्यक पनि छैन। जब आफ्नो गणितीय भाषामा यसले तथ्यपूर्ण सत्यलाई अगाडि राख्दछ। त्यहाँ धार्मिक कर्मकाण्डको कुनै स्थान नै हुँदैन। किनकि यो तथ्यमा हुन्छ। यसले शब्दमा होइन, गणितीय भाषामा बोल्न थाल्दछ। जब यसले बोल्छ। त्यसलाई प्रमाणित गर्न आफ्नो प्रयोगको परीक्षामा खरो उत्रिन्छ। सही भए सही भन्छ, गलत भए गलत भन्छ। यसले धर्मजस्तो ढोंग गर्दैन। छोटकरीमा भन्दा विज्ञान गणितको साहित्य हो भने गणित विज्ञानको कला हो। जसरी मानव समाजमा साहित्य हुन्छ, त्यो साहित्यलाई प्रदर्शन गर्न कलाद्वारा सिद्ध गर्नुपर्ने हुन्छ। कला साहित्यको स्रोत सामाज हो भने विज्ञानको स्रोत यो ब्रह्माण्ड हो। त्यसैले साहित्य गणित विनाको कला हो भने विज्ञान गणित कला हो। यदि विज्ञानसँग गणित भएन भने त्यो सामाजको साहित्य भन्दा केही हुनेछैन। यदि गणित हुँदैनथ्यो भने विज्ञान कतै थोत्रा गिता, बाइबल र कुरानजस्ता आदर्शवादी दर्शनशास्त्रको रुपमा विज्ञानको विरोध गरिरहेको हुन्थ्यो र तिनीहरुले जस्तै विज्ञानको अदृश्य सहारामा विज्ञानविरोधी हर्कत गरिरहेको हुन्थ्यो। त्यसले आज पनि चटक देखाइरहेको हुन्थ्यो। यहाँ हामी भन्न सक्दछौं कि जसरी समाजमा साहित्य हुन्छ, त्यो सामाजको भाषा हो।
गणित विषय र यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न निकै जरुरी देखिएको छ । गणित आफैंमा तथ्य हो, जसले घरायसी समस्यादेखि हरेक समस्याको सहज तरिकाले हल गर्न सक्छ । घरायसी कामदेखि उच्च कार्यालयहरुमा समेत गणितको प्रयोग प्रत्यक्ष र अप्रत्यक्ष तवरले भइरहेको हुन्छ ।पसलमा तरकारी किन्दा होस् अथवा कार्यालयहरुको बर्सेनि लेखापरीक्षण गर्दा होस्, गणित नहुँदो हो त यो संसार कस्तो हुने थियो ? हामी कल्पना गर्न पनि सक्दैनौं । बिहान उठ्दा कति बज्यो भनेर सोध्छौं, बेलुका अफिस कति बेला छुट्टी हुन्छ भन्छौं । जहाँ कति भन्ने प्रश्न उब्जन्छ त्यहाँ गणित लुकेको हुन्छ ।विडम्बना, अहिले गणितलाई अंकसँग मात्रै दाँज्ने काम गरिएको छ । मानव जातिको उत्पत्तिसँगै गणितको पनि उत्पत्ति भएको हो । अंक प्रणालीको विकास नहुँदा ढुंगेयुगमा ढुंगालाई मनन गर्ने र कतिवटा ढुंगा बराबर कतिवटा लालाबाला अर्थात् वस्तु थिए भन्ने अनुमान गरिन्थ्यो । बिस्तारै गणित विषयलाई लोप गराइँदै छ । यद्यपि गणित विषयलाई भित्री आत्मादेखि मनन नगरेर लोप गराइए पनि वास्तविक तहमा गणित कहिल्यै हराउँदैन ।
गणितको विकासका लागि केही चुनौतीहरु खडा भएका छन् । गणित तथ्य, सत्य र वैज्ञानिक रुप हो । हामीले गणित विषयलाई खेलौना ठान्नुहुँदैन । शिक्षण प्रक्रियामा गणितको जग हाल्न आवश्यक छ । जबसम्म व्यावहारिक तरिकाले गणित विषय शिक्षण गरिँदैन तबसम्म विद्यार्थीले रस पाउन सक्दैनन् । अन्ततः शैक्षणिक योजना विफल हुन्छ ।घन, आयत, क्षेत्रफल, उचाइ, दूरी, समय, लम्बाइ, गतिजस्ता हरेक क्षेत्रमा गणित उपयोगी छ । मान्छेको उचाइ नाप्दा होस् अथवा दूधको मापन गर्दा अथवा विद्यार्थीले परीक्षामा ल्याएको अंकलाई प्रतिशतमा बदल्दा नै किन नहोस्, अथवा बैंकमा ऋण तिर्दा अथवा बच्चाको तौल नाप्दा नै किन नहोस् । गणितकै खाँचो छ । तर अबको गणित शिक्षा मौलिक र व्यावहारिक हुन आवश्यक देखिन्छ ।
मानवजातिको उत्पतिसँगै गणितको पनि उत्पति भएको हो। अंक प्रणालीको विकास नहुँदा ढुंगेयुगमा ढुंगालाई मनन गर्ने र कतिवटा ढुंगा बराबर कतिवटा लालाबाला अर्थात् वस्तु थिए भन्ने अनुमान गरिन्थ्यो। बिस्तारै गणित विषयलाई लोप गराइँदै छ। यद्यपि गणित विषयलाई भित्री आत्मादेखि मनन नगरेर लोप गराइए पनि वास्तविक तहमा गणित कहिल्यै हराउँदैन।गणितको विकासका लागि केही चुनौतीहरू खडा भएका छन्। गणित तथ्य, सत्य र वैज्ञानिक रूप हो। हामीले गणित विषयलाई खेलौना ठान्नुहुँदैन। शिक्षण प्रक्रियामा गणितको जग हाल्न आवश्यक छ।कक्षा १ मा १, २, ३ को धारणा विकासदेखि स्नातकोत्तर तहसम्म गणितले निकै मोड फेरेको छ।जबसम्म व्यावहारिक तरिकाले गणित विषय शिक्षण गरिँदैन तबसम्म विद्यार्थीले रस पाउन सक्दैनन्।
उपसंहार
आजको युग विज्ञान तथा प्रविधिको युग हो। विज्ञान तथा प्रविधिले विश्वलाई नै सानो गाउँ बनाएको छ। विज्ञान र प्रविधिले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्छन्। यो देशमा विज्ञान र प्रविधिका क्षेत्रमा कार्यरत नेपाली वैज्ञानिकहरूको संख्या बढेको छ र विज्ञान र प्रविधिका बिभिन्न क्षेत्रहरूमा नयाँ नयाँ आविष्कारहरु हुँर्दै आएका छन्। विज्ञान र प्रविधिका अध्ययनले नेपाललाई विश्वमा वैज्ञानिक समुदायको एक महत्वपूर्ण हिस्सा बनाएको छ।सञ्चार र माध्यमका विभिन्न उपकरणहरू बर्तमान समयमा उपलब्ध छ। इमेल, इन्टरनेट, मोवाइल, फोन, एफएम, रेडियो सुविधासम्पन्न टेलिफोन, पत्रपत्रिकाले संसारलाई साँघुरो बनाएको छ। हामी पनि वर्तमान संसारमा आएको आधुनिक प्रविधिप्रति जागरूक बन्नुपर्दछ र यसको उपयोग गर्न सिक्नुपर्दछ।वर्तमान एक्काइसौँ शताब्दीमा विज्ञान–प्रविध क्रान्तिले ठूलो उथलपुथल लिएर आएको छ। यसबाट हामी सम्पुर्ण मानवजाति लाभान्वित हुनुपर्दछ र समग्र विश्वको विकासको लागि तप्पर हुनुपर्दछ अनि वर्तमान वैज्ञानिक–प्राविधिक क्रान्तिलाई निरन्तरता दिनुपर्दछ। तबमात्र विज्ञान र प्रविधिको विकासले व्यापकता पाउँछ, जसवाट गरिवी निवारणमा समेत टेवा
पुग्दछ ।जुन आजको युगको माग हो।(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)
