–स्वयम्भू शाक्य
यो कुरो सत्य हो, आफ्नो देशलाई संचो नभएको वेला हामीले वास्तान गर्ने हो भने निश्चय नै हामीलाई भविष्यले कुलाङ्गारको रुपमा सम्झिने छ । आफ्नो नेपालआमालाई समस्या परेको वेला साथ सहयोग नगर्ने छोरा छोरीलाई युगै युगसम्मधिक्कार्ने छन् ।वाँच्नुको कुनै अर्थ छैन । जिउँदो मुर्दा सम्झिने छन् । त्यसैले नेपालआमालाई सञ्चो नभएको वेला हामीले औषधीमुलो गनैं पर्छ । रगतको आवश्यकता छ भने आफ्नो प्राण गएपनि शरीरको सवै रगत दिन सक्नु पर्छ । मुटुमा पीडा छ भने आफ्नो मुटु निकालेर भए पनि दिन सक्नु पर्छ । डर छ भने आफू भैरब बनेर राक्षसहरmलाई निल्न सक्नु पर्छ । भविष्य देखेर चिन्ता लाग्छ भने आफ्नो पौरख देखाउन सक्नु पर्छ । होइन भने त्यो नेपाली नेपाली हुनै सक्दैन । नेपाली हुनलाई त खुकुरीको धारमा हिड्न सक्नु पर्छ । आफ्नैं माटोमा फलेको जडिवुटीहरmले रोगलाई निको पार्न सक्नु पर्छ । तब पो नेपालीहुन सक्छ । त्यसैले यो जन्मभूमिमा बाँचेका हामी नेपालीहरmले आ–आफ्नो कर्म गरेर नेपालआमालाई हँसाउनु छ । आफ्नो छोराछोरीहरmको तागत देखाएर नेपालआमालाई खुशीपार्नु छ । चाहे पहाडउ र नेपालआमालाई भयवाट मुक्त गर्न सक्नु पर्छ । पीडावाट छुट्कारा दिलाउन सक्नु पर्छ । तवपो हामी नेपाली भएर बाँचेकोसार हुने छ । होइन भने नेपालआमाले हामीलाई हेरेर मनमनै धुरुधुरु रुने छ । कस्तो सन्तान जन्माएछु भनीआफूले आफैलाई नै धिक्कार्ने छ ।
मान्छे देशभक्ति हुनका लागि देशप्रेमी हुनु पर्छ । आफ्नो देशलाई हृदयदेखि माया गरेको हुनु पर्छ । माटोलाई निधारमा तिल कलगाएको हुनु पर्छ । मुटुदेखि आस्था, निष्ठा र भावनाले पुजिनुपर्छ । निस्वार्थ एवं देशप्रति अनुराग र स्नेह गर्नु पर्छ । एकताकालागि, राष्ट्र गौरबकालागि, मुलुकको सम्मानका लागि, समृध्दिका लागि निरन्तर प्रगतिको चाहना राख्नु पर्छ । राष्ट्रियताको सबध्र्दन र यौटा राष्ट्रवादीले नसानसामा, हृदयका धड्कनहरmमा म जन्मेको देश संसारकै सुन्दर होस्भनीकामना गरेको हुनुपर्छ । तब–मात्र सक्छ । देशलेमागेको बेलाआफ्नो प्राण समेत आहुति दिन सक्नु पर्छ । निर्भयपूर्वक रक्तकोषिकाहरुले रगतको भल बगाउन सक्नु पर्छ । त्यसैले धनीहोस् या निर्धन, शक्तिशाली होस्या निर्बल सवैले आफ्नो देशको भक्तिभावमाआफ्नो गौरब र यौटा असल नागरिक भएर आफ्नो कर्तव्य पुरा गर्न सक्नु पर्छ । तवमात्र यो भूतलमा मान्छे–मान्छे भएर खुल्न सकिन्छ ।
हो, समयले सबैलाई भत्काउन सक्छ, विगार्न सक्छ । तर यौटा देश प्रेमीले नयाँअनुहारको कल्पना गर्न सक्नु पर्छ । होइन भने देशभक्ति कहाँ हुन सक्छ र ?नाम मात्रको देशभक्तिलाई कसले स्वीकार्न सकिन्छ र ? त्यसैले आफ्नो देशमा सुन्दर, शान्त र उन्नतिहोस् भन्नाकाखातिर आफ्नो ज्यानदिन ती वीर शहीदहरुलाई त्यो भूतलमा पनि देशभक्तिको रmपमाचिनिने गरिन्छ ।
परेमा देशमाखाँचो निर्भय रक्तको भल
बहाउन सकेमा नै धन्य बन्दछ भूतल ।
देशभक्तिको अर्थ सम्पूर्ण जनताप्रतिहक, इन्साफ र हो । यौटा देशभक्तिले आफ्नो देशभित्रको अन्याय र अत्याचारलाई घृणा गरेर न्याय र समानताकालागिप्रश्न उठाउने छ । विरोध गर्नु मात्र देशभक्ति हुन सक्दैन भनी राष्ट्रहितका लागि त्याग र वलिदान गर्ने इच्छाशक्ति देखाउने छ । आफ्नो कर्तव्यवाट कहिल्यै नहटेर अगाडिको बाटो रोज्ने छ । देशको बारेमा सोच्दा सोच्दैं आफूलाई जन्मदिने आमा र जन्मभूमि स्वर्ग भन्दाप्यारो हुन्छन् भनी सत्यको कथा बुझाउने छ । त्यसैले उन्नतिको कसमखानुमात्र ठूलो होइन, बलिदान दिन्छु भनीखोक्रो नारा लगाउनु मात्र ठूलो होइन, देशप्रेमी हुँभनी बफादारी देखाउनु मात्र ठूलो होइन, भक्तिभाव र माया छ भनी देखाउनु मात्र ठूलो होइन ठूलो त यथार्थरुपमा राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न सक्नु पर्छ । अन्याय र अत्याचारीहरुलाई लखेट्न सक्नु पर्छ । आफ्नो कर्तव्य निर्वाह गरी सार तत्वमा छुन सक्नु पर्छ । तबमात्रहामीले चोखो देश भक्तिका रुपमालिन सकिन्छ । पानी भरे जस्तै, न्यानो पाएजस्तै, घाम लागे जस्तै, अध्यारो भागे जस्तै सबै ठाउँमा सबै कुराले भरिपूर्ण भएपछि हामीलाई अरु के चाहियो र ?युगको ताल मानाचीनाची उलासपूर्ण जीवनोत्सब मनाउनु वाहेक हामीलाई अरु के खोज्नु प¥र्यो र ? त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले मान्छे खुल्दछ मान्छे भै उसको देशभक्तिमा भनी हामीलाई त्यसै भनेको होइन रहेछ । आखिर मान्छे विनाको यो धरतीशुन्य छ । जतिसुकै उज्यालो घाम लागे पनि प्राणी विना जगत् नै अध्यारो हुनेछ । देशको मुहार फेर्ने हो भने भोलि होइन आजैवाट मान्छे खुल्न सक्नु पर्छ । छात्तिभरि देशको मायाबोकी नदीझै सलल् बग्न सक्नु पर्छ । निष्ठापूर्वक शत्रुसंग लडेर देशको रक्षा गर्न सक्नु पर्छ । विरोधको आगो फुकी फुकी नयाँ युग जन्माउन सक्नु पर्छ ।
हो देशभक्तिको अर्थ सम्पूर्ण जनताप्रति
हक,इन्साफ, सम्मान दिलाउन सके जति।
भरेर सबमा चोखो देशभक्ति लबालब
युगको तालमा जीवनोत्सब ।
भनिन्छ, राष्ट्रवाद हुदैमा देशभक्तिहुन सक्दैन । देशभक्ति त प्राण हो । देशभक्ति त आत्मा हो । देशभक्ति त बलिदानहो । देश भक्ति त सोच हो । देशभक्ति त कर्म हो। देशभक्ति त मायाहो । देशभक्ति त निष्ठा हो । देशभक्ति त निस्वार्थ प्रेम हो । त्यसैले देशभक्तिविनाको राष्ट्रवाद हात्तीको देखाउने दातमात्रहुने छ । चपाउने अर्के छन् । जनताको मुुटुमा चालंै नदिइकन कुटुकुटु खाएर देशको कुभलो चिताउनेहरुलाई के चिप्लो घस्दैमा साँचै देशभक्ति भन्न सकिन्छ र ?खोक्रो राष्ट्रवादलाई के साँचै देशभक्तिभन्न सकिन्छ र? लोभ लालचमा गरेको प्रेमले के साँचै देशभक्तिको रुपमा कहलाउन सकिन्छ र ? मुटुदेखि नै नपलाएकोमायालाई के साँचै देशभक्तिको संज्ञा दिन सकिन्छ र ? त्यसैले देशभक्ति हुनका लागि त विरोधका लागिविरोध मात्रहोइन, समर्थनकालागि समर्थन मात्रहोइन चुरो कुरो वुझेर वास्तविकतामा हिडन सक्नु पर्छ ।
हुनत सूर्यलाईआफ्नो शक्तिकति छ भन्ने कुरो थाहा छैन । किनकि सूर्यले आफ्नो शक्तिकति छ भनी कहिल्यै पनि तौलेको छैन । जसलाई जुन कुराको आवश्यकतानै छैन उसले त्यो कुरोको कहिल्यै पनि खोजीनिति गर्न चाहदैन । यदि सूर्यले आफ्नो शक्ति हेर्ने हो भने निश्चय नै सूर्य आफैं झस्किने छ । अपार उर्जामाआफू वाँचेको देखेर आफैमा गौरवको अनुभूति हुने छ । म को हुँ । कहाँवाट आउँदै छु भनीआफैले आफैलाई प्रश्न सोध्ने छ । आफैले आफैलाई नै उत्तर दिनेछ । किनकि सूर्यको प्रश्नमा हामीउत्तर दिन सक्दैनौ । आलोक शक्तिलाई हामीले नाङ्गो आँखाले देख्नैं सक्दैनौ । न छुन सक्छौ न हेर्न सक्छौं । त्यो अपार महाशक्तिमा संसारका सवै चीजहरु एक क्षणमा भष्म हुने छन् । सूर्य–सूर्य हुनुमा गौरब छ । निस्वार्थ निरन्तरतामा यौटा देशभक्तिले आफ्नै निष्ठा देखाउनमागौरव छ । सूर्य जस्तै अथाह इच्छाशक्तिले जसलाई छोयो त्यसैलाई नै भष्मपारेर युगको मागसंगै यौटा युगको अन्त्य र अर्को युगको जन्मदिन सकिन्छ । त्यसैले आखिर मान्छे न हो, मान्छेले गर्न नसकेको कुरो के छ र ? अलिकता प्रतिज्ञा चाहिन्छ । अलिकता निष्ठा चाहिन्छ । अलिकता सोच चाहिन्छ ।अलि कता बलिदान चाहिन्छ ।अलिकतानिस्वार्थ चाहिन्छ । अलिकताआत्माबल चाहिन्छ । बस् यतिभए पुग्छ, यौटा मान्छे–मान्छे भएर खुल्नकालागि, मान्छे भएर बाँच्नकालागि, मान्छे भएर हिड्नकालागि, मान्छे भएर देशभक्ति बन्नकालागि ।
सूर्य भंै सूर्य झल्कन्छ आफ्नो आलोक शतिmमा
मान्छेखुल्दछ मान्छेभैं उसको देश भक्तिमा ।
यो संसारमा सवैभन्दा धेरै मायाकस्को लाग्छ भनी प्रश्न सोध्ने हो भने यो प्रश्न आफै प्रश्न वाचक चिन्हको रुपमा रहने छ । किनकि यो त मान्छेहरmको आ–आफ्नो स्वभावको गुण हो । कसैलाई धन लाग्ला, कसैलाई सन्तान, कसैलाई जन्मभूमि । तसर्थ यो त प्रश्नभित्रको प्रश्नहो । जसलाई धेरै माया गर्नु पर्ने हो उसैलाई नै एक थोपा पनि माया नलाग्न सक्छ । जसलाई मायानगरे पनि हुन्थ्यो त्यसैलाई नै धेरै माया । यो के भएको होला? किन र नलाग्ने होला? रंगले पानीलाई स्वरुप परिवर्तन गरे जस्तै यौटा बस्तुमाथि पनि मान्छे–मान्छेहरmको किनआ–आफ्नो मायाहरु फरक फरक हुने होला । कसैको गाठां, कसैको फिका । यौटा नजरलेकुन राम्रो कुन नरम्रो छुट्याउन नसक्दा पहिचानमा धेरै गाह्रो हुन सक्छ । तर यो नै अन्तिम सत्य होइन । सत्य त मान्छेभित्रको विवेक र चिन्तनको कुरो हो । त्यसैले मान्छे तब मात्रखुल्न सक्छ जब उसले ठीक, वेठीक छुट्याएर आफूले आफैलाई नै गन्न छोडी जनकल्याणका निम्ति लागि परिन्छ ।
यो कुरो सत्य हो, सत्यलाई न आगोले भष्म पार्न सकिन्छ न पानीले बगाउन सक्छ । यो त अटल छ । अटुट छ । शाश्वत छ ।अजम्वरी छ ।त्यसैलेयो संसार यस्तोे थलो हो जहाँ मान्छेहरु आउने जाने गरिरहन्छ । यो आउने जाने थलोमा माटाकोे माया सबै भन्दा ठूलो हुन्दो रहेछ । जसले माटोलाई माया गर्छ उसको कोमल हृदय खोल्ने गरिन्छ । यौटा मान्छे–मान्छे बन्नका लागि सवै भन्दापहिला माटोले मात्र चिन्न सकिन्दो रहेछ ।
युगकवि सिद्धिचरण श्रेष्ठले प्रस्तुत कवितामा मनैदेखि आफ्नो देशलाई प्रेम नगर्ने हो भने देशको उँभो कहिल्यै नलाग्ने भएकोले प्रत्येक मान्छेको मन, मस्तिष्क र नसानसामा देशप्रेमको भावना जगाउनु पर्छ भनीआफ्नो धारणा व्यक्त गर्नु भएको पाइन्छ । तसर्थ देशलाई उन्नति र समृद्धि वनाउन समयको मागलाई सम्वोधन नगर्ने हो भने हामी धेरै पछि परी गतव्यपुग्न धेरै गाह«ो हुनेछ ।

