विश्वनाथ खरेल
गौतम बुद्धका सन्देशहरुले सदैव मानव जातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा दिए तापनि मानव समुदाय भने बुद्धबाट झन्झन टाढिदै गइरहेको भान आजको परिप्रेक्ष्यमा गर्न सकिन्छ । जुन जगतको कल्याण एवं सुख प्राप्ति केवल अहिंसाबाटमात्र संभव छ । फलतः समयको मार्ग अपनाउने व्यक्ति नै महान हुन्छ । जो हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन आनन्दको अनुभव गरेतापनि अन्नत त्यसको फल कष्टपद नै हुन्छ । यसरी सत्य भगवान् हो यो नै कीर्तिको स्वर्गद्धार प्राप्तीको बाटो हो । अतः सवैको सर्वोपरि कल्याणका लागि लोक लज्जा र धर्मको डर लिई हिंसाको बाटोे त्याग्नुपर्छ । अहिले आम नेपालीहरु शान्तिका अग्रदूत गौतम बुद्धको खाँचोलाई महसुस गरिरहेका छन् । आजको अवस्था हेर्ने हो भने नेपाल अहिले विभिन्न राजनीतिक दलहरुको दलदलमा फसिरहेको आभास गर्न सकिन्छ । जुन भूमिबाट गौतम बुद्धले विश्व शान्तिको लागि आफ्नो अभियान प्रारम्भ गरेका थिए, त्यहि भूमि राजनैतिक तालमेल र समझदारीको अभावमा अशान्त हुनु, दुःख र ग्लानीको कुरा हो । यस्तो स्थिति यथावत रहेसम्म हामी मुलुकमा शान्ति स्थापना गर्न असमर्थ हुनेछौं । तसर्थ आजको आवश्यकता भनेको गौतम बुद्धलाई उनको जन्मदिनमा स्मरण गर्नु मात्र होइन, उनको बिचार र आदर्शलाई व्यबहारमा उर्तानु हो ।
सत्य नै ईश्वर प्राप्तीको प्रथम खुडकिलो हो । वस्तुतः भगवान् गौतम बुद्धले धर्म र सत्य स्थापनाका लागि नै जन्म वा अवतार लिने उद्धोष गर्नुभएको छ । तसर्थ सत्य र अहिंसा नै धर्मको पहिलो र प्रमुख लक्षण हो । आज हामी हिंसाको भूमरीमा नराम्ररी भासिइसकेका छौ । यो हिंसाले कसैलाई पनि फाइदा भएको छैन, यसमा आफ्नै देशवासी र आफ्नै राष्ट्रको जनधनको नराम्ररी क्षती पुगेको छ । विश्वस्तरमा हेर्ने हो भने हाल रुस र युक्रेन हिंसा र प्रतिहिंसाको दोहोरी खेलिरहने अवस्था विद्यमान छ । यसरी एक देश अर्को देशको नजर रक्तपिपाशु भइरहने हो भने, हामी कुनै पनि मानवहरु सुरक्षित हुनेछैनौं । त्यसकारणले गर्दा आजदेखि नै हामीले महामानव गौतम बुद्धका सन्देशहरुलाई पालना गर्नुपर्दछ र उनले दिएका सन्देश र ज्ञानलाई सिरोधार्य गरेको खण्डमा नेपालमा मात्र होइन विश्वमा नै शान्तिको विगुल फुकी शान्ति कायम गर्न सकिन्छ भन्ने कुरालाई कसैले पनि नकार्न सक्दैनन् ।
नेपालको जनसंख्यामा जनजाति र खसबाट ५० प्रतिशत, दलितबाट १० प्रतिशत र पिछडावर्ग बाट १४ प्रतिशतले निकट भविष्यमा बुद्ध धर्म अँगाल्ने संभावना छ । यसमा मुसलमान र ईशाइ ६ प्रतिशत र किरात ५ प्रतिशत जोडदा ८५ प्रतिशत जनसंख्या गैर हिन्दु हुनेछन् । हिन्दुको जनसंख्या १५ प्रतिशतमा सीमित हुन पुग्दछ । तर यो सजिलै आफसेआफ हुंदैन । बुद्ध धर्मको प्रचार प्रसार र शिक्षा दीक्षामा जोड दिनु पर्ने हुन्छ । यसमा पनि भिक्षुसंघको राम्रो ब्यवस्थापन गर्नु पर्ने हुन्छ । यसरी नै विहारहरु निर्माण गर्नु पर्ने हुन्छ । यसरी आफुले प्राप्त गरेको ज्ञानलाई संसार भरी फैलाउन मानववर्गमा रहेको दुःख तथा बेदनालाई हटाउन नेपाल लगायत सारा विश्वका बोद्ध धर्मावलम्वीहरुलाई प्रचार प्रसार गर्दै हिडे । यसरी बर्तमान नेपालको गौरवलाई ऐतिहासिक आधारमा विवेचना गर्दा यहां बौद्ध धर्मावलम्वीहरुको गौरव गाथाले आज पनि उतिकै प्रेरणा दिएको छ । यसमा पनि शान्तिनायक गौतम बुद्धको आज विश्वमा जुन प्रतिष्ठा आर्जित भएको छ । त्यसबाट बौद्ध संस्कृति नेपालको गरिमा पनि उतिकै महान रहेको छ । भगवान्् गौतम बुद्धले यस तपोभूमिको कुशिनगरलाई ८० वर्षको उमेरमा छोडेर गए ।
शान्तिका अग्रदूत भगवान्् गौतम बुद्ध भन्नु हुन्छ —“ सज्जनको ससर्गबाट नै ज्ञान प्राप्त हुन्छ ” । यसै अनुरुप बुद्ध भन्ने गर्नुहुन्थ्यो राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । अन्यथा पशुपंक्षीको जीवन र मानिसको जीवन के नै फरक भयो र मानिसलाई पुर्खाले राम्रो कामको लागि नै यस धर्तिमा पठाएका हुन । राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य हो । यसैले यहि हामीले आफ्नो राष्ट्रलाई अक्षुण्ण बनाई राख्नु छ भने पावनस्थलहरुको मनसा ,कर्मणा आदर गरिनु नितान्त जरुरी छ बुद्धको ज्ञानबाट प्राप्त पाठहरु यस प्रकार छ । संसारमा दुःखले भरिएको छ, दुःखनै कारण भएको छ , दुःखलाई निर्वाहन गर्नुपर्छ, दुःखलाई निर्वाहन गर्ने उपाय के हुन ? आदि रहेका छन् ।
जगतको कल्याण एवं सुख प्राप्ति केवल अहिंसाबाट मात्र संभव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकदिन आनन्दको अनुभव गरे तापनि अन्तत त्यसको फल कष्टपद नै हुन्छ । यसरी सत्य भगवान् हो यो नै कीर्तिको मूलद्धार र स्वर्गद्धार प्राप्तिको बाटो हो । ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शास्वत छ । अतः अहिंसा र संयकोअर्थ नै धर्म हो ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । कसैको निन्दा चर्चा वा अवहेलना कहिल्यै नगर्नु ।
संसारमा दुःख हुन स्वाभाबिकै भएजस्तै दुःखको कारण हुनु पनि स्वाभाबिक हो । दुःख निरोधको उपाए खोज्न शान्तिप्रेमी गौतम बुद्ध सधैं लागि नै रहे । उनका बिचारहरु समयकालको सीमामा सीमित हुदैनन् । उनका विचारहरु सर्वव्यापी छन् । अन्तमा गौतम बुद्धका सन्देशहरुले सदैव मानव जातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा दिए तापनि मानव समुदाय भने बुद्वको सन्देशबाट झनझन टाढिदै गइरहेको भान भैरहेको छ । आजको विश्व कहालीलाग्दो चपेटामा भासिन पुगेको छ, शान्तिको अग्रदूत गौतम बुद्धले दिएको ज्ञानलाई सिरोधार्य गर्ने हो भने पूरा विश्वनै सुन्दर नगरी शान्तिक्षेत्र बन्ने कुरामा कसैको पनि दुईमत नहोला ।
अन्त्यमा भन्नुपर्दा वि.संं. २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको थियो । यसको साथै वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । फलतः विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ । प्रत्येक साल बैशाख पूर्णिमा दिनलाई बुद्ध जयन्तीको रुपमा मनाइदैं आएको कुरा सवैलाई विदित्तै छ । आज विश्वभर २५६८औँ बुद्धजयन्ती मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दछन् । उनलाई भगवान् विष्णुको नवौं अवतारका रुपमा लिने पनि गरिन्छ । यस दिनलाई बुद्ध जयन्ती वा चण्डीपूर्णिमाको नामबाट चिनिन्छ । यो मूलतः भगवान्् गौतम बुद्धको महानिर्वाण प्राप्त गरेको स्मृतिमा बैशाख पूर्णिमाको दिन मनाइन्छ । यस धर्तिमा महापुरुषको जन्म विरलै हुन्छ । इतिहासको लामो कालखण्डमा अस्पष्ट हुनपुगेका पक्षहरूलाई उपेक्षा गर्न मिल्दैन । बरु त्यसैको गहन अध्ययन गरेर स्पष्ट पार्नु अध्येताहरूको काम हुन्छ । अतः बुद्धको जीवनकालमै पतन भएको भन्दै प्राचीन कपिलवस्तुको अध्ययनमा पूर्णविराम लगाइदिनु इतिहासप्रतिको उपेक्षा ठहर्छ । यिनले विश्वमा सत्यको प्रतिष्ठापन हिसापूर्ण वातावरणको अन्त्य तथा शान्ति र समृद्धिपूर्ण विश्व समाजको स्थापनाका लागि जुन त्याग र बलिदानपूर्ण ओजस्वी भावना मुखरित गराउनु भएको थियो । त्यसकारण विश्वलाई पथ प्रदर्शनको बाटो देखाउने एक महामानवको सधैं सम्झना गर्ने प्रण गरौं ।

