ध्रुव अधिकारी
मुलुकले लोकतन्त्रको अभ्यास गरेको डेढ दशक भएको छ । अनेकौ संघर्ष, हजारौका बलिदानी र त्यागका परिणाम स्वरुप आएको हो यो लोकतन्त्र । लोकतान्त्रिक मुलुकमा जनता बलिया हुनछन् । तिनैलाई केन्द्रमा राखेर सबै नीति बनाइन्छ र जनतालाई शक्तिशाली बनाउन राज्यले विधि र व्यवस्थाको कार्यान्वयन गर्छ । के हामीले ल्याएको लोकतन्त्रको यस्तै भइरहेको छ ? सत्ताशक्ति र पहुँचका आधारमा राज्य भागबण्डामा चलिरहेको छ। राज्य दलाल, माफिया, तस्करले बन्दी बन्न पुगेको छ । यो लोकतन्त्र होइन लुटतन्त्र हो । अझखुलेर भन्नुपर्दा यो भ्रष्टाचारतन्त्र हो । लोकतन्त्रको आधारभूत तत्व स्वतन्त्रता, सामाजिक न्याय, भौतिक अधिकार तथा शुसासन हो । तर हाम्रो लोकतन्त्त हिंसा, जालझेल, कुशासन तथा भ्रष्टाचार गर्न पाउने पद्धतिको रुपमा विकास भएको छ ।
मुलुकअहिले भ्रष्टचारबाट आक्रान्त छ ।जहाँ हेर्यो त्यहीँ भ्रष्टचारको जाल बुनिरहेको देखिन्छ । नेपाली राजनीतिमा दलहरुको आडमा भ्रष्टचार मौलाइरहेको छ । अहिले भ्रष्टचारको मुलजरो नै राजनीति भएको छ । त्यसपछि कर्मचारी तन्त्रलाई लिन सकिन्छ । जसरी हुन्छ शक्ति र सत्ता हत्याएर त्यसको दुरुपयोग गरी आफ्ना मान्छेलाई भर्ती गर्ने र अनि त्यसलाई दुहुनोगाई बनाउने काम भएको छ । विशेष गरेर सत्तामा जाने दलहरु अपराधिहरुको संरक्षकको रुपमामात्र देखिएनन् । भ्रष्टचारको पाठशाला बने । भ्रष्टाचारले पार्टीको संयन्त्रलाई कब्जामा राखी क्षतविक्षत पुर्यायो । पुराना त्यागी नेता तथा कार्यकतालाई पछाडि पार्दै लग्यो । भ्रष्टाचारप्रति जतिआक्रोश छ । त्यतिकै आकर्षण पनि छ । भ्रष्टाचार संक्रामक भएकोले पनि रोकथाम हुनुपर्छ, अरु यसलाई निर्मूल नै पार्नुपर्छ । नेताका भाषणमा बाहेक भ्रष्टाचार नियन्त्रण होइन यसले दह्रोसँग सबै निकायमा ज्वरो गाढिसकेको छ।
तर हाम्राे लोकतन्त्र हिंसा,जालझेल, कुशासन तथा भ्रष्टाचार गर्न पाउने पद्धतिको रुपमाविका सभएको छ । रुपबाट हेर्दा मुलुकमा कानूनको शासन, प्रेस स्वतन्त्रता,आवाधिक निर्वाचन, प्रतिपक्षको सम्मान सबैथोक छ। समाज सरल ढंगले चलिरहेझै लाग्छ तर गहिरिएर हेर्दा अर्थात समाजव्यवस्थाको भित्रीजीवन अर्कै छ । चिन्तन, शैलि र व्यवहार अर्कै छ । जो लोकतान्त्रिक पद्धतिसँग मेल खाँदैन । औपचारिक अर्थमा कानून व्यवस्था एउटा छ। वास्तविक जीवन अर्कै ढंगले चलिरहेको छ । रुपमा लोकतन्त्र छ सारमा लुटतन्त्र छ । अझबुझ्ने भाषामाभन्नुपर्दा ‘रेड एरिया’को रात्रीजीवन जस्तै अनैतिकढंगले चलिरहेको छ, हाम्रो लोकतन्त्र ।कानूनी राजको डम्फु बजाउने र राज्यसत्ता संचालन गर्ने नाइकेहरुबाट नै लोकतन्त्रको वलात्कर भइरहेको छ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसले आर्थिक उदारीकरण र निजीकरणको नीत लिएपछि भ्रष्टाचार बढ्दो रुपमा गएको हो । अझ त्यसमापनि २०३३ को दोस्रो जन आन्दोलन पश्चात लोकतन्त्रको स्थापनापछि भ्रष्टाचारको पारो तिब्र रुपमा बढ्दै गएको देखिन्छ। मुलुक अहिले कहाली लाग्दो कमिसनतन्त्रमा फसेको छ । हरेक चुनावपछि गठन भएका जनसरकारबाट सुशासनको अनुभूति गरेको आभास मिल्न सकेको छैन । दलालपुँजीवादी सरकारको फाइदा उठाउँदै मुलुकमा कालोबजारी, महँगी, हत्या हिंसा र दण्डहीनता जस्ता अवाञ्छीत गतिविधि बढ्दै गयो । जनताको आर्थिक र सामाजिक अवस्था अस्तव्यस्त हुनपुगयो । जनताको जीवनस्तर झनझन् कष्टकर बन्दै गयो र विकास निर्माणका कार्यसमेत सुस्त हुनपुगे ।
पछिल्लो समयमा नेपालका उच्च ओहादामा हुने धेरैजसो प्रमुखहरुलाई केही न केही आरोप लागेकै छ। उहाँहरुलाई लाग्ने भनेको पहिलो कुरा आफूसँग भएका असीमित अधिकारको दुरुपयोग गर्नु त्यही अधिकारको नाममा अकुत सम्पत्ति कमाउन विभिन्न तरिकाबाट दलालमार्फत कमिसनको नाममा भ्रष्टाचार गर्नु । यी कुरा पञ्चायती व्यवस्थामा पनि थिए । २०४७ देखि २०६२÷६३सम्म पनि थिए तर मुलुक गणगन्त्रमा प्रवेश गरेपछि यसको आयतन ह्वायतै वढेको छ। तर यसो भनिरहाँदा यो पङ्तिकार गणतन्त्रको विरोधी रपञ्चायती व्यवस्थाको समर्थक भने पटक्कै होइन । तर ती भ्रष्टाचारमा संलग्न वरिष्ठहरुलाई कुनै किसिमको नैतिकता या कानूनको डर भने पटक्कै देखिदैन किनकी उनीहरु आफै कानूनको रखवाला छन् ।
राणाकालदेखि पञ्चायती व्यवस्था हुँदै लोकतन्त्रसम्म आइपुग्दा पनि एकपछि अर्को झनझन मुलुकमा भ्रष्टचार संस्थागतरुपमा वृद्धि भइरहेको छ । राजनीतिले प्रशासन र सुरक्षा निकायसँग मिलेर आधारभूत शिक्षा, स्वास्थ्य सेवा र सुरक्षाबाट जनता वञ्चित छन् , ती क्षेत्रहरुमा भ्रष्टाचारको बाढी नै चलेको छ । नियम र कानूनले काम गरिरहेको छैन । कानून छ , कार्यान्वयन छैन । संविधान छ तर कागजको खोस्टो बनेको छ । नीति छ नैतिकता छैन । व्यवस्था छ, विधि छैन । नेता छन्, निष्ठा छैन । राजनीतिक तहबाट भ्रष्टाचार हुनगरिएकोले नै कर्मचारीतन्त्रका समेत भ्रष्टचारको जरो गाडेको हो । कर्मचारी तन्त्रमा समेत भ्रष्टाचारले जरो गाडेको हो । राजनीतिक तहबाट भ्रष्टार हुने गरेकोले नै कर्मचारी तन्त्र समेत भ्रष्टाचारले जरो गाडेको हो । मुलुकको कर्मचारीतन्त्र ढिलासुस्ती र भ्रष्टाचारको पर्याय बनेको छ । सेवाग्रहीलाई गुणस्तरीय र छिटोछरितो सेवादिनु पर्नेमा आलटाले गरेर टेबुल मुनिबाट मोटो रकम असुलेपछि मात्र काम गर्ने प्रवृत्ति झनै बढ्दो रुपमा छ । कर्मचारीको व्यवहारबाट सेवाग्राहीहरु आजितभएका छन् ।
अन्त्यमा मुलुक लोकतन्त्रको जति संस्थागत हुँदैछ भनेर प्रचार गरिएको छ। त्यतिकै मुलुक भ्रष्टाचारबाट आक्रान्त छ ।लोकतन्त्र अहिले भ्रष्टाचार गर्न पाउने पद्धतिको रुपमा विकास भएको छ । मुलुकमा कुनै यस्तो क्षेत्र छैन । जहाँ भ्रष्टाचार नभएको होस ।मुलुक भ्रष्टाचारमैत्री वातावरण हुन गएको छ। यसको अन्त्य हुनु जरुरी छ । तसर्थ सबै खाले तथा भ्रष्टाचारलाई पूर्ण निर्मूल गर्न एकिकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी स्थापनाको लागि सबै वर्ग र समुदाय मिली संघर्ष गर्नु साँचो अर्थमा अहिलेको आवश्यकता हो।

