काठमाडौं । बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा सुन्तलाको बोट काँटछाँट गर्ने क्रममा रुखबाट खसेर एक किसानको मृत्यु भएको छ।
गौमुल गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले जानकारी दिएका छन्।
प्राप्त विवरणअनुसार सुन्तलाको बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेर गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको हो।
स्थानीय रूपमा उनी जिल्लाका अग्रणी किसानका रूपमा परिचित थिए ।

