ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत काठमाडौं बसन्तपुरस्थित नव आदर्शमाध्यमिक विद्यालयलाई विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि आवश्यक पोशाक, स्कुल ब्याग,जुत्ता तथा स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरेको छ।
विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख श्री दिलिपराज बरालले स्कुलका विद्यार्थीहरुलाई सोसामग्रीहरु हस्तान्तरण गर्नुभएको हो।कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभाग प्रमुख श्री बसन्त दाहाल र न्युरोड शाखा प्रबन्धक श्री जितबहादुर गुरुङ र नव आदर्श माध्यमिक विद्यालयकातर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य श्री विष्णुराज श्रेष्ठ,सह( प्रध्यानाध्यापकद्वय श्री बैकुण्ठ पौडेल र श्री कृष्णप्रसाद दवाडी लगायत विभिन्न शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो।
नवआदर्शमाध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब ३०० जना विद्यार्थीहरुलाई न्युनतम शुल्कमा अध्यापन गराईरहेको छ। बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको आधारभूत आवश्यकता पुरागरि गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने हेतुले सोसहयोग गरेको हो।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूलउद्देश्यबाट निर्देशित ूहाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ज्योतिविकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएकोछ।
ज्योति विकास बैंकले हाल ११४ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

