काठमाण्डौ । पत्रकार सन्दीप राई राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको हो ।
पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव बटुलेका छन्।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेका राईसँग विभिन्न पत्रपत्रिका, रेडियो र अनलाइनमा काम गरेको अनुभव छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन्।

