काठमाडौं, साउन २७ —
नेपाल आँखा अस्पतालको आयोजना तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको समन्वयमा आज ट्राफिक प्रहरीहरूका लागि विशेष निशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा १०८ जना ट्राफिक प्रहरीहरूको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ।
नेपाल आँखा अस्पतालका अनुसार परीक्षणका क्रममा अधिकांश प्रहरीहरूमा आँखा सुक्खा हुने, पोल्ने, चिलाउने तथा रातो हुने समस्या देखिएको छ। साथै दृष्टिदोष र नजिक पढ्न लेख्न गाह्रो हुने अवस्थाहरू पनि फेला परेका छन्। अस्पतालका बाह्य कार्यक्रम प्रमुख राम के. सी. का अनुसार, लामो समयसम्म धुलो र धुवाँको संपर्कमा रहनु परेकाले यस्ता समस्या देखिएका हुन्।

