काठमाडौं । एनआईसी एशिया बैंक र सिजी कम्युनिकेसनस लिमिटेडबिच विशेष सम्झौता भएको छ । इन्टरनेट सेवामा विशेष छुट दिने सम्झौतामा सिजी कम्युनिकेसन्स र बैंकबीच सम्झौता सम्पन्न भएको हो ।
यस समझदारीसँगै बैंकका ग्राहकले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा २५०० रुपैयाँ र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका हुन् ।
ग्राहकले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २५०० छुट पाउने छन् ।
त्यस्तै, इन्टरनेटसँगै आईपीटिभीको सेवा लिने नयाँ ग्राहकले पनि उक्त रकमको छुट पाउने छन् । साथै, हाल सेवा लिएका ग्राहकले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।

