धरहरा आपैmंमा इतिहास हो । आपूm सबैभन्दा अग्लो भएर होला अर्काको दुःख सहन नसकी थुप्रैं आँसु झारेर रोइ सकेको छ । थाहा छैन, अब कति रुनु पर्ने हो ? यो त भविष्यलाई नै थाहा होला । चार तल्लाको झिँगती छाना भएको यो ऐतिहासिक शहरमा कतै अमिल्दो मुगल शैलीको एघार तल्लाको त्यो अग्लो धरहरा प्रधानमन्त्री भिमसेन थापाले महारानी ललित त्रिपुरासुन्दरी देवीको सम्झनामा किन बनाएको होला ? सामाजिक र प्रशासनिक भेला बोलाउन धरहराको बार्दलीबाट किन विगुल फुक्ने होला ? विगुल बजेको सुनेपछि जङ्गली र निजामती कर्मचारीहरू कोत र टुँडिखेलमा किन भेला हुने होला ? गुजुमुजु परेको यो बस्तीमा कतै जनताहरूलाई सु–सूचित हुने अधिकारको प्रत्याभूति किन दिएको होला ? कतै हामी पनि वीरका सन्तान हौँ भनी देखाउन बनाएको त होइन ? त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नै घर आँगनसँगैको त्यो अग्लो धरहराबाट नियालेर हेर्दा जे देख्यो त्यहि कुरा आज आफ्नै कवितामा कोर्दै छन् ।
तल हरियो छ । मान्छेहरूको त्यति आवगमन नभएर होला यो ऐतिहासिक शहरमा कोलाहलको अभाव छ । जताततैं खेतै खेतमा लटरम्म फलेका अन्न र बालीहरूले सिङ्गो नेपालभित्र नेपाली जनताले खान लाउन मनग्य पुगेर होला समृद्धिको परिचय दिँदै छन् । आकाश खेतीले मात्र होइन पसिनाले माटो भिजाए पछि यो अन्नपूर्ण भूमिमा कहिल्यै नसकिने भण्डारका खानीहरूले कृषिको परिचय दिँदै छन् । सोझा साझा नेपाली जनताहरू बाँचिएको मेरो देशमा ईश्वरहरूको बास भएर होला मन्दिरै मन्दिर मात्र होइन गौतम बुद्धको यो पवित्र भूमिमा जिउँदो देवता श्री कुमारीको आफ्नै शासन छ । त्यसैले होला मेरो देश आँखाको नानी जस्तो सुन्दर, शान्त अनि विशाल छ । पाखा, पर्वतहरूबाट असंख्य झरनाहरूबाट झरेर नदी र नालाहरू बगेका छन् । युगौं युगदेखि सगरमाथा हाँसेर हामी नेपालीहरूलाई अतुलनीय साहस दिएका छन् । रगत, मासु र हाडले बनेको प्राणी जस्तो मेरो देश नेपालको तनमा पनि त्यस्तै छन् । रगत नदी बनेर, मासु माटो बनेर, हाड पहाड बनेर, सञ्चो विसञ्चोको यो शरीरमा मेरो नेपालको रम्यतन सधैं रमणीय छ । आनन्द छ । सुन्दर छ । हरियाली छ । कहिले सञ्चो नभएर विसञ्चोको खबर सुन्नु परेको छैन । आ–आफ्नो बाटोमा आ–आपूm हिँडेपछि मन स्वतन्त्र भएर तन पनि आराम हुँदो रहेछ ।
मैले धरहरा माथिबाट तल हेर्दा सबैले आ–आफ्ना कामहरू मेहनतले गरिरहेको देखेँ । कसैले कसैलाई बाधा र अवरोध नगरी प्रकृतिसँगै मान्छेहरू साइनो गाँसेर खेलिरहेको देखेँ । हाँसी खुशी माटोमा लड्बुडी गर्दै सन्तोषका सासहरू फेर्दै सबैले आ–आफ्नो दिनहरू काट्दै रहेको देखेँ । न प्रकृतिसँग डर छ, न प्रकृतिले नै बाटो बिराएको छ । एक आपसमा साईनो गाँसेपछि आफ्नो नातालाई विसञ्चो होला भनी आपैmलाई नै पीर पर्दो रहेछ ।
माथि बादल छ । घना वन जङ्गल जस्तै बाक्लो बादलले आकाशलाई आज छोपिएको छ । मानौं आज असार पन्ध्र जस्तो थोपा थोपा पानी झरेर त्यो बाक्लो बादल पातलो बन्दैछन् । आखीर शून्य न हो । शून्य भित्र शून्यताले मान्यता पाउनु पर्दछ । होइन भने त्यो शून्य हुनै सक्दैन । नाम मात्रको शून्य कहिल्यै सुन्दर बन्नै सक्दैन । न विशाल भएर बाँच्न सक्छ न शून्य भित्र गगन अताउन सक्छ । त्यसैले शून्य सुन्दर छ । विशाल छ । न नापेर नाप्न सकिन्छ । न हेरेर हेर्न सकिन्छ । यो त हाम्रो आँखाले देख्न नसक्ने त्यो क्षितिज भन्दा पनि धेरै टाढा छ ।
तल छ हरियो विजन प्रतिबबेष्टत
मेरो नेपालको रम्य तन
माथि छ बादलको सघन वन
शून्यको सुन्दर विशाल बदन ।
दलदल वा आहाल जस्तो भएको यो धाप भित्र के साँच्चै कृपणको रतन हुन्छ र ? सौजन वृक्ष अग्लो बनेर के साँच्चै शोभाञ्जन हुँदैन र ? यौटा प्रेमीले प्रणय गरेर के साँच्चै प्रेम पाउन सकिन्छ र ? माया र ममताभित्र बाँच्नु पर्ने के साँच्चै प्रार्थना गरेर दरिलो बन्न सक्छ र ? त्यसैले प्रणयौको प्रेमी दर्शन पाउन, खाडीभित्रको कृषणको रतन पाउन अलिकता त्याग गर्ने हो भने, अलिकता माया दिने हो भने, अलिकता दया राख्ने हो भने, अलि कता सहयोग गर्ने हो भने यो मनको धागो बलियो बनेर कहिले नटुट्ने सम्बन्ध बन्न सक्छ । यौटा आँखाले अर्को आँखालाई देख्न सकिन्छ । यौटा मनले अर्को मनको कुरो बुझ्न सकिन्छ । तब मात्र सम्बन्ध दरिलो बन्न सक्छ । होइन भने दलदलबाट मान्छे कहिल्यै निस्किन सकिँदैन । कृपण भएर मान्छे धेरै दिन हिँड्न सकिँदैन । त्यसैले प्रेम, माया र स्नेहभित्र प्रीतिका गीत गाएर बस्ने हो भने यो संसार आपैmमा सुन्दर छ । जता हे¥यो उतै रमणीय छ । मन निर्मल हुनु पर्छ । जति जति तल हे¥यो उति उति यसको गरिमा आपैmमा विशाल भएर जाने छ । जहाँ म भित्र थुप्रै तिमीहरू पाउन सकिन्छ । जहाँ मनको आँखाले सबै कुराहरू देख्न सकिन्छ ।
खाडीभित्रको कृपणको रतन
या प्रणयौको प्रेमी दरसन
जति जति त्यो तल हेर्दछु मनमा
उति उति बढ्छ त्यसको गरिमा ।
यो धरतीमा हिमगिरि उच्च भएर होला त्यहाँको हावापानी जहिले पनि स्वच्छ छ । कञ्चन छ । मीठो छ । स्वादिलो छ । त्यसैले यो मनोहर भूमिमा हिमगिरिको त्यो चिसो हावाले ज–जसलाई छुन्छ उसको जीवन सुन्दर मात्र होइन जीवन शीतलमय् बनेर आनन्दको अनुभूति लिदैं चिरकालिन चुम्बनले माया गाँसिरहेको हुन्छ । जसले हिमगिरिलाई भेट्न खोज्छ उसले यो जीवनमा कलकल बग्ने कञ्चन नदी र नाला मात्र होइन झरनाहरूको कथा पढ्न सकिन्छ । आपूm आपैmमा हिमगिरि जस्तै स्वच्छ र सरल कसरी बन्न सक्छौं भनी हामीहरूले थाहा पाउन सकिन्छ । हिमगिरिको एक थोपा पानीले जिब्रो रसाउदा पनि शरीरको नसा नसामा रक्त सञ्चार कसरी हुँदो रहेछ भनी थाहा पाउन सकिन्छ । त्यसैले यो त विरामीहरूका लागि औषधी रहेछ । शीतल खोज्नेहरूका लागि अमृत रहेछ । मनोहर हेर्नेहरूका लागि अद्भूत दृश्य रहेछ । अभागीहरूका लागि मुक्तिको मार्ग रहेछ ।
भनिन्छ, समुन्द्र मन्थन गर्दा निस्केको कडा विष नै किन नहोस् आखीर त्यो पनि कसैको लागि अमृत बन्दो रहेछ । विष पछि अमृत निस्केर यो भवसागरमा बाँचिरहेका प्राणीहरूलाई उद्धार गर्नका लागि सहयोग गरेकोले होला अमृत आफ्नै ठाउँमा अमर छ । विष आफ्नै ठाउमा अजर छ । को कसले तुलामा राखेर त्यसको गरिमा जोख्न सकिन्छ र ? त्यसैले यो नाप तौल गर्न नसक्ने विशाल मन्थनलाई न कसैसँग दाँज्न सकिन्छ न कसैले यस्तै हो भन्न सकिन्छ ।
हलाहल आपैmमा अनौठो छ । जुन कुरा न हिजो भएको थियो न भोलि नै हुने छ । अब यस्तो हलाहल कहिल्यै पनि दोहोरिने छैन । यो नै शुरु हो यो नै अन्तिम हो । अब भविष्यले कहिले पनि हलाहल गर्नु पर्ने छैन । किनकि हामीलाई त्यस्तो विषको आवश्यकता छैन, जुन विष मानव जातिका लागि जोगाएर राख्नु पर्छ । एकवारको जुनी लिएर बाँचिएका हामी मान्छेहरूले के साँच्चै अमृत पिएर मृत्युको सीमा नाघ्न सकिन्छ र ? के साँच्चै विष पिउँदैमा तुरुन्तै काल आएर टपक्क टिपेर यमलोकमा लाने गरिन्छ र ? यो त कदापि हुनै सक्दैन । किनकि जन्म आपैmमा मरण हो । यो मरण कसैको इच्छाले चल्न सक्दैन । यो त गाग्रीको पानी चुहे जस्तो थोपा थोपामा चुहेर एक दिन गाग्री रिटिने छ । पानी विनाको गाग्रीको अस्तित्व सदाका निम्ति समाप्त हुने छ । तब मात्र मान्छेको निधारमा लेखिएको मृत्युवरणले पुकारिने छ ।
मान्छेँ जन्मिदा आयु पनि निर्धारण भई आएको हुन्छ । मुटुले कति पटक धड्कन लिने भन्ने कुरो समयले निर्धारण गरिसकेको छ । त्यसैले समय बलवान छ । अमृत र विषलाई यौटै ठाउँमा राखेर हिसाब किताब गर्न गा¥हो भए जस्तो सबैले आ–आफ्नो सीमामा उभिनु पर्नेछ । यो हाम्रो पुण्यभूमिको देशमा अरु देश भन्दा पृथक भएर होला हामी माटोलाई पुजा गर्छांै । हामी पानीलाई पुजा गर्छौं । हामी हावालाई ईश्वर मान्छौं । हामी अग्निलाई ईश्वर ठान्छौं । त्यसैले यो अन्नपानीको शरीर आज छ भोलि नहुन पनि सक्छ । भोलि रहे पर्सि नदेख्न पनि सक्छ ।
उच्च हिमगिरि छ स्वच्छ मनोहर
सुन्दर शीतलको चिरचुम्वन
हलाहल थिए पनि जहाँ अमृत
दाँजिन सक्छ कुन यो देशसित ।
यो संसार गतिशील छ । यो गतिशील संसारमा कुनै पनि कुरा स्थिर हुन सक्दैन । समयले टुक्रा टुक्रा पारेर एक दिन अस्तित्वलाई नै लोप पार्ने छ । पानी जस्तो खुलुल्लु बग्ने यो शरीर पनि एकदिन अवश्य पनि लास बनेर रगत बग्ने नसा नसामा पानी बग्ने छ । बागमती घुमेर हिँडे जस्तै मान्छेँको शरीर पनि घुमि घुमि एक दिन बागमतीको किनारमा गएर सुत्ने छन् । अलिकता आगो पिएर ऊ आपैmं खरानी भएर जाने छन् । त्यसैले यो अनित्य संसारमा मान्छे मात्र होइन एक दिन सबै नाश भएर जाने छन् । घुमि घुमि बागमती पनि एक दिन सागरमा गएर मिसिने छन् । तैपनि अहिलेसम्म बागमतीले कसैलाई केही भनेको छैन । किनकि उसलाई सबै कुरा थाहा छ, मान्छेँ जहाँ जसरी बसे पनि आखिर एक दिन मेरै शरणमा आउने छन् । प्रकृति रसले युक्त छन् । मान्छेँहरू आ–आफ्नो तरिकाबाट रसपान गर्दै छन् । कर्म अनुसारको फल दिएर आजसम्म यो धरतीले मान्छेँहरूलाई सत्कर्म गर्न सिकाउदै छन् । किनहोला पानी उकालोमा होइन ओरालोतिर बग्न खोज्छ ? किनहोला यो प्रकृति रसै रसले किन भरिपूर्ण भएका होला ? किन होला युगौं युगदेखि आजसम्म प्रकृतिले किन स्वभाव नफेरिएको होला ? किनहोला प्रकृतिले सधैं यो धरतीलाई श्रृङ्गार पट्टार गरेको होला ? आफ्नो सदनमा बसेर सौन्दर्यलाई किन सधैं ध्यान दिएको होला ? स्वर्गको बगैंचा जस्तो मेरो देशलाई किन यति धेरै माया गरेको होला ? हरियो भरियो देवराज इन्द्रको उपवन जस्तो समस्त वन वनमा मेरो देश किन फुलेको होला ?
खुलुखुलु खुलुखुलु मृदुलास भरी
बहन्छ घुमी घुमी बागमती
सरस प्रकृतिको श्रृङ्गार सदन
मेरो देश छ नन्दन वनसम ।
जीवन सुन्दर छ । यो सुन्दर जीवनमा मान्छँेहरू कसरी बाँच्ने हो आपैmले नै निर्धारण गर्ने कुरो हो । त्यसैले यथार्थ सत्य हो । वर्तमानलाई हामीले कहिल्यै पनि उपेक्षा गर्न सकिँदैन । हिजो त गइसके । भोलि के हुने हो थाहा छैन । आज हामी बाँचिरहेका छौं । सुन्दर यो रमणीय संसारमा हामीहरूले थुप्रै कुराहरू बुझिरहेका छौं । कोही बुझेर जीवन चलाउने गर्छन् । कोही नबुझेर जीवन बिताउने गर्छन् । आखीर एक दिन त जीवन सदाका निम्ति बिताउनु छ । जो जहाँ जसरी आएका थियौं त्यही बाटो भएर फेरि एक चोटी जानू छ ।
धरहरा चढ्नुमा कुनै प्रसङ्ग नभए पनि धरहरा माथिबाट हेर्दा थुप्रैं प्रसङ्गहरू देख्न सकिन्छ । यो त आ–आफ्नो आँखाले मात्र होइन मनको आँखाले देख्ने कुरो हो । यौटा कविले अणु अणुमा कविता पाउन सकिन्छ । यौटा चित्रकारले अणु अणुमा आकृति पाउन सकिन्छ । जो जस्तो छ उसले त्यस्तै कुरा पाउनु स्वभाविक हो । केवल खोज्न जान्नु पर्ने रहेछ । अणु अणुमा मान्छेँलाई चाहेको सबै कुराहरू पाउदो रहेछ । सुख र सुषमा त्यही रहेछ । दुःख र पीडा पनि त्यही रहेछ । होस् र बेहोसी मात्र होइन सत्य र असत्य पनि त्यही रहेछ । त्यसैले धरहरा माथिबाट हेर्दा मान्छेँलाई चाहिने मात्र होइन नचाहिने कुराहरू पनि त्यही पाउँदो रहेछ । त्यसैले होला युगकवि सिद्धिचरण श्रेष्ठका आँखामा यो भवसागरको अणु अणुमा थुप्रैं कविताहरू देखेर मन हर्षित मात्र होइन अत्यन्तै परम शोभाका अनुभूतिहरू व्यक्त गरेको देखिन्छ ।
जीवन भैंm सत्को सुन्दरमा
विना प्रसङ्गवश चढी यसमा
पाएँ कविता यो अणु अणुमा
छ यहाँ कति सुख, सुषमा यसमा
इतिहास हिजोको पाठ हो । त्यही पाठलाई पढेर आज हामीहरू हिँड्न सक्नु पर्दछ । हिजो के भए आज के गर्नु पर्ने हो त्यतातिर सोच विचार नगरी त्यसै हिड्ने हो भने हिजो र आजमा के फरक भो ! हिजो र आजमा के सम्बन्ध भो ! त्यसैले परिवर्तन चाहन्छ भने हामी धरहरा माथिबाट मात्र होइन धरहरा मुनिबाट पनि त्यो अग्लो धरहरालाई हेर्न सक्नु पर्दछ । तब मात्र समन्याय हुन्छ । समन्याय भित्र कहिल्यै पनि मत्स्य न्याय चल्न सक्दैन । किनकि सबैले आ–आफ्नो दूर दृष्टिले हिजोका पाठहरू पढेर आज थुप्रै बेथितिहरूलाई चिहानमा पोल्न सक्नु पर्दछ । होइन भने त्यही बेथितिले हामीलाई जिउँदै चिहानमा पोल्ने छ ।
आँखा सबैको हुन्छ तर सबै आँखाले सबै कुराहरू देख्न सकिँदैन । त्यसैले होला यृुगकवि सिद्धिचरण श्रेष्ठको आँखाले धरहरामाथिबाट जति जति तल हेर्छन् उति उति त्यसको गरिमा बढेको महसूस गर्दछन् । यो सुन्दर स्वच्छ, मनोहर हरियाली शहरमा प्रकृतिको श्रृङ्गारसँगै बागमती नाची नाची हिँडेको देख्दा कतै यो हाम्रो जीवन त होइन ? हिमगिरि जस्तो स्वच्छ मन लिएर अमृतका धाराहरू बगिरहन्दा कतै यो हाम्रो जीनव धन्य हुने त होइन ? अणु अणुमा आपूmले चाहेको कुरा प्राप्त गर्दा कतै यो ईश्वरको वरदान त होइन ? हिँड्दा हिँड्दै आकाश र धरतीको मिलन हुनु कतै यो हाम्रो नन्दन त होइन ?
युगकविको आँखामा “धरहरा माथिबाट”
धरहरा आफैंमा इतिहास हो । आफू सबैभन्दा अग्लो भएर होला अर्काको दुःख सहन नसकी थुप्रैं आँसु झारेर रोइ सकेको छ । थाहा छैन, अब कति रुनु पर्ने हो ? यो त भविष्यलाई नै थाहा होला । चार तल्लाको झिँगती छाना भएको यो ऐतिहासिक शहरमा कतै अमिल्दो मुगल शैलीको एघार तल्लाको त्यो अग्लो धरहरा प्रधानमन्त्री भिमसेन थापाले महारानी ललित त्रिपुरासुन्दरी देवीको सम्झनामा किन बनाएको होला ? सामाजिक र प्रशासनिक भेला बोलाउन धरहराको बार्दलीबाट किन विगुल फुक्ने होला ? विगुल बजेको सुनेपछि जङ्गली र निजामती कर्मचारीहरू कोत र टुँडिखेलमा किन भेला हुने होला ? गुजुमुजु परेको यो बस्तीमा कतै जनताहरूलाई सु–सूचित हुने अधिकारको प्रत्याभूति किन दिएको होला ? कतै हामी पनि वीरका सन्तान हौँ भनी देखाउन बनाएको त होइन ? त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नै घर आँगनसँगैको त्यो अग्लो धरहराबाट नियालेर हेर्दा जे देख्यो त्यहि कुरा आज आफ्नै कवितामा कोर्दै छन् ।