स्वयम्भू शाक्य
मनमा आगो बलिरहेको छ , न निभाउन सक्छु न बालेर खरानी नै बनाउन सक्छु । दन–दन आगो बालेर आगोको मुस्लोले जहाँ जहाँ छोयो त्यही लप्काले आज मलाई भष्म पार्न खोज्दैछन् । पानी विनाको यो शहरमा आगोको राज चलेर होला यहाँ अनगिन्ती मान्छेहरू हिजो र आज मात्र होइन भोलि पनि म जस्तै आगो निभाउन नसकेर मृत्युको मुखमा पुग्ने छ । आफन्तहरू सबै भेला भई दुई थोपा आँसु झारेर मेरा पार्थिब शरीरलाई सकि नसकी चार जनाले बोकेर चित्तामा राखी दागबत्ती दिएर सदाका लागि जलाउने छन् । यसैलाई नै जिन्दगी भनिन्दो रहेछ । त्यसैले मनमा थुप्रैं कुराहरूको ज्वारभाट चले पनि केही छालहरू बाहेक धेरै छालहरू त्यसै हराउने छन् । क्षण क्षणमा असंख्य आँधीबेरी चलेर मनभित्रका थुपैं संरचनाहरू भत्काएर बेहाल बनाउने छन् । हो, यो दुःखको सागरमा यस्तै हुन्छन् । मनलाई थुप्रैं कुराहरूले पीडित बनाउने छन् । तैपनि यो मानव जीवनमा दुःख र सुखका कुराहरूमा नअल्झी म जन्मनुको अर्थ के हो ? मेरो जीवन केका लागि हो ? मैले कसलाई समर्पण गर्नु पर्ने हो ? आदि इत्यादि जस्ता कुराहरू यो मनमा संधै जन्मि रहन्छन् । त्यसैले यस्ता कुराहरू बिर्सेर हामीले फजुल कुराहरूमा समय बिताउने हो भने हाम्रो जीवन विनासित्तिमै बित्ने छन् । आवश्यकता भन्दा बाहिर गएर व्यर्थमै जीवन मर्ने छन् । न कवि भएर न योद्धा भएर आखीर मनको इच्छा मनमै रहने छन् । अपुरो अपुरो भई सदाका लागि केही गर्न नसकेर मनभित्र पलाएका थुपै्र भावहरू मनभित्रै गुम्सिएर मर्ने छन् । हेर्दा हेर्दै खोला र नालामात्र होइन मधु ऋतु पनि डगुरेर आँखाले देख्न नसकिने गरी कता कता पुग्ने छन् । हामीलाई एक्लो बनाई मनको भावको पीडाले यो जूनीका लागि काँढा बनेर घोचिरहने छन् ।
उठ्दछ क्षण क्षण मनमा ज्वाला
व्यर्थ फजुलमा जीवन जाला
न कवि न योद्धा भइ मरिएला
मनको इच्छा मनमै रहला ।
मेरो मनको भाव नलहरिई
जाला खोला नाला दगुरी
हेर्दा हेर्दै मधुऋतु भाग्ला
भवको बाधा पीडा बन्ला ।
अनिष्टद्वारा व्याकुल नहुने मान्छे यो संसारमा कोही पनि हुन सक्दैनन् । त्यसैले अनिष्ट आपैmमा संकट हो । संकट आपैmमा डर हो । डर आपैmमा त्रास हो । त्रास आपैmमा तनाब हो । यस्तो भयबाट बच्नका निम्ति आपूmमा ज्ञान र विद्या हुनु आवश्यक छ । दीन र दुःखीहरूको आँसु पुच्छनका लागि अनुष्ठाननीय दीक्षा जप्नु आवश्यक छ । त्यसैले युगकवि सिद्धिचरणश्रेष्ठले यो मानव जगत्मा प्राणीहरूको रक्षा र दीन दुःखीहरूलाई दुःखको सागरबाट तर्नका लागि शिक्षा र दीक्षाले मात्र गर्न सकिन्छ भनी आफ्नो भाव व्यक्त गर्नु भएको देखिन्छ । चाहे कठिन गरिमा चढ्न नै किन नहोस् ,चाहे संकटसंग सामना गर्न नै किन नहोस् यौटा अठोट चाहिन्छ । त्यो अठोतभित्र जति सुकै संकट पनि सहन सक्छन् । संकटलाई पनि परास्त गर्न सक्छन् । जतिसुकैं पीडादायी नै किन नहोस् सहर्ष रूपमा स्वीकार्न सकिन्छन् ।यसैले यो दुःखको भवसागरमा सुखको सागर पनि हुँदो रहेछ । यौटाले अर्कोलाई नचिने पनि कहिले काहिँ छुट्याउन नसकिने गरी संग–संगै सुख र दुःख आउँदो रहेछ । जीवन सुन्दर बनाउनका लागि कहिले घाम कहिले पानी पनि हुनु पर्ने रहेछ । यही नै जीवन हो । जहाँ सुन्दर पूmल फुल्नका लागि पलाउनु पर्छ । हुर्किनु पर्छ । अनि मात्र सुन्दर पूmल फुल्न सकिन्छ । होइन भने अंकुरित नहुन्दै माटोमा नै बिलाएर जान सक्छन् ।
यो भर विनाको जीवन हो । जहाँ मनका इच्छा कहिल्य पुरा हुन सक्छ ,कहिल्य नहुन पनि सक्छ । तर युगकवि सिद्धिचरण श्रेष्ठले आपूm भित्री कवि बनेर बाहिर योद्धा बन्न चाहन्छन् । किन होला, यौटा कविको मन कोमल भएर पनि यौद्धा किन बन्न चाहेको होला ?यौटा कलमजीवीको हातमा किन तरवार बोक्ने इच्छा आएको होला ? यौटा शिक्षा र दीक्षा पाएको व्यक्तिले यौद्धा बनेर के पाउने होला ? एक्लो कविले युद्ध गरेर भविष्यमा कहिले विजय हुने होला ? गा¥हो छ, गाह्रो भित्र कहिले काहिँ सजिलो पनि हँुदो रहेछ । देश रोइरहेको बोला यौटा कविले चेतनाद्वारा युद्ध गर्ने होला । दमनको बेला स्वतन्त्रता पाउनका लागि कलमले पनि आगो ओकल्ने होला । संघर्षको बेला एकताका लागि यौटा कविले कवितैबाट बिगुल फुक्ने होला । निरंकुशताको बेला न्यायको लागि यौटा कविले नेता बनेर देखाउने होला । त्यसैले भित्र कवि बाहिर यौद्धा बनेर आज युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो इच्छाहरू पोखेको देखिन्छ ।
भयमा रक्षा पढ्छु म शिक्षा
त्राण दुःखीको जप्छु म दीक्षा
कठिन गिरिमा चढ्ने बानी
संकट सहने मेरो पनि ।
सुख सागरमा लय भई आखीर
गर्ने जीवन सुन्दर सुन्दर
छ यही मेरो मनको इच्छा
भित्र बनूँ कवि बाहिर योद्धा ।
आज मलाई डर लागिरहेको छ । त्यो पर युद्ध भूमिमा संग्रामको बाजा बजेर होला फेरि हामी जंगली युगमा कतै फिर्किने त होइन ? मान्छेले मान्छेलाई काटमार गरी कतै बर्बरताको चिसो हावा हामीले फेरी खानु पर्ने त होइन ? पक्ष विपक्ष भएर युद्धको संग्राममा हामी सबै मान्छेहरू मर्ने त होइन ? रणको बाजा बजाउँदा बजाउँदै कतै बजाउने मान्छे नपाएर अन्धकार हुने त होइन ?आज सबै कुराहरूको अन्त्य भए पछि कतै भोलि नआउने त होइन ? रगतै रगतको खोलो बगेपछि कतै समुन्द्र पनि रातो हुने त होइन ? विनाशै विनाशको आगो बलेपछि कतै घनघोर वर्षा भएर यो धरती जलमग्न हुने त होइन ? मान्छेहरूको शब देखेर कतै गिद्ध र चिलहरू खुशी भएर हाँस्ने त होइन ? आखीर यो किन भैरहेको छ ? के का निम्ति हुँदैछन् ? के पाउनका लागि गर्दैछन् ? थाहा छैन, सभ्यको नाउँमा असभ्य मान्छेहरू किन शत्रुको दृष्टिले काँचै निल्न खोज्दैछन् ? गाँस, बास र कपासलाई नष्ट पारी फेरि एकचोटी विनाशको शुरुवात किन गर्दैछन् ? मान्छेले मान्छेलाई मार्नका निम्ति किन रणको बाजा बजाउदैछन् ? दुःख, कष्ट र आँसु पिलाएर किन बर्बताको सीमा नाघ्न खोज्दैछन् ? शक्तिको आडमा मान्छे किन आपूmलाई ठूलो ठान्न खोज्दैछन् ? त्यसैले यो त मानवीयताको कुरो हुनै सक्दैन । जगत् कल्याणको कुरो भन्न सकिन्न । करुणाको कुरो हुँदै हुँदैन । प्रज्ञाको कुरोले यस्तो कहिल्यै माग्दै माग्दैन । यो त प्राणी जगत्को आँसु हो । ब्यथै ब्यथाको जीवन हो । यस्तो पीडादायी जीवनमा करुणा नभए मान्छे कहाँ भन्न सकिन्छ र ?
हो, मनको पीर पर सारेपछि मन हलुको भएर आनन्द हुँदो रहेछ । पीरै पीरले थिचिरहेको मनमा पीरै नभएपछि निलो त्यो आकाश जस्तै हुँदो रहेछ । त्यसैले खाली मनमा करुणाको त्यो शीतल नीर पिएँ पछि माया र ममता मात्र होइन दया पनि त्यसै पलाउँदो रहेछ । तिमीलाई दुख्दा मलाई पनि दुख्न थाल्छ । तिम्रो गाह्रो सारोमा मलाई पनि त्यसै हुन्छ । यो त मनको कुरो न हो । मनमा करुणा ढपक्क बलेपछि प्राणी जगत्मा सुख पाउने नै भो ! तसर्थ युगकवि सिद्धिचरण श्रेष्ठले कविता रच्दै शान्ति पैmलाउँदैछन् । प्राण–प्राणमा प्रेमको भाव जगाउन करुणाको ज्योति पैmलाउँदैछन् ।
दूर बजेको रणको बाजा
बर्बरताको चिसो हावा
जब बन्दछ यो मेरो वरिपरि
तब करुणाको उठ्दछ लहरी
जब पर सारी मनको पीर
पिई करुणाको शीतल नीर
कविता रच्दै शान्ति फिजाउँ
प्राण प्राणमा प्रेम जगाउँ ।
कविता आपैmमा सुन्दर छ । सुन्दर आपैmमा राम्रो छ । राम्रो सबैलाई मन पर्ने कुरो भएकोले यो आँखालाई मात्र होइन् मन र मस्तिष्कलाई पनि उतिकै प्यारो छ । किनकि सुन्दर कविताले कठोर हृदयलाई पनि पगाल्न सकिन्छ । त्यसैले सुन्दर आपैmमा उपमा बनेर युगौं युगदेखि भोलिसम्म बाँचिरहने छन् । हो, बर्बरतामा जति अनुकूल भएपनि त्यो भन्दा बढी यौटा योद्धा हुनुमा त्यस्ता योद्धाहरू यो धरतीमा सदाका लागि अमर रहने छन् । कहिल्यै नमर्ने गरी युगौं युगसम्म यो धरतीले सदाका लागि सम्झिरहने छन् । त्यसैले योद्धा हुनुको पीडा योद्धालाई मात्र थाहा हुनेछ । तर यौटा योद्धाले मलाई पीडा छ भनी कहिल्यै भन्न जानेनन् । मलाई तीर्खा लाग्यो भनी कहिल्यै सुनाउन खोजेनन् । अपितु यौटा योद्धा हुनुमा धेरै गर्व लाग्छ । किनकि सबै मान्छेहरू अमर भएर बाँच्न सकिदैनन् । जन्मिन्छ र मर्छ, यो त मानवीय स्वभाव हो । तर जो जन्मिन्छ ऊ आफ्नो माटोको लागि मर्ने गरिन्छ । जो जन्मिन्छ ऊ मानव कल्याणका लागि आफ्नो प्राण आहुति दिने गरिन्छ । जो जन्मिन्छ ऊ अर्काको दुःख निवारणका लागि आवाज उठाउछ । जो जन्मिन्छ ऊ कठोर तपस्या गरी अन्याय र अत्याचारीलाई पाखा लगाउन खोज्छ । ऊ सदाका लागि अमर भएर बाँचिरहने छन् । केवल रणशैयामा अन्तिम श्वास लिएर पनि ऊ निर्धक्क संग आँखामा आँखा जुताएर आफ्नो मासु काटेर वैरीलाई खुवाउन सक्नु पर्दछ । आफ्नो रगत पिलाएर वैरीलाई अघाउन सक्नु पर्दछ । किनकि योद्धा मान्छे भएर पनि ऊ यौटा निर्जीव प्राणी हो । जतिसुकै कठोर यातना दिए पनि न उसको प्रतिज्ञा तोड्न सक्छ न दुःखाइले माफी माग्न खोज्छ । त्यसैले ऊ मान्छे भएर पनि मान्छे होइन । यौटा मान्छेले लाखौं लाख मान्छेहरूलाई बाटो देखाउने अगुवा रहेछ ।
यो संसारबाट सूर्यलाई अलग राख्ने हो भने के साँच्चै संसार कसरी चल्छ होला ? यो संसारमा सूर्यको तत्व नहुने हो भने के साँच्चै यो संसारमा प्राणीहरू कसरी बाँच्छ होला ? अवश्य, यो त असम्भव कुरो हो । जो यो संसारको लागि आवश्यक छ त्यही रवि नहुने हो भने यो संसार हुनुको कुनै अर्थ छैन । यो विश्वलाई सजाउन मात्र होइन, यो प्रकृतिलाई हँसाउन मात्र होइन, प्राणी जगत्लाई बचाउनका निम्ति पनि रविको सुनौलो किरणको आवश्यकता पर्दो रहेछ । जसरी रोगीलाई औषधीले निको पार्ने गरिन्छ त्यस्तै रविको त्यो न्यानो तत्वले जीवन उद्धार मात्र होइन यो संसारकै निम्ति कल्याण हुनेछ । रविलाई थाहा छ, चाहे आपूm धनसित संघर्ष गर्न किन नपरोस्, चाहे धनधट्टाले चारैतिर ढाकिएर राखेकै किन नहोस् यौटा प्रवल रवि न हो धनधट्टालाई चिर्दै प्राणी जगत्लाई उद्धार गर्नका निम्ति जल वर्षाले धनधट्टालाई चकनाचुर पारेर नयाँ सृष्टिको शुरुवात गर्न उत्कर्ष खोज्दै छन् । डर लाग्दो आकाश निर्मल पार्नका लागि थोपा थोपा पानी झरेर रविको न्यानो माया पाउनका निम्ति यो धरतीले ईश्वरलाई पुकार्न खोज्दैछन् ।
तर कविताको सुन्दर पूmल
बर्बरतामा जति अनुकूल
त्यो भन्दा बढी योद्धा हुनुमा
रणशैयाको अमर मरणमा ।
किनकि रविको तप्त दिवसमा
विश्व सजाउन प्रकृतिमुमा
धनसित गर्दै घोर संघर्ष
बर्साउन्छ जल पहिले प्रकर्ष ।
मनको पीडा नओकलेसम्म धेरै गाह्रो हुँदो रहेछ । जब ओकल्न थाल्छ तब विस्तारै मन हलुको भएर जान्दो रहेछ । आखीर मान्छेको मन न हो । मनभित्र थुप्रैं छालहरू उठ्ने मात्र होइन त्यसै सेलाएर पनिजान्दो रहेछ । क्षण–क्षणमा हाम्रो आयु टुक्रा–टुक्रा भएर दिन–रातले हामीहरूलाई सुख र दुःखमा अल्झाइ रहेका हुन्छन् । यसैलाई नै जिन्दगी भनिन्दो रहेछ । कोहि कवि भएर मर्न पाए हुन्थ्यो भन्छ । कोही योद्धा भएर मर्न पाए हुन्थ्यो भन्छ । आखीर मनको इच्छा न हो, इच्छा पुरा नहुँदै मर्ला भनी धेरैको पीर हुँदो रहेछ । त्यसैले हामीहरू कठिन गरिमा चढ्ने बानी बसाल्नु पर्छ । सबैले सबैको सुन्दर जीवनको आशा गर्न सक्नु पर्छ । भित्री हृदय कोमल भए पनि वैरीको अगाडी कठोर हृदय बनाउन सक्नु पर्छ । तब मात्र बाँच्नुको अर्थ हुन्छ । रणभूमिमा रणको बाजा बजाए पछि मान्छे–मान्छेहरू मान्छेको रूप फेर्दो रहेछ । न दया लाग्छ ,न माया लाग्छ केबल आफ्नै मात्र स्वार्थ हेरेर संग्राममा लाग्दो रहेछ ।
लाग्छ, युग कवि सिद्धिचरण श्रेष्ठलाई प्रस्तुत “दुई शब्द” कविता किन कोर्न मन लागेको होला ? देशमा भएका बेथितिहरू र आँखामा कालो पट्टी हटाउनकालगिप्रस्तुत कविता कोरेको होला । त्यो अन्धकारको युगमा योद्धाहरूलाई जसरी भए पनि अन्धकारलाई हटाउनु थियो । यौटा नयाँ युगको प्रतिक्षामा अन्धकारमै वि.सं. १९९६ सालमा प्रस्तुत कविताको जन्म भएर अन्धकारलाई हटाउन थुप्रैं प्रयासहरू भएको थियो । अस्तु ।

