मेरा साना दुःखले अज्रयाको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भत्रे पृथ्वीनारायण शाहको दिव्य उपदेशले सम्पूर्ण नेपालीहरूलाई उत्प्रेरित गराइरहेको छ । मूलतः २६६ वर्षअगाडि पृथ्वीनारायण शाहले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलो भारतको बीचमा कस्तो कुटनीति अवलम्बन गर्नुपर्छ भत्रे कुरा राम्ररी बुझेर भनेका थिए – यो राज्य दुई ढुंगाको तरुलजस्तो रहेछ । चीनको बादशाहसँग राम्रो सम्बन्ध राख्नु, दक्षिणको समुद्रको बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । तसर्थ देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन् । पृथ्वीनारायण शाह कति दुर्ददर्शी थिए भत्रे कुरा यी भनाइ र अहिले छिमेकीहरूको चलखेलबाट स्पष्ट छ । फलतः पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झन्डा फहराएर टुव्रmा–टुव्रmामा विभाजित हिमवत्खण्ड नेपालको एकीकरण गरेर यस क्षेत्रको साना साना राज्यलाई एक सूत्रमा बाध्न लालयित थिए । यसरी पृथ्वीनारायण शाह नेपालका राष्ट्र निर्माता, युग, पुरुष, राष्ट्रभक्त र सर्वोपर रुपमा आधुनिक नेपालका निर्माता हुन । उहॉको सारा जीवन राष्ट्र निर्माणको निम्ति लगाउने मौसूफ, सरकार एकमात्र ठूला तपस्वी हुन । एकिकरणका दौरानमा विविध संधर्ष र पराजयको सामाना गर्नु परे तापनि क्रमशः एक एक खुडकिला पार गर्दै जानु मौसूफको अदभ्य साहस र तीब्र देशभक्तिको परिचायक हो । यस्ता राष्ट्रप्रेमी युग पुरुषको चर्चा गर्दा हामी नेपालीहरुको मनमस्तिष्कमा सर्वप्रथम राष्ट्रिनिर्माता श्री ५ पृथ्वीनारायण शाह तर्फ उन्मुख हुन्छ । श्री ५ पृथ्वीको विराट व्यक्तित्व र मौसूफका अमूल्य भावनाहरुको चर्चा नेपालीहरुले जति गरे पनि थोरै नै हुन्छ ।
सारा जीवन राष्ट्र निर्माणको निम्ति लगाउने मौसूफ, सरकार एकमात्र ठूला तपस्वी हुन । एकिकरणका दौरानमा विविध संधर्ष र पराजयको सामाना गर्नु परे तापनि क्रमशः एक एक खुडकिला पार गर्दै जानु मौसूफको अदभ्य साहस र तीब्र देशभक्तिको परिचायक हो
पृथ्वीनारायण शाहले बाइसी चौबिसीे राज्यमा विभाजित राज्यहरुलाई एक सूत्रमा आवद्ध गरी नयॉ नेपालको जग बसालेका मात्र होइनन्, तत्कालीन नेपालको सामाजिक, राजनैतिक, आर्थिक आदि विभिन्न तहको राम्रो अध्ययन, मनन, विश्लेषण गरी त्यसका आधारमा निचोड निकालेर विभिन्न विषयमा नीतिहरु निर्धारण गरेका थिए, जुन कुराहरुमध्ये धेरैजसो कुराहरु आजसम्म पनि हाम्रो सामू टड्कारो रुपमा सान्दर्भिक रहेको पाउ‘छौ । नेपाल र सम्पूर्ण नेपालीको अस्तित्व जोगाउन विभाजित नेपाललाई एक सबल र अखण्ड राष्ट्रको रुपमा खडा गराउने महान कार्य पृथ्वीनारायण शाहबाटै भएकोमा इतिहास साक्षी छ । नेपाल राष्ट्रको स्वतन्त्रता अक्षुण्ण राख्ने पृथ्वीनारायण र उहांका उत्तराधिकारी राजाहरुबाट ब्रिटिश भारतको जङजुलबाट बच्न धेरै कालपछिसम्म सजग र सावधान रहनु प¥यो । मुलुक आधुनिक युग सुहाउंदो उपवन भई प्रत्येक फूलको रुप, सौरभको विकास संगसंगै यी विकसित हुनैपर्छ । राजाको सक्रिय एवं सवल नेतृत्व पाएर नेपाली जनताले कठिनभन्दा कठिन कार्य गर्न सदा अधि सरेको कुरा प्रत्येकले राम्ररी जान्दछ । आफ्नोे वीरताको लागि संसार प्रसिद्ध भएको उदाहरण पनि यस्तै कठिन र भयावह परिस्थितिको सफलतापूर्वक सामना गर्न सकेकोले नै प्रस्तुत भएको हो । विशाल भारत र अरु वरपरका कतिपय देशहरुलाई आफ्नोे अधिनमा पार्न सक्ने अत्यन्त शक्तिशाली वृटिश साम्राज्यबादसंग एउटा सानो देश भएर पनि नेपालले सामना गर्न सक्नु अवश्यै पनि राम्रो परिणाम हो । यसरी देशभक्ति, वीरता र स्वाभिमानले ओत—प्रोत भएका पृथ्वीनारायणले नेपालको अस्तित्व जोगाउन चाहिने नेतृत्वमात्र प्रदान गरेका होइनन्, स्वयं निरन्तर राष्ट्रको विस्तार र बिकासमा समेत क्रियाशिल रहे । जब एसियाको यस भू—भागमा तमाम राज्य रजौटाहरु एकपछि अर्को विदेशी सत्ताको सामुन्ने नतमस्तक भई आत्मसमपर्ण गर्नु वाध्य भइराखेका थिए ।
विशाल भारत र अरु वरपरका कतिपय देशहरुलाई आफ्नोे अधिनमा पार्न सक्ने अत्यन्त शक्तिशाली वृटिश साम्राज्यबादसंग एउटा सानो देश भएर पनि नेपालले सामना गर्न सक्नु अवश्यै पनि राम्रो परिणाम हो । यसरी देशभक्ति, वीरता र स्वाभिमानले ओत—प्रोत भएका पृथ्वीनारायणले नेपालको अस्तित्व जोगाउन चाहिने नेतृत्वमात्र प्रदान गरेका होइनन्, स्वयं निरन्तर राष्ट्रको विस्तार र बिकासमा समेत क्रियाशिल रहे ।
देशका विभिन्न जनजाति, समुदाय, भाषाभाषी र भेषभूष भएका सम्पूर्ण नेपालीलाई एउटै सूत्रमा संगठित राख्ने शक्ति राजामा नै केन्द्रित छ । कसैलाई काखापाखा नगर्ने सवैलाई समान व्यवहारजस्ता सुकार्यहरु उहाँको उदयकालदेखि नै भैरहेको छ । नेपालको इतिहासमा उहाँको गरिमा विशिष्ट र अतुलनीय रहिआएको छ । राष्ट्र निर्माता श्री ५ पृथ्वीनायण शाहको अथक प्रयास र पराक्रमबाट बर्तमान नेपालको एकीकरण भयो र हामी नेपाली कहलाउन पायौं । नेपाल चार वर्ण छत्तीस जातको फूलबारी भएकोकारणबाट यहां जाति, धर्म र सम्प्रदायका बीचमा कहिले पनि झैं—झगडा र मनोमालिन्य भएको घटना त्यति देखिएको छैन् । नेपालको ऐतिहासिक पृष्ट भूमिलाई पल्टाएर हेर्ने हो भने यो देशमा लिच्छवीकालीन युगका राजा अंशुबर्माका पालालाई नेपालको स्वर्णयुग मानिन्थ्यो । त्यस युगमा सुनका सिक्कासमेत चलाइन्थ्यो । यहि सत्यतालाई नेपालका पूर्वजहरुले अंगाल्दै आउंदा बीचमा केही समय बाइसी चौबिसी राजा रजौटाहरुले मुलुको स्वतन्त्र अस्तितवलाई खल्बलाउने प्रयत्न गरे तापनि त्यस्तो प्रयास निस्फल हुन गयो । पृथ्वीनारायण शाहले टुक्रिन लागेका भू—भागलाई एक सूत्रमा बॉध्ने अभिलाषाले बाइसी चौबिसी राजाहरुको उन्मूलन गरेर काठमाडौं, ललितपुर, भक्तपुर र अधिराज्यभरका सम्पूर्ण प्रान्तलाई एउटै राष्ट्रिय झण्डामुनि एउटै राजाको नेतृत्वबाट संचालित राज्य व्यवस्थाको धोषणा गरिबक्सि आज विश्वको सामु नेपालको शिर झुकाउनु परेको छैन । पृथ्वीनारायण शाहको सम्पूर्ण जीवन युद्धमा नै बिते तापनि उनले शासन सुधार्ने र जनतालाई सुख सुबिधा दिने कार्यमा प्रशस्त ध्यान दिएका छन् । जातीय तथा बर्गीय भेदभाव नराखि सवै जनताको सहयोगमा विशाल मुलुक स्थापित गरे । उनी परराष्ट्र मामिला सम्बन्धमा अत्यन्त सचेत र दूरदर्शी भएको प्रष्ट हुन्छ । आज नेपालले जुन असंलग्न परराष्ट्र नीति अपनाइरहेको छ त्यसको आरम्भकर्ता उनी नै हुन । पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणमा साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेका थिए । राष्ट्रिय एकीकरणमा सम्पूर्ण क्षेत्रका बासिन्दाहरूलाई जागृत गराउन पृथ्वीनारायण शाहबाट राती फेरी लगाउने कानफट्टा गोरखनाथका जोगीहरूलाई दुनियाँका घर–घरमा पठाएर शंखध्वनी गराएर शत्रुहरूलाई त्रसित बनाउन र शत्रुहरूबाट कही खतरा पाइएमा उनीहरूबाटै खबर बुझ्ने नीति थियो । अर्को कुरा जनताका घर–घरमा बिवाह कार्यव्रmममा सम्राज्यवादीको बिरुद्ध जनमानसलाई सचेत गराउन खाँडो जगाउने प्रसस्ति गाउने गरिन्थ्यो ।
पृथ्वीनारायण शाहले टुक्रिन लागेका भू—भागलाई एक सूत्रमा बॉध्ने अभिलाषाले बाइसी चौबिसी राजाहरुको उन्मूलन गरेर काठमाडौं, ललितपुर, भक्तपुर र अधिराज्यभरका सम्पूर्ण प्रान्तलाई एउटै राष्ट्रिय झण्डामुनि एउटै राजाको नेतृत्वबाट संचालित राज्य व्यवस्थाको धोषणा गरिबक्सि आज विश्वको सामु नेपालको शिर झुकाउनु परेको छैन । पृथ्वीनारायण शाहको सम्पूर्ण जीवन युद्धमा नै बिते तापनि उनले शासन सुधार्ने र जनतालाई सुख सुबिधा दिने कार्यमा प्रशस्त ध्यान दिएका छन्
समग्रमा भन्नुपर्दा पृथ्वीनारायण शाहका दिव्य उपदेशहरु एकाइसौं शताव्दीमा आएर पनि त्यतिकै लोकप्रिय तथा सान्र्दभिक भएको छ । यसरी पृथ्वीनारायणको जन्म पुस २७ गते भएकाले त्यो दिन सालिन्दा पृथ्वीजयन्ती मनाइँदै आएकामा सरकारले दिँदै आएको बिदा गणतन्त्र आएपछि कटौती भएको र उसले यो उत्सव पनि मात्र छोडेकाले केही उत्साही राष्ट्रवादीलाई छोडेर दुनियाँको नजरमा यो उत्सव ओझेल पर्दै गएको थियो । त्यसमाथि यस अवधिमा पृथ्वीनारायणको सालिक तोडफोड गरी उनलाई प्रतिनायक अर्थात् आजभोलिको भाषामा खलनायकको रूपमा चिनाउने काम निकै मात्रामा भयो । यसर्थ मौसूफले छिन्न भिन्न अवस्थामा रहेको मुलुकलाई एक सूत्रमा बॉधेर आज तीन करोड नेपालीहरुले विश्वमा नै आफ्नै छात्ती फुलाउने अवसर प्राप्त गर्ने श्रेय नै मौसूफको दुदृष्टि मान्न सकिन्छ । यस्ता परम भक्त, योद्धा, लडाकू, कुशल राजाको यस धर्तीमा बिराजमान भएको हुनाले नेपाल र नेपालीले विश्वमान चित्रमा आफ्नोे देशको नाम सुनौला अक्षरमा देख्न पाएका छन् यस्ता महानपुरुषलाई दिलैदेखि हर्षित भई ३०० औं राष्ट्रिय एकता दिवस यहि पौष २७ गते नेपाल अधिराज्यभरी धुमधामसाथ मनाउने गरिन्छ । अतः यस्ता महान पुरुषको रुपमा अङ्गिकार गरी सदैव मन मन्दिरमा सजाउनु सम्पूर्ण नेपालीको परम कर्तव्य हो ।


1 Comment
Pingback: एकिकरणका महारथी पृथ्वीनारायण | Bishow Nath Kharel