भक्तपुर: मध्यपुर थिमि – ४ शंखधर चोक स्थित मर्चेन्ट बचत तथा ऋण सहकारी संस्था लि. को यहि पौष २४ गते नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
यो साधारण सभा संस्थाका अध्यक्ष विजय कृष्ण श्रेष्ठको सभापतित्वमा भएको थियो । यस साधारण सभामा प्रमुख अतिथि मध्यपुर थिमिका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ अन्य अतिथिमा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ समाजसेवी कृष्णलाल श्रेष्ठ, वडा नं. ८ का सदस्य रमेस थापा, मध्यपुर थिमिमा अवस्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिकुमार श्रेष्ठलगायतको सहभागि थियो ।

यस संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठद्वारा वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । विजयकुमार श्रेष्ठले बताउनुभयो, ‘एउटा देश विकास हुन जनताले आर्थिक उन्नतिको बाटो नपहिल्याएसम्म सम्भव हुँदैन । कुनै पनि काम गर्न पुँजीको आवश्यकता रहन्छ, त्यो पुँजीको पूर्तिको लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको छ । सहकारीले समाजमा छरिएर रहेका स–साना पुँजीलाई एकिकृत गरी लगानी योग्य पुँजीमा रुपान्तररण गरी विभिन्न क्षेत्रमा लगानी गरी सदस्यहरुको आर्थिक उन्नतिको साथमा देश विकासमा पनि सहयोग पु¥याउँदै आएको छ भने प्रत्यक्ष अप्रत्यक्ष रुपमा देशको बढ्दो बेरोजगारी, घटाउन समेत टेवा पु¥याउँदै आएको छ ।’

प्रमुख अतिथिको रुपमा आउनु भएका मध्यपुर थिमिका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले पनि आफ्नो विचार राख्नु भयो । उहाँले भन्नु भयो, ‘यो सहकारीले फरक पहिचान र फरक विशेषता बोकेको छ । सहकारीको असली धर्म निभाएको छ । सहकारीले आर्थिक समृद्धिको अलावा भाषा, संस्कृति, सभ्यता, सम्पदा र पुरानो कुराको संरक्षण गर्नु पर्छ । हाम्रो नगरलाई पर्यटकिय शहर बनाउन पर्छ । विदेशी पाहुनाहरु ठूला घर र ठूलाबाटो हेर्न यहाँ आएका होइनन् । हाम्रो सभ्यता सम्पदा हेर्न आएका हुन् । उहाले थपभन्नु भयो, ‘हाम्रो मध्यपुर थिमिमा एउटापनि ठूलो ५ तारे होटल छैन, केहि सहकारीसँग मिलेर एउटा राम्रो होटल बनाउनु पर्छ ।’

माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार तथा समाजसेवी कृष्णलाल श्रेष्ठले पनि आफ्नो विचार राख्नु भयो । उहाँले भन्नु भयो, ‘सरकारले सहकारी मर्जिङ्ग गरेर घटाउने नीतिल्याएको छ । यसले समस्या बढाउँछ । त्यस्तै बचत तथा ऋण सहकारीलाई घटाउने, बहुउद्देश्यीय सहकारीलाई थप्ने र खोल्ने निर्णय गरेको छ । सहकारीले सांस्कृतिक विकास पनि गरेको छ । अब शिक्षा र स्वास्थ्यमा समेत विकास गर्नु पर्छ ।’

यस नवौं साधारण सभामा आदर्श मा.वि.का प्रधानाध्यापकले समेत आफ्नो धारणा राख्नु भयो । उहाँले भन्नु भयो,‘सरकारले लिएको नीति गाउँगाउँमा सहकारी, घर घरमा रोजगारी नीति बुहत र सान्दर्भिक छ । यसको राम्ररी कार्यान्वयन गर्नु पर्छ । कतिपय सहकारीले निक्षेपकर्ताको सम्पती कुम्ल्याएका छन् । तर समुदायमा आधारित सहकारीमा बचत गरेमा त्यस्तो जोखिम हुँदैन ।’
यो सहकारी संस्था लि.को कोरोबार २९,८४,७९,४१७ पुगेको छ । जो अघिल्लो वर्षभन्दा ४,११,४६,२७४।– ले बढी हो । त्यस्तै शेयर पुँजी १,३३,६१,८००।–पुगेको छ । यस सहकारीले यस वर्ष नेपाल सरकारलाई विभिन्न शिर्षकमा रु. १६,२३,७१४।– कर तिरेको रहेछ । यस वर्ष संस्थाको आम्दानी ३,२१,८४,५८७ रहेको छ । यी विवरण हेर्दा संस्थाको छोटो समयमै राम्रो प्रगति भएको देखिएको छ ।

यो सहकारी संस्थाको सधारणसभामा सचिवको तर्फबाट सोनाम मानन्धरद्वारा र लेखा सुपरिवेक्षण समितिको संयोजक सुव रत्न मानन्धरद्वारा समेत प्रतिवेदन पेश भयो । प्रमुख अथिति, अन्य अतिथिलगायत सम्पूर्ण शेयरधनीहरलाई संस्थाका कोषाध्यक्ष दिनेस कायस्थद्वारा स्वागत गरियो भने कार्यक्रम सञ्चालन डा. रामहरी श्रेष्ठले गर्नु भएको थियो ।

