काठमाडौं: ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा मिति २०७८ पुष २३ गते शुक्रबार नक्साल, काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री हरिप्रसादको अध्यक्षतामा सम्पन्न भएको छ। वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधि मार्फत सहभागी हुने व्यवस्था समेत गरिएको थियो।
उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७ र ७८ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयर धनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।बैंकले ११प्रतिशत बोनश शेयर पारित गरे पश्चात बैंकको चुक्ता पूँजी रू. ४.२६ अर्ब पुगेको छ।
साथै, बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७ र ७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।
यसका साथै साधरणसभाको अवसरमा बैंकले तम्घास, मुर्गियार टाँडी स्थित थप ३ नयाँ शाखा कार्यालयहरुको उद्घाटन पनि गरेको छ।बैंकका सञ्चालक समितिका अध्यक्ष श्री हरिप्रसादले डिजिटल प्रविधिमार्फत क्रमश माथी उल्लेखित बैंकको १०६ औं, १०७ औं र १०८औं शाखाको उद्घाटन गर्नुभएको थियो। यसपश्चात उपत्यका र उपत्यका बाहिर गरी बैंकका शाखा कार्यालयहरुको संख्या १०८ पुगेको छ।

