ध्रुब अधिकारी
वैशाख १०, काठमाडौं । एकीकृत जनक्रान्तिको कार्यदिशा अपनाई वैज्ञानिक समाजवादको लक्ष्य राखेको विप्लब नेतृत्वको नेकपाको ऐतिहासिक वाहै पूर्ण वैठकपछि अनेक तरङ्गहरु फैलिएका छन् । वैठककै समयमा पनि ठूलै रस्सा कस्सी भएको पाइयो । बाहै पूर्ण बैठकले उच्चतम जनवादको प्रयोग गर्दै ६ वटा विषयमा एकमतका ऐतिहासिक निर्णयहरु लिन सफल भएको भनि दावी परेता पनि वैठक पछि प्रमुख नेताहरुको अभिव्यक्ति हेर्दा ती निर्णयहरु कृतिम जस्ता देखिएका छन् । हिजो दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्ने, संसदीय चुनाव उपयोग गर्दै नगर्ने भनि अघि बढेको पार्टीले १८० डिग्री यु–टर्न गर्दै महासचिव कमरेड विप्लबले स्थानीय चुनावमा भाग लिने राजनीतिक प्रस्ताव राखेपछि पार्टी दुई ध्रुबमा विभाजित भयो । पार्टीका वहुसंख्यक केन्द्रीय सदस्य महासचिवको प्रस्तावको विरुद्धमा रहे भने अल्पमतको संख्या पक्षमा रहन पुगे । यद्यपी दुवै पक्षलाई मिलाउन मध्यमार्गी बाटो अपनाएको देखिन्छ । अर्थात पार्टी दर्ता गरेर चुनाव उपयोग नगर्ने तर एमसीसी र राष्ट्रघात विरोधी प्रतिनिधिहरुलाई सहभागी गराउने र सहयोग गर्ने नीति लियो । पार्टीले किन यस्तो ढुलमुले नीति लिन वाध्य भयो ? किन वहिष्कार वा सशस्त्र वहिष्कार गर्न सकेन पार्टीले ? कतै वैदेशिक शक्तिको दवाब वा स्वदेशी प्रतिक्रियावादी शक्तिहरुको प्रलोभनमा फसेर यस्तो निर्णय भएको त होइन ? यसबारे आम नेता तथा कार्यकर्ताले गम्भीर समीक्षा गर्न जरुरी छ ।
२. पार्टीको नीति पद्धतिको कुरा गर्दा वहुसंख्यक सदस्यको एउटा विचार वनेपछि त्यसै अनुरुपको निर्णय हुने कम्युनिष्ट पार्टीको नियम छ । तर यो वैठकले त्यो पद्धतिलाई ध्रुलीसाप बनाएको छ । यो पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशाको मर्मलाई समेत मर्माहत बनाएको छ । एकीकृत जनक्रान्ति हाम्रो पार्टीको कार्यदिशा हो । कार्यदिशा भनेको क्रान्तिको लक्ष्य प्राप्त गर्न क्रान्तिलाई अविछिन्न रुपमा अगाडि बढाउने प्रश्नमा क्रान्तिका रणनीति र कार्यनीतिका दैनिक कार्यहरुलाई दिशा निर्देश गर्ने हतियार हो । कार्यदिशा जहिल्यै पनि क्रान्तिकारी र वैज्ञानिक हुनुपर्छ । यसो भएन भने क्रान्तिलाई सफलता पूर्वक अगाडि बढाएर लक्ष्यमा पु¥याउन सकिन्न । अन्ततः क्रान्तिले ठूला ठूला क्षतिहरु व्यहोछ र असफलता हात पार्छ । त्यहि भएर होला लेनिनले क्रान्तिका लागि विचारको महत्वमा जोड दिदै भन्नुभएको थियो–“क्रान्तिकारी सिद्धान्त विना क्रान्ति हुँदैन । क्रान्तिका लागि असल कम्युनिष्ट पार्टी जनताको विद्रोही चेतना र सहभागिता, जनताको पक्षमा लड्ने शक्ति अनिवार्य हुनु पर्दछ” यस्तै माओले पनि भन्नु भएको छ –“विचार सहि हुनु र नहुनले नै सबैकुराको फैसला गर्छ । राजनीतकि विचारलाई शिर्षस्थानमा राख अािद । ” उहाले क्रान्तिका लागि असल र अनुशासित कम्युनिष्ट पार्टी जनताको सहयोग संयुक्त मोर्चा र जनताको सेना अनिवार्य हुने विचार वताउनु भएको थियो । तर हामीले यी महान नेताको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्न सकेनौ या चाहेनौ । आज हाम्रो परिघटना यहि नियतिमा वगिरहेको छ ।
३. हाम्रो पार्टीको आठौ महाधिवेसनले एकिकृत जनक्रान्ति बाट वैज्ञानिक समाजवादमा लैजान नेपाली श्रमजिवी र उत्पीडित जनताको अग्रदस्ताका रुपमा कम्युनिष्ट पार्टीको विकास गर्ने निर्णय लिएको थियो । तर त्यो सहि थियो । अब त्यो निर्णय कतै गुम्ने होइन भनी शंकको दृष्टिले हेर्नु पर्ने भएको छ । कम्युनिष्ट पार्टी समाजको सबैभन्दा आधुनिक वैज्ञानिक जनवादी निस्वार्थी र क्रान्तिकारी संस्था हो । यसले समाज वर्ग , जातिमाथि लादिएका सबै शोषण, दमन, विभेदका विरुद्ध सघर्ष गर्दछ अर्थात मानव मुक्तिको लागि कार्य गर्दछ । एकीकृत जनक्रान्तिले श्रमजीवी नेपाली जनताले परिकल्पना गरेको स्वाधीन र सम्पन्न नेपाल निर्माणका निम्ति जनवादी शासन व्यवस्थाको प्रमुख शर्त मानेको छ । नेपालको विद्यमान अर्थव्यवस्था दलाल तथा नोकरशाही पुँजीवादी छ । यसले साम्राज्यवादी एवं विस्तारवादी एकधिकार पुँजीको खुलमखुला मुलकभित्र प्रवेश गराएर राष्ट्रिय पुँजी माथि अतिक्रमण भइरहेको छ । यी सबै कुराहरु बुझदा वुझदै दलाल संसदीय व्यवस्था भित्रको स्थानीय चुनावमा भाग लिनु एकीकृत जनक्रान्ति लाई कमजोर बनाइ पार्टीलाई दक्षिणपन्थी संशोधनवादमा लैजाने अभिप्राय हो की भन्ने प्रशस्त शंका देखा परेको छ ।
४. एकीकृत जनक्रान्ति को मुख्य आधारमा २ वटा पक्षलाई विशेष महत्व दिइएको छ । एउटा हो माक्र्स लेनिन र माओले विकास गरेका र संश्लेषण गरेका सार्वभौमिक महत्वका विचारहरुको आत्मसात प्रयोग गर्ने, अर्को हो पछिल्लो समयमा विकास भएका राजनीतिक आर्थिक प्राविधिक विशेषताहरु र ती विशेषताहरुद्धारा सिर्जना भएका नयाँ अन्तरविरोधहरुलाई समाधान गर्ने विचारको निर्माण रहेको छ । नेपालको जनवादी क्रान्तिमा एकीकृत जनक्रान्तिको कार्यदिशाको संघर्षको स्वरुप मुख्यतः जनसंघर्ष, जनकारवाही र सशस्त्र सङ्घर्ष हुनेछ । क्रान्तिको प्रक्रिया र विकासको सापेक्षतामा यी स्वरुपहरुको प्रयोग हुँदै जानेछन् । अन्तिम निर्णयक संङ्घर्षको स्वरुप चै सशस्त्र नै हुनेछ । एकीकृत जनक्रान्तिको कार्यदिशको फौजी स्वरुपको सारतत्व राजनीतिक संघर्ष र फौजी सङ्घर्षको द्धन्द्धवाद हो । एकीकृत जनक्रान्तिको जनवादी राज्यसत्तामा समाजमा रहेका क्रान्तिकारी वर्गको आ–आफ्नो वर्गीय तथा सामाजिक स्थिति र उपस्थितिका आधारमा न्यायोचित प्रतिनिधिहरुको सुनिश्चित हुने व्यवस्था हुन्छ । एकीकृत जनक्रान्तिले अहिलेको दलाल पुँजीपती वर्गको राज्यसत्ताले सिर्जना गरेको वर्गीय, क्षेत्रीय, जातिय, लैङगिक, सामाजिक र सास्कृतिक उत्पिडनको अन्त्य गर्दछ । यो क्रान्तिले सर्वहारा वर्गको कम्युनिष्ट पार्टीको नेतृत्वमा मजदुर, किसान, मध्यम वर्ग र राष्ट्रिय पँुजीपतिवर्गको आधिकायत्वमा भएको राज्य सत्ता स्थापना गर्दछ । यो एकीकृत जनक्रान्ति को कार्यदिशालाई दहेसँग पकडे्र जानु आजको आवश्यकता हो ।
५. जनता जहिल्यै पनि क्रान्ति परिवर्तन तथा अग्रगमनको बाटोमा हुन्छन । पार्टीलाई पटक पटक धोका दिने भनेको नेतृत्व तहले नै हो । नेपाली श्रमजिवी जनता र नेपाल राष्ट्रको अंहम दायित्व हाम्रो पार्टीको काधमा रहेको छ । त्यतिमात्र होइन यो पार्टीको दायित्व अन्तराष्ट्रिय सर्वहारावर्गको दायित्व सँग अन्तरसम्बन्धित पनि छ । नेपाली जनयुद्धको एकदशक का उपलब्धिको रक्षागर्ने, २०६३ साल यताको प्रतिक्रान्ति माथि क्रान्तिकारी हस्तक्षेप गर्नु र नेपाली क्रान्तिको बाँकी अभिमारलाई पुरा गर्ने दायित्व यो पार्टीको रहेको छ ।
समृद्ध, शान्ति, स्वाधीन तथा जनवादसहित वैज्ञानिक समाजवादी नेपाल निर्माण गर्ने महान लक्ष्य, उद्देश्य, र सपना पुरा भएको छैन । विगतमा लाखौ जनताले साथ सहयोग नगरेको पनि होइन । जीतको नजिक पुग्न लागेको क्रान्ति अर्थात जनयुद्धलाई साम्राज्यवाद र विस्तारवादको ग्राण्ड डिजाइन र षडयन्त्रमा प्रचण्ड र वाबुराम लगायत उनीहरुका गुटले संसदवादी दलहरु मूलतः काग्रेस र एमालेसँग मिलेर लोकतान्त्रिक गणतन्त्र र संविधानसभाको नाममा परिवर्तन र उपलब्धिहरुलाई उनीहरुले कौडीको मूल्यमा वेचेर सिध्याए । उनीहरुलाई यो अधिकार जनताले दिएको होइन ।
केन्द्रीय समितिको बाहै पूर्ण वैठकले मूलतः ६ वटा विषयमा छलफल गरेको पाइयो जसमा पछिल्लो विकसित अन्तराष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, एमसीसी विरुद्ध संघर्षको समिक्षा पार्टीको ऐतिहासिक जिम्मेवारी , समसामयिक ३ प्रस्तावहरु आगामी तीन महिने कार्ययोजना रहेका छन् । यी सबै एजेण्डा मध्ये समसामायिक प्रस्तावको ३.१ बुदाँ एकीकृत जनक्रान्तिका कार्यनीतिहरु र स्थानीय चुनावको विषय बढी विवादीत रहयो । महासचिव विप्लब कमरेडले स्थानिय चुनावमा जानु पर्ने आवश्यकताको प्रस्ताव राखेपछि यो विवाद चरम उत्कर्षमा पुगेको थियो ।
नेकपाको आठौ अहाधिवेशन अन्तर्गत वाहै पूर्ण वैठकको सुक्ष्म अध्ययन गर्दा मुख्य नेतृत्वले अब पार्टीलाई क्रान्तिकारीधारबाट अगाडि बढाउन नसक्ने अवस्थामा पुगेको देखिन्छ । तर वहुसंख्यक नेता तथा कार्यकर्ताहरु क्रान्तिकै पक्षमा देखिन्छ । एकीकृत जनक्रान्तिकै नाममा पनि १२ जना कमरेडहरुले शहादत प्राप्त गरे, कैयौको अंगभंग भयो, अझै धेरै जेल जिवन विताउन वाध्य बनाइएको, पार्टीमा लागेर धेरैको आर्थिक जिवन तहसनहस भयो । यसको जिम्मा कसले लिने ? संसदीय व्यवस्थालाई प्रयोग गरेरै त्यसको भण्डाफोर गर्ने भनिएको छ । त्यसलाई विश्वास गर्ने सकिदैन । अहिले सम्मको इतिहास हेर्दा संसदलाई प्रयोग गरेर राज्य व्यवस्था कहि पनि परिवर्तन भएको छैन । हिजो लेनिनले पनि संसद (दुमा) लाई प्रयोग गरे भनेर अहिले हामी संसदीइ व्यवस्थामा जानु गलत हो । हिजो लेनिनको समय र आजको परिस्थिति भिन्न छ ।
वाहै पूर्ण वैठकले पार्टीका साथीहरु चुनाव नजाने, एमसीसी विरोधी तथा देशभक्ती राष्ट्रवादी प्रतिनिधिहरुलाई सहयोग गर्ने भनेतापनि पार्टीका केन्द्रीय स्तरका तथा जिल्लाका प्रमुख नेताहरुनै भटाभट चुनावमा भाग लिनु पार्टी भड्खालोमा जाने प्रष्ट देखिन्छ । पार्टीमा मुख्य नेताहरुले ठूलो रकम भ्रष्टाचार गरेको पनि विभिन्न मिडियामा आएको सुनिन्छ । यसको तथ्य सत्य जाय हुनु पर्दछ । कम्युनिष्ट पार्टीमा टुट फुट तथा अन्तसंघर्ष भइरहन्छ । मुख्य नेतृत्वले पार्टीलाई जोगाउन, क्रान्तिकारी बाटोमा लैजान र हिजो वैठकमा गरेका गलत निर्णयलाई सच्याउन जरुरी छ । यदि नेतृत्वले गलत निर्णय नसच्याउने हो भने क्रान्तिकारी साथीहरु एउटा ध्रुबमा रही अधि बढनु पर्ने देखिन्छ । कुनै पनि विचारले समाज, जनता, राज्यका विभिन्न संयन्त्रलाई यथास्थितिमै लैजान्छ, पुरानै शासक सामु समर्पण गराउँछ, अग्रगमन तर्फ नगई प्रतिगमन तर्फ लैजान्छ भने त्यो विचार गलत हुन्छ, गैरक्रान्तिकारी हुन्छ ।
अधिकारी विप्लब नेकपाका युवा नेता हुन् ।

