स्वयम्भू शाक्य
शिशिर आफैँमा चिसो छ । यो ठण्डी ऋतुमा प्राणीहरूलाई चिसो बतासले सताउने गरिन्छ । हिमाल र पहाडहरूमा हिउँ जमेर सेताम्मे भएपछि आजकल बाटो–घाटोहरूमा हिड्ने मान्छेहरू धेरै कम छन् । न्यानो लुगा लगाई घर–घरमा आगो तापेर शिशिरकोत्यो चिसो बतासबाट मान्छेहरू सकेसम्म बच्ने कोशिस गर्दैछन् । त्यसैले चिसो बतास हाम्रो शरीरका निम्ति त्यति उपयुक्त नभए पनि शिशिर ऋतुमा खानेकुराहरू स्वादिष्ट हुँदो रहेछ । हो शरीरमा मासु खुम्चिएर होला अल्छी लाग्नु स्वभाविक हो । जोश जागर अलिकता कम हुनु ऋतुकै विशेषता हो । किन कि शिशिरको चिसो हावाले आजकल हाम्रो धर्तीलाई बिजनमा पारेर एकान्त अनिनिर्जन बनाईदिएको छन् ।
मान्छेहरूको यो कोलाहल शहरमा आजकलअलिकता हल्ला कम छन् । त्यसैले बिजनले हाहाकार बनाएर होला रुख बिरुवाहरू मात्र होइन वसन्तले हरियाली बनाउने सब ठाउँ ठाउँमा शिशिरको त्यो चिसो बतासले कठाङ्गिएर नाङ्गो बनाएका छन् । पातहरू सबै झरेर, हरियालीहरू सबै गुमेर आजकल रुखहरू लाचार बनेर विवशतामा बाँचिरहेको छन् । सिँगार पतारको के कुरा आफैले लगाइरहेको लुगाहरूसमेत चिसो बतासले उडाएर लगेपछि सुकेको भूईमाल थालिङ्ग भएको झारपातमात्र बाँकीछन् । त्यसैले मान्छेहरू भन्ने गरिन्छ, योशिशिर ऋतुमा प्राणीहरूका लागि मात्र होइन ढुङ्गालाई पनि चिसोले सताउने गरिन्छ । यस्तो हाहाकार समयमा प्रणीहरू जोगिनु बाहेक अरु के गर्न सकिन्छ र एकान्त निर्जन ठाउँमा मान्छेहरूको आगमन कहाँ हुन सक्छ र हिउँ परेर सबै ठाउँमा सेताम्य भएपछि अंकुर कहाँ पलाउन सकिन्छ र रुदयनीय स्थितिमा दुर्गतिबाहेक सिँगार कहाँ गर्न सकिन्छ र ? त्यसैले यो त नजाती कुरो भो । विवश अनि असमर्थताको कुरो भो । सुन्दा नमीठो हेर्दा विजनभो । चिसो बताससँगै बतासिएको कुरो भो ।
हो मान्छेहरू भन्ने गरिन्छ, यो संसारको रीतै यस्तै छ । भोलिका लागि आज मान्छेहरूले दु:ख पाए पनि खुशी छ । किनकि शिशिरको त्यो चिसो बतासले भन्ने गरिन्छ आज म छु भोलि नङ्गातरुकोगत सिँगार्ने छ । आखीर वारी न पारी न हो । बीचमा हाम्रो जीवन रहेपछि मान्छेले चाहेर होइन वारी र पारीले खोजेपछि मान्छे आफैं त्यहीँ पुग्ने छ । शिशिर ऋतुको त्यो चिसो बतासले मान्छेलाई सँगसँगै लगेपछि हामीलाई पनि चिसो बताससँगै हिँह्ने बानीहुने छन् ।अजम्बर को छ र यहाँ सबै अनित्य छ । आज शिशिर छ भोलि वसन्त हुनेछ । समयले जिन्दगीलाई टुक्रा टुक्रा पारेपछि एक दिन हाम्रो शरीर पनि शिशिरको हिउँ जस्तै चिसो बनेर माटोमैं बिलय हुनेछ । त्यसैले शिशिर आउनु पर्छ । शिशिर नआउने हो भने यो मौसममा हामीले चिसो बतास कहाँ पाउन सकिन्छ र ? हिउँ जमेर आकाशमा बादलै बादलले ढाकेपछि सूर्यलाई हामीले कसरी देख्न सकिन्छ र ? त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले शिशिरको चिसो बतासलाई हामी सबैले माया गर्नुपर्छ । दुई दिनको चोला जस्तै शिशिर पनि चोला फेरिने छ ।
हेर विजनमाहाहाकार
झर्दछ पतकर भई लाचार
नङ्गातरुको गत सिंगार
खोज्छ शिशिरको चिसो बतास ।
वनजङ्गल आफैमा हरियो छ । तर यो शिशिर ऋतुमा किन वनजङ्गलमा हरियाली हराउने गरिन्छ रु यौवन किन ढल्केर रूपरंग नै नहुने गरिन्छ ? यो त शिशिरको चिसो बतासलाई सोध्नुपर्छ । हाम्रो भाग्यको घरा कसरी पल्टायो रुमनलाई लोभ्याउने वसन्तलाई कहाँबिसायो रुखोला–नालाहरू कसरी सुकायो रुहामीलाई नाङ्गो बनाएर किन राखियो रुशिशिरको त्यो चिसो बतासले पनि केहि उत्तर दिन सकिरहेको छैन । किनकि उसलाई थाहा छैन । समयले बोलाए पछि आउने र जाने बाहेक अरु कुरामा उसलाई त्यति चासो छैन । यो त प्रकृतिको नियम हो । यो नियमभित्र के छ के छैन चिसो बतासले पनि बुझ्न सकिरहेको छैन । त्यसैले शिशिरले बोलाए पछि त्यो चिसो बतास आएर चिसाएर बस्नु बाहेक अरु कुराहरूमा उसलाई मतलब छैन । किन होला साँचै मलाई किन प्रश्न नगरेको होला ? शिशिर ऋतुमा किन वनजङ्गलको रूप नभएको होला ? यौवनभएपनि जोवन किन सेलाएर गएको होलार? खोला–नालाहरू शिशिर ऋतुले किन पिउन थालेको होला ? वनजङ्गललाई मात्र होइन मान्छेहरूलाई पनि किन निको नमानेको होलार? यस्तै यस्तै प्रश्नले जीऊ चिसिएर आगो तापेको बेला मान्छेहरूमा न्यानो भएर होलाभुसूकै निदाउने होला । प्रश्नबाँकी छ । प्रश्नको जवाफ अहिलेसम्म दिन सकिरहेको छैन । धेरै सालबिते पनि अनादिकालदेखि आजसम्म चिसो बतासले शिशिरलाई सोधेर कसैलाई भन्ने आँट गर्न सकेको छैन ।
भनिन्छ दु:ख नभई सुख नहुँदो रहेछ । त्यसैले कान्छो ऋतुको नाताले हिउँ परी तुषारो जमेर मात्रहोइन सूर्यलाई बादलले छोपे पछि चिसो हावा पाउनु बाहेक अरु के पो पाउन सकिन्छ र ? शिशिर महिनामा पतझर भई नाङ्गो भएको बेला नवपालुवाहरू कहाँ पलाउन सकिन्छ र ? तसर्थ आज सबैलाई दु: छ, भोलि वसन्तको आगमनले कण–कणमा सुख हुनेछ । नदी र नालाहरू कलकलगर्दै चराचुरुङ्गीहरूको गीतमा भुल्ने छ । भाग्यलाई कर्मसँग दोहोर्याउने छ । हरियो भएर फेरि एक पटक रुख बिरुवाहरूले सधैं झै आफ्नो लुगा लगाउने छ । चिसो बतासहरू पहाड पारी लुक्ने छ । तब मात्र यो जगतले खुशी मनाउने छ । हिजो दु:ख भएर चिसिएको भाग्य आज न्यानो भएर घाम जस्तो उज्यालो हुने छ ।
वनको जोवन कसरी ढल्क्यो
भाग्य घराको कसरी पल्ट्यो
खोला कसरी सब सुक्दैगो
सोध्नमलाई चिसो बतास ।
शिशिरको चिसो हावाले होला यो हृदय कामिरहेको छ । एक मुठ्ठी न्यानो पाउनका निम्ति मान्छे–मान्छेहरू तुषारो माथि हिड्दै छ । हिजोका ती चिल्ला हरिया अनि सुरिला बाँसहरू कता गए? हिजोका मग–मग वासनाआउने फूलहरू कतागएर? आज त सबै फुस्रो भएर बाँचिरहेका छन् । सुन्दर, कोमल, शीतल घाँसहरू माटोमुनी लुकेर भोलिको प्रतिक्षा गर्दैछन् । गिरिका ती बहुमूल्यगहनाहरू सबै खै कसले पो चोरेर लगे र? खोज्दै छ शिशिरको चिसो बतासले अहिलेसम्म चोर पत्तालगाउन सकिरहेको छैन । त्यसैले आज हराएकाती कुराहरू कतै लुकेर, कतै सुकेर, कतै झरेर, कतै उडेर गएपनि फेरि बाटो सम्झेर वसन्त ऋतु फर्केर आउने छ । मनमोहक एवं वैशालु स्वभावमा सबैको हृदयहृदयमा रंग भर्ने छ । मुटु मुटुमा फेरी एक पटक नवपालुवा पलाउने छ । शिशिर ऋतुको चिसो बतासले पनि पछि फर्केर आउने बाचा गरेर जानेछ । त्यसैले आज मान्छेको मनमामात्र होइन यो धरतीको हृदयपनि सुखा छ । खाली शून्य भएर भोलिको प्रतिक्षामा आशै आशामा बाँचिरहेको छ । उहि चिल्लो, उहि हरियो, उहि सुरिलो कथाहरू युगौं युगदेखि लुकामारी खेली फेरी एकचोटी सुन्दर बनेर कोमल हृदयमा शीतलताको बास बस्ने छ । आखीर समयचक्र न हो । समयले बोलाए पछि जानीनजानी शिशिरको चिसो बतास एक छिन पछित्यो पल्लो डाँडामा बसेर वसन्तकोआगमनलाई हेर्ने छ । मीठो मानेर, आफू अभागी सम्झेर यो धरतीमा आफू विनाको जीवन कस्तो रहेछ भनी हेरी हेरी मन मनै रुने छ ।
हे भगवान् म किनचिसो भएको होलारु मेरो जन्मकिन यही समयमा भएको होला? मैले किन प्राणीहरूलाई न्याय दिन नसकेको होला ? म देखेर मान्छेहरू किन भागीभागी हिड्ने होला? मेरो जीवनमा किन भाग्य नभएको होलारु म जन्महुँदा मान्छेहरू किन धेरै मर्ने होला? म हुँर्किन खोज्दा सुन्दर, कोमल अनिशीतल घाँसहरू किन हराउने होलार? गिरिको गहना हराउने बेला मैले किन जन्मलिएको होला? खै चिल्ला हरिया र सुरिलाबाँसहरू ? खै वनजङ्गलमा कोइलीका स्वरहरू ? सबै मेरै कारणले लुकेर होलाआज न्यासो लाग्दैछ । त्यसैले म अभागी हुँ । म अन्यायी हुँ । म बेइमानी हुँ । म आँखाको कसिंगर हुँ । मेरो जन्म धिक्कार छ । म शिशिरमा न जन्मेको भए कति राम्रो हुन्थ्यो होला । चिसोको ठाउँमा न्यानो भई दिएको भए कतिगुनिलो हुन्थ्यो होला । चराचुरुङ्गीहरूको मधुर स्वरसँगै कोइलीले गीतगाएको भएकति मीठो हुन्थ्यो होला । यो धरतीमा सधैं मगमग फूल फुलेको बेला हिँड्न पाएको भए कति खुशी हुन्थ्यो होला । खै मेरो भाग्य ? आखीर ईश्वरले पनिमलाई किन हेर्न नसकेको होलारु एक छिन पनि हाँस्न नपाई म किन सधैं मर्ने होला ? चिसै चिसोमा बाँचेर न्यानो किन मेरो भाग्यले नपाएको होलारु म मरेपछि मात्र यो धर्तीकिन हरियाली छाउने होलारु खै यो कस्तो मेरो जीवनरु यो जीवनभित्रचिसो छ ,तातो छैन । सुखा छ ,हरियो छैन । मलिन छ ,हाँसो छैन । पीडा छ ,खुशी छैन । किनहोला, मैले यस्तो समयमा किन बाँच्नु पर्ने होला ? मलाई जन्मदिएर अरुलाई किन दु:ख हुने होला? जानीजानी म किनबाँच्नु पर्ने ? म मर्छु भन्दापनि ईश्वरले मलाई किन रोक्न खोज्ने ? थाहा छैन, यो भवसागरको नियम यस्तै हो कि ? सुखमा मात्र होइनदु:खमा पनि हाँस्नु पर्ने रुचिसोमा पनि तातो छ भनीभन्नु पर्ने ? खै यो त बेइमानी कुरो भो १ मनको कुरा नखोली ढाँटेर बोले जस्तो भो । त्यसैले बादलको शहरमा सूर्यको किरण नपाए जस्तै शिशिरको त्यो चिसो बतास हुँ । म चिसै भएर बाँच्न चाहन्छु ।
भनिन्छ,चिसो मरेपछि न्यानो हुन्छ । यो त भाग्यको कुरो हो । दिनले रात बोलाए जस्तै रातले पनि दिन बोलाउँदो रहेछ । आज शिशिर छ भोलि वसन्तआउने छ । यो नै संसारको नियमहो । आजशिशिर नआएको भएभोलि वसन्त कहिल्यै आउने थिएन । त्यसैले शिशिरको त्यो चिसो बतासलाई हामीले भाग्यमानी ठान्नु पर्छ । शिशिरलाई वसन्तको पालुवा भनी हामीले बुझ्नुपर्छ । तर खैं ? शिशिरको त्यो चिसो बतासले लगाएको गुण रु मान्छे कतिसम्म स्वार्थी हुँदो रहेछ । आफूलाई ठीक भएसम्म असल ठान्ने आफूलाई बेठीक भए पछि बैगुणी मान्ने रु यो कस्तो स्वभावहो रुकतै यो स्वभाव सबै मान्छेहरूमानभएर होला आज शिशिरको चिसो बतासलाई पनि आँखामा राख्दा नबिझ्ने मान्छेहरू पनि धेरै छन् । त्यसैले शिशिरको त्यो चिसो बतासलाई उनीहरू सधैं खोजि रहन्छन् ।
चिल्ला, हरिया, सुरिलाबाँस
सुन्दर, कोमल, शीतल घाँस
गिरिको गहनाखोइ कहाँ छ
खोज्छ शिशिरको चिसो बतास ।
शिशिर मधु ऋतुको आभाष हो । मधु आफै गुलियो छ । गुलियोभित्र यो संसार सजिलै अटाउँन सकिन्छ । किनकि यो त मान्छेको मन पर्ने कुरो हो । मन पर्ने कुरो पाएपछि मान्छे खुशी हुनु स्वभाविकै हो । म हाँसेपछि मुहार त्यसै चम्किलो हुने छन् । त्यसैले मधु सुगन्धित छ । आँखाको प्यारो छ । मुटुको माया छ । हरियै हरियोको सृष्टिको रूप छ । मधु, भोलि आउने आशामा आज सबैको मन मस्तिष्कमा खुशी छ । फेरि नयाँ सृष्टिसँगै नयाँ बिकासको कुरो हुने भो १ मात्र पलाउन बाँकी छ । सूर्यले बिहानीपख सुनौला किरण छरेपछि वसन्तआउने छन् । नयाँ बिहानीसँगै सबैको शुभहुने छन् । तबसम्म हामीले धैर्य गर्नुपर्छ । शुभबिहानीले मान्छेको मात्र होइन यो धरतीको कुना–कुनासम्म आनन्दित पार्नेछन् । सम्पन्नताले भरिपूर्ण भएपछि फेरि कोइलीले गीतगाउने छन् । चराचुरुङ्गीहरू बागभित्र बसेर कुराकानी गर्नेछन् । रुख बिरुवाहरू फेरि नयाँ लुगा लगाएर यौवनमा हाँस्ने छन्। कोमल घाँसहरू जताततै फैलिएर हिड्नेहरूलाई आनन्दित पार्ने छन् । मगमग बास्नासँगै सबै ठाउँमा लोभ्याउने छन् । आँखा टाँसिएर मन चञ्चल भएर मीठो स्वरमा कलकल गर्दै नदी र नालाहरूले आफ्नै भाकामा गीतगाएर हिड्ने छन् । झरनाहरू खुशीभएर आफ्नै तालमा झर्ने छन्। सबैको मनमा दुबो पलाएर होला फाँट फाँटमा सर्ने छन् । जताततै हरियै हरियो भएर सबैको जय हुने छन् । त्यसैले आजदु:ख गरेर भोलि सुख हुने भए आज अलिकता दु:ख पाएर के भो ? शिशिर ऋतुको त्यो चिसो हावाले भोलि मान्छेको प्राण स्वच्छ पार्छ भने आजअलिकता कष्ट सहेर के भो ? चिसो त तातो हुनका लागि हो । तातो त चिसो हुनकालागि न हो । जसरी दिन ढल्केर सन्ध्याबन्न पुग्छ आखीर सबै कुराको नियम एउटै रहेछ । मात्रहामीले हेर्ने आँखामात्र फरक हुँदो रहेछ । त्यसैले शिशिरको त्यो चिसो बतासलाई पनि हामीले माया गर्न सक्नुपर्छ । मन परेका कुरामामात्र होइन नपरेका कुराहरूमा पनि बाँच्नका लागि सबैसँग मायागाँसेर जिन्दगी बिताउनु पर्छ । तब मात्र मायाको अर्थ रहन्छ । होइन भने यो त काखा र पाखाको कुरो भो । जसलाई जे मन पर्छ त्यसलाई मात्रमाया गर्ने हो भने मन नपरेका कुराहरू यो संसारबाट ओझेलमा परुन भन्ने भावनाको जन्म हुन्छ । यो कुरो सत्य हो । मलाई मन परेको कुरो तपाईंलाई मन नपर्न सक्छ । तपाईंलाई मन पर्ने कुरो मलाई मन नपर्न सक्छ । तब कुरो कहाँगएर मिल्ने हो रुमाया कसरी लगाउने हो रु केन्द्रबिन्दु कहाँहुने हो रुकतै छुट्याउनपो गाह्रो हुने त होइनरु
मान्छे बाँच्नकानिम्ति सबै कुराकोआवश्यकता पर्दछ । आज मन नपरेको कुरा भोलि समयले मन पराउने छ । त्यसैले शिशिरको त्यो चिसो बतासको पनिआफ्नै बिशेषता छ । संसारलाई चिसो बनाएर राज गर्न सक्ने शिशिरको त्यो चिसो बतासले वसन्तलाई नबोलाएको भएयो धरतीमा त्यसै वसन्तकहाँआएर बस्न सकिन्छ र रुअतस्हामी सबैले शिशिरको चिसो बतासलाई माया गर्नै पर्छ । दुई दिनको यो जिन्दगीमा को कहाँ सधैं बस्ने हो र रुआखीर प्रकृतिको चोला न हो । चोला फेरिए पछि फेरि पनिशिशिरको चिसो बतासलाई अर्को वर्ष आउने बाचा गराई हामीहरू छुट्टिनु छ ।
यो मधुऋतुको हो आभास
फेरि हुनेछ नयाँबिकास
बहने छ यहाँहास विलास
फर्क शिशिरको चिसो बतास ।
संसार परिवर्तनशील छ । यहाँकुनै कुराको स्थिर छैन । सबै अनित्य छ । नाशवान छ । त्यसैले आजशिशिरको चिसो बतास भएपनिभोलि शिशिरलाई समयले बोलाउने छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले प्रस्तुत कविता वि।सं। १९९३ सालमा रचना गरि मान्छे भएर जन्मे पछि सबै कुराको सहर्ष स्वीकार गर्न सक्नुपर्छ भन्ने आफ्नो धारणा व्यक्त गर्नु भएको देखिन्छ ।

