स्वयम्भू शाक्य
मान्छेको इच्छा र आकांक्षा असीमित हुँदो रहेछ । कोही आफूलाई मात्र सोच्ने गरिन्छ, कोहीआआफू मरिमेटेर पनिअरुको दुःखनिवारण गर्ने गरिन्छ । त्यसैले यो त आ–आफ्नो बाटोको कुरो हो । जो जहाँबाट गएपनि आआफू कहाँ पुगिन्छ भनी सोच्ने कुरो हो । भनिन्छ, मानिसहरू आफूलाईभन्दा बढी कसैलाई पनिमायागरिँदैन । त्यसैले व्यक्तिगतमायालाई त्यागेर आपूmभन्दाअरुलाई निःस्वार्थ मायागरिन्छ भने उसमाआत्मा समर्पणको भावनाउत्पन्नभएको देख्न सकिन्छ ।
समर्पण इच्छा र आकांक्षालाई त्याग्ने बाटो हो । यौटा देशभक्तिले आफ्नो देशको निम्ति प्रेम र सम्मानमात्रहोइनजिन्दगीभर सेवा गर्ने भावनाबोकेको हुन्छ । देशमा सुधार गरी जनताको कल्याणका निम्ति सदैव निःस्वार्थ सेवामाजुतिरहेको हुन्छ । त्यसैले देशभक्ति यौटा आस्थाहो । निष्ठा हो ।पुजाहो।भावनाहो ।आपूmजन्मेको मातृभूमिमा देश–प्रेमको बीऊ रोपेर मलजल गर्नु उसको धर्म हो । देशप्रतिअगाधमाया र ममता गर्नु उसको कर्तव्य हो । त्यसैले हामीमा देशभक्तिको भावनाहुनु पर्छ । आ–आफूमा लुकेको चेतनाहरूलाई सबैको सामु राखीकहिल्यै तिर्न नसक्ने ऋण अलिकताभएपनितिर्नका लागि अठोत गर्न सक्नुपर्छ । होइनभने तिमी देशभक्तिहुन सक्दैन । किनकिदेशभक्तिभित्र देउतालाई धूपबत्ती र फलपूmल चढाए जस्तो होइन, यो त देशको लागिआफ्नो सुख सुविधालाई त्यागेर आपूmले जे दिन सकिन्छ त्यही कुरा दिनकालागिउत्साहितहुनु पर्छ । किनकितिमीसँग जे छ त्यो अरुसँग नहुनपनिसक्छ । अरुसँग जे छ त्यो तिमीसँगनहुन सक्छ । त्यसैले देशले आजादीमागेको बेला, समस्या समाधानखोजेको बेला, हामी सबै एकजूतभई काँधमाकाँधमिलाउन सक्नुपर्छ । जो देशको निम्तिबाँच्न चाहन्छ, उसले आफ्नो मृत्युलाई हत्केलामा राखेर सिङ्गो आफ्नो देशलाई बचाउन सक्नु पर्छ ।
भो अब म कहिले रुन्दिन। मन दुखितभएर आँसु चुहाउँदै विलापकहिले गर्दिन । अब मेरो आँखामाकहिल्यै अश्रुधाराको जन्महुँदैन । जब म रुन्दिनभने मलाई कसले रुन्चे भनीभन्न सकिन्छ ? जब मेरो आँखामाआँसु नै छैन भने मलाई कसले अश्रुधारा बगाईरहेको छ भनीभन्न सकिन्छ ? त्यसैले आजदेखि मेरो आँखाआँसु विनाको मरुभूमि भैंm बनेको छ । जा फर्केर गए हुन्छ, मलाई आँसुको आवश्यकता छैन । अब म कहिल्यै पनि रुने छैन । मेरो प्रतिज्ञालाई कहिले पनि अब बाधा अड्चनहुने छैन ।
आज म न्यायको लागि लडिरहेको छु । अन्याय र अत्याचार प्रति मेरो युद्ध भैसकेको छ । चाहे जतिसुकै दुःख र कष्ट भोग्न नपरोस्, आज म विश्वबाधालाई नै चूर्ण चूर्ण पारी नयाँ र नौलो सृजनाकालागि अगाडी बढिरहेको छु । नयाँकला र कौशलको प्रयोग गरी मानवजीवनकालागि यौटा युगको जन्मदिन चाहन्छु । तिमीलाई थाहा छ, मेरो नेत्रको नानीनिकालीआज म यो संसारलाई हेर्दै छु । खेतबारीमाउब्जेको अन्नलाई युगौं युगसम्मपु¥र्याउनेजमर्को गर्दैछु । के भो र आखीर युद्ध न हो, मेरो खुट्टामालागेको घाउँलाई निको पार्न मेरै शरीरको छाला काटी टाल्दैछु । मलाई रतिभर दुःख र पीडा छैन । मेरो यौटै लक्ष्यमापुग्नआज म काँढामा हिडिरहेको छु ।
रुनु नआ, रुन्चे म होइन अश्रुधारा फर्किजा
विश्वबाधा चूर्ण पारी बढ्नु नै मेरो कला
नेत्रको नानीनिकाली केश बाली बढ्दछु
घाऊ खुट्टाका बढ्नको चर्म टाँगी टाल्दछु ।
मलाई त के छ र,भोक लाग्यो भने आफ्नै शरीरबाट रगतनिकालीपिउन सक्छु । मासु काटी हाड घोटेर तातो आगोको ज्वालामा भुटेर मेरो प्राण रक्षाको लागि मेरै मासु र हाड चपाई चपाई खान सक्छु । मलाई के छ र ? मेरो यौटै लक्ष्य छ भने त्यो लक्ष्यमापुग्नकालागिजतिसुकै गाह्रो भएपनित्यसलाई म सहजै लिएर हिँड्न सक्छु । सत्य कृतयुगहो । जो जस्तो हुनुपर्छ त्यस्तै भएर रहने छ । साँचो अर्थमा सत्य अटल छ । जहाँअसत्यहरू रहन सक्दैन । त्यहाँपत्याउन सक्ने कुराहरू मात्र रहन सक्छ । त्यसैले यौटा देशभक्ति यौद्धाले न भोक भन्छ न शोक भन्छ, ऊ आफ्नो गन्तब्यतिर मात्रलम्किरहन्छ । उसलाई थाहा छ, देउतालाई धूपबालेर पुजापाठ गरी नैबद्य चढाए जस्तै यौटा देशभक्तिले आफ्नो देशको रक्षाकालागिआफ्नै शरीर शत्रुको मुखमा नैबद्य भैंm चढाउन खोज्छ । यो कस्तो जीवन, जसमानिःस्वार्थ प्रेम छ । आपूmलाई बलिदानदिएर देशको बाधा अड्चनहरूलाई फुकाउनखोज्छ । यो कस्तो जीवनजसमा देशप्रेमको लहर छ । आपूm सुतेर जगत्लाई बिउँझाउने शक्ति छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठलाई भोक लागेको बेलाखानेकुरा केहि छैन भने आफ्नै रगत र मासु खाएर पनिबाँच्न सक्छु भनीकाभैरब बनेर सन्देश दिनखोज्दैछन् ।
भोकलागे देहबाटै रक्तको धारा झिकी
मासु काटी, हाड घोटी तापज्वालामा भुटी
पेट भर्दै प्राण राखीविश्वको गाह्रो पथ
पार गर्ने सत्य सहजै जान मेरो निश्चय ।
आखीर युद्ध न हो । शस्त्र अस्त्रहरूको भीषण वर्षाले शत्रुहरूलाई चुनीचुनीगोली र बमहरूले मारिरहोस् । दया, मायाअनि करुणाहरूलाई बन्धकबनाई अध्यारो कोठामा थुनेर जताततै नरसंभार भैरहोस् । धूवाँधुलोले दिनमापनि रात परे जस्तो मान्छेले मान्छेको रगतपिइरहोस् । अग्निभैंm तरवार तीखो पारेर मान्छेले मान्छेलाई धोचिरहोस् । निभ्ननखोज्नेआगो बालेर बाटो भरि मान्छेहरू जलिरहोस् । डर, त्रास,धम्कीदिएर हिंसाको बाटोमालागि रहोस् । शून्यशून्यमा हराएर मान्छेले मान्छेको रगतपिइरहोस् । पशुतुल्यव्यवहार गरेर मान्छेले मान्छेमाथिशासनगरिरहोस् । यसरी युगकवि सिद्धिचरण श्रेष्ठले युद्धमा भए गरेका कुराहरूलाई ओकल्दै बैमनस्य र विषगमनगर्दै छन् । यो किनभएको होला?जसलाइशान्ति चाहन्छ उसले नै किन नरसम्भार गरेको होला?जसलाई भविष्य चाहिन्छ उसैले नै किनभविष्यलाई मार्न खोजेकोहोला? यो त इच्छा र आकांक्षाभन्दा टाढाको कुरो भो ! तैपनि मान्छे–मान्छेभित्रमांसाहारी किनभएको होला?अनौठो छ, यो अनौठो भित्र जे पनिहुन सक्छ । एकदिन मर्नै पर्ने यो चोलामायुगकवि सिद्धिचरण श्रेष्ठले किन युद्धको लागिविकुलफुकेको होला?मन्त्र पढेर पाठ गर्दै लक्ष्यमापुग्नकालागि यस्तो घिन लाग्दो युद्ध किन रोजेको होला?यही नै मान्छेको इच्छा र आकांक्षा त होइनहोला? त्यसैले यौटा सच्चा देशप्रेमीले आफ्नो देश बचाउनकालागिआपूm मान्छे भएर पनिशत्रुलाई मान्छे भनिनगनिन्दो रहेछ । यो कस्तो सत्य ? सत्यभित्रपनिथुप्रै असत्यहरू लुकिरहेछ ? यो कस्तो न्याय, न्यायभित्रपनिथुप्रै अन्यायहरू लुकिरहेछ ?बुझ्न कठीन छ । यो कठीन भित्रथुप्रै अदृष्य कथाहरू लुकेर बसेका छन् ।
शस्त्रगोलीबमहरूको घोर वर्षण भैरहोस्
अनिझैं तरवार तीखाधारले बाटो भरोस्
एक दिनमर्ने सबैको देह जस्तो यो पनि
मन्त्रयही नै पाठ गर्दैलक्ष्यआफ्नो पुग्छु म ।
मान्छेहरूले चाहेगाली या प्रशंसागरुन् के फरक पर्छ र ? यो त दुईटा वस्तुको यौटै स्वरूपहो । जसले जस्तो बुझ्छ, त्यस्तै गरी आफ्नो मनको प्रतिक्रियादिने गरिन्छ । त्यसैले युगकवि सिुद्धिचरण श्रेष्ठले गाली र प्रशंसामाखासै भिन्नतानभएको कुरा उल्लेख गर्दैछन् । मान्छे, आपैmमा गुण र अवगुणको समिश्रण प्राणी हो । कसैकोमा धेरै गुण र थोरै अवगुणहरू हुन सक्ला । कसैकोमा धेरै अवगुण र थोरै गुण हुनसक्ला। यो त आ–आफ्नो स्वभाव र चेतनाको कुरो हो । जसमाजुन कुरा भारी हुन्छ उसलाई त्यसैको धेरै चर्चा गरिन्छ । त्यसैले हामीले बैगुणी मान्छेलाई गुणले मार्नु पर्छ । ताकि बैगुणी मान्छेको मनमा गुणहरू धेरै पलाउन सकोस् । अवगुणलाई छोडेर गुणैं गुणले मानवभएर बाँच्न सकोस् । यहीहाम्रो कामनाछ ।तसर्थ कसैको गाली या प्रशंसाको पछाडी नलागीआफ्नो जुनवास्तविककर्तव्य हो त्यस कर्तव्य पथमा हिड्नु नै हाम्रो कर्म हो । यही नै हाम्रो सार हुने छ । भविष्यकालागियही नै बाटो बन्ने छ ।
मान्छेको जुनीमा केवलभोक र तृष्णामा मात्रलाग्नु हुँदैन । शोक र भयमामात्रपनिलाग्नु हुँदैन । मनमा परेको ताप, जलन र चिन्तामामात्रपनिलाग्नु हुँदैन । यो त मनको विकार हो ।जसमाएकचोटी टाँसेपछि सदाकालागि टाँसिएर जाने छ । त्यसैले यस्तो महाभूलहामीहरूले गर्नु हुँदैन । यसले आफ्नो कर्तव्यलाई पाखालगाएर सत्य र आनन्दभन्दा धेरै टाढा पु¥याउने छ । मान्छेको जुनीमाआफ्नो कर्तव्य पथमा हिँड्नलाई थुप्रै बाधाअवरोधहरू आउन सक्छन् । इच्छा र आकांक्षाहरू फेरि जन्मेर बाटोहरू बिराउनसक्छन् । सत्य र आनन्दको बाटो भुलेर फेरि फोहोर बाटोमापुग्नसक्छन् । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठलाई गाली र तालीमाखासै केही फरक छैन । यसलाई सहर्ष स्वीकार गर्न सक्नु पर्दछ भनीआफ्नो भावव्यक्त गर्नु भएको देखिन्छ ।
गाली गर चाहे प्रशंसा वस्तु दुईटै एक हो
वास्तविककर्तव्यपथमा हिँड्नु मेरो कामहो ।
भोक, तृष्णा, दाह, मूर्छा खालीमनको भूलहो
हिँड्नु नै कर्तव्य पथमा सत्ययाआनन्दहो ।
मान्छेको इच्छा र आकांक्षाबुझिनसक्नु छ । कसैले यसलाई मुठ्ठी पारेर राख्ने गरिन्छ । कसैको आफ्नो बसभन्दा धेरै टाढा छ । त्यसैले हामीले इच्छा र आकांक्षालाई समयमैं बाध्न सकिएनभने यसले हामीलाई नै बाँध्ने छ । जता मन लाग्यो उतैतिर लगेर जीवनबर्वाद पारेर छोडिने छ । हो, हामीलाई थाहा छ, जीवन धेरै छोटो छ । आजनसकेको कामभोलि सकेर पर्सी हामी हिँड्नु छ । चित्तामा सुत्नु अघि हाम्रो हिसाबकिताबहरू बुझाउनु छ । रोएर होइन, आपूmले गरेका कर्मका फलहरू धर्मकाँटामा जोखेर न्याय र अन्याय छुट्याउनु छ ।
भनिन्छ, यो संसारमा देशभक्तिकहिल्यै पनिमर्दैनन् । ऊ अमर भएर युगौं युगसम्मबाँचिरहन्छन् । न उसलाई भोक लाग्छ न उसलाई थकाई लाग्छ । न उसलाई निन्द्रा लाग्छ न उसलाई आफ्नो शरीरको माया लाग्छ । ऊ त देशको लागिजन्मेर देशकै लागि मर्नेछ । त्यसैले ऊ निःस्वार्थ छ । उसलाई गाली र तालीको कुनै अर्थ छैन । काम, क्रोध, लोभ र मोहको कुनै स्थान छैन । उसलाई त सत्य निष्ठा पालनगर्दा आफ्नो शीर छेदनभएको हेर्न चाहन्छ । आफ्नै मासु र रगतपिएर पनिबाँच्न सक्छ । देशको लागिनाङ्गो तरवारमा हिँडेर शस्त्र अस्त्र चलाउनपनि ऊ मञ्जुर गर्छ । त्यसैले आज देशप्रेमीहरू कालभैरव बनेर युद्धमा जताततै नरसम्भार गरेको देख्न सकिन्छ । यौटा इच्छा र आकांक्षा न हो तर मान्छेहरू कति फरक फरक हुँदो रहेछ ।

