– धुब अधिकारी
मुलुक किन बनेन् भनेर एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाउँदै झण्डै एक शताब्दीव्यतितभएको छ । यहि विषयलाई लिएर ब्यवस्थाहरु परिवर्तन भए । ठूला–ठूलाआन्दोलन, जन युद्ध तथा मधेश विद्रोह भए । राणाशासनबाट प्रजातन्त्र, प्रजातन्त्रबाट पञ्चायती व्यवस्था, पञ्चायती व्यवस्थाबाट संवैधानिक राजतन्त्र सहितको बहुदलिय व्यवस्था, बहुदलिय ब्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाआइपुग्दा पनि उही बहस चलेको छ, किन बनेन मुलुक ?
देशको समृद्धि / विकासको बारेमा हरेक पार्टीले आ–आफ्नो दस्तावेज, घोषणापत्र आदिमा प्राथमिकताका साथ राखेका हुन्छन् । पटक पटक सत्तामा जाने पार्टीले देशको समृद्धि, सुशासन, विकासको बारेमा जोडदार कुरा राखेका हुन्छन् तर मुलुक यथोचित विकास हुन सकेको छैन । जसरी एउटा गाडी ठिक हुन गाडीका सबै पार्ट पुर्जा देखि ड्राइभर ठिक हुनु पर्दछ त्यस्तै गरेर राज्य ठिकढंगले अघि बढ्न राज्यका सबै संरचनाहरु उत्तीकै मजवुत हुनुपर्छ । मुलुकको विकासको लागि विश्वका हरेक देशले प्राथमिकता चयन गरेका हुन्छन् । तर हाम्रो मुलुकमा प्राथमिकता चयन गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी ढंगले हुन सकेको छैन । मुलुकको विकास गर्न यो पङ्तिकारले केहि निश्चित प्राथमिकता चयन गरेको छ जसलाई बुँदागत रुपमा यसरी बुझ्न सकिन्छ :–
क) राजनीतिक इमान्दारिता – राजनीतिक सबै नीतिहरुको उच्च नीति हो । राजनीति जहिल्यै पनि सिद्धान्तमाआधारित हुन्छ । सिद्धान्तलाई व्यवहारमा लागू गर्न विधि, प्रक्रिया र पद्धतिको इमान्दारपूर्वक अनुशरण गर्नुपर्छ । तर हामीमा यसको अभाव छ । राजनीति भनेको सेवा र त्याग हो । तर त्यो सेवा र त्याग नभएर ठूलो उद्योग तथा ब्यापार भएको छ । संघीय शासनले गाउँ गाउँमा बस्ने सबै जनताको चेहरामा खुसी ल्याउने छ भन्ने पूर्ण विशवास थियो तर संघीय शासन प्रणालीको ७ वर्ष पुग्दा नपुग्दै आमजनताको आसामा तुषारापात भएको छ । राजनीतिक दलका नेता तथा सत्ता सञ्चालकको भ्रष्ट, स्वार्थी, सुविधाभोगी तथा अवसरवादी चरित्रका कारण मुलुक झन भन्दा झन संकटग्रस्ट हुँदै गएको छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको मिलेमतोमा राज्यको सम्पत्ति माथि दोहनभएको छ । अहिले मुलुकमा सरकार छ तर देखिने गरी सरकारको उपस्थिति कहिं पनि छैन । न त आमनागरिकले सरकार भएको प्रत्याभूति गर्न सकेका छन् । मुलुकको विकास साच्चै गर्ने हो भने राजनीतिक नेतृत्वमा इमान्दारीता पहिलो सर्त हो ।
ख) कृषिको विकास – नेपाल कृषिप्रधान देश हो । झण्डै दुई तिहाई जनसंख्या कृषि पेशामा संलग्न छन् । कुलग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमश: खुम्चदै गएको छ । कुनै बेला जीडीपीमा कृषि क्षेत्रको योगदान ७० प्रतिशत थियो भने अहिले यस क्षेत्रको योगदान २३.९५ प्रतिशत मात्रै छ । श्रम गर्न सक्ने युवाशक्ति विदेशीने क्रम बढेसँगै कृषि उत्पादन घट्न गई कृषिमा जीडीपीको योगदान कमजोर भएको हो ।यो अवस्थामा कुनै पनि देश कसरी सम्पन्न हुन्छ? देश कृषिमा परनिर्भरता बढ्दो छ । बार्षिक साढे ३ खर्व भन्दा बढी कृषिजन्यवस्तु हामीले आयात गर्नुपर्ने हाम्रो बाध्यता छ छिमेकी देशहरुबाट । विकसित देशहरु ५–७प्रतिशत जनसंख्यामात्रै कृषिमाआश्रित हुन्छन् । तैपनि उनीहरुले आफूलाई पुर्याई कृषिवस्तु ठूलो परिमाणमा निर्यात गर्छन् । तर हाम्रो खेती प्रणाली पुरानै ढर्रा र परम्परावादी छ । कृषिमा व्यवसायिकिकरण हुन सकेको छैन । कृषि शिक्षामा हाम्रा युवाहरुलाई जोड्न सकिएको छैन । सरकारले कृषिको व्यवसायिककरण र लगानीअभिवृद्धि गरी कृषिजन्य उद्योग प्रयाप्त मात्रामा खोल्ने हो रोजगारीको सिर्जना हुन्छ । रोजगारीको सिर्जना भयो भने युवा रोजगारको लागि विदेश जानु पर्दैन । कृषिमा उत्पादन बढाउन सकियो भने कृषिआयातमा गएको ठूलो रकम देशमै हुन्छ । युवा निर्यात गरेर भन्दा पनि वस्तु तथा सेवा निर्यात गरेर मुलुक समृद्ध बन्छ । प्राकृतिक हिसावले कृषि उत्पादनका लागि जवसम्म कृषिको विकास हुँदैन तव सम्म मुलुक समृद्ध वन्न सक्दैन ।
ग) जलस्रोतको विकास – जलस्रोतको हिसावले ब्राजिलपछि दोस्रो ठूलो देश नेपाल हो । जलस्रोतको ठूलो देश भएर पनि हामीले जल विद्युतको विकास गर्न सकेका छैनौं । जलविद्युत पूर्वाधार विकास हो । हरेक क्षेत्र उर्जा विना अपुरो हुन्छ । उर्जा बिना न उद्योग चल्छ, न कृषि क्षेत्रको विकास हुन्छ । सूचना र प्रविधिमा त झन उर्जा अर्थात विजुली त झन अपरिहार्य छ । दुई ठूला भीमकाय छिमेकी देशमा मात्र हामीले विद्युत उत्पादन गरी बेच्न सक्ने हो भने विदेशीमुद्राआर्जन गर्न सकिन्छ । आज पनि हामीले धेरै गाउँवस्तीहरुमा बिजुली पुर्याउन सकेका छैनौं । आज नदीनालाहरु दलाल तथा माफियाको कब्जामा छन् । सरकारले काम नगरी नदीहरुलाई झोलामा राख्ने व्यक्तिहरुको लाइसेन्स खारेज गर्नु पर्छ । मुलुकमा भएका नदीनालाको पानी आज पनि खेर गइरहेको छ । अर्कातिर सिचाई अभावका कारण कृषि उत्पादन बढ्न सकेको छैन । जलविद्युतको विकास गर्ने हो भने एकातिर रोजगारको सिर्जना हुन्छ अर्कोतिर कृषि तथ औद्योगिक उत्पादन बढ्छ । जलस्रोतको विकास विना मुलुकको समृद्धि असम्भव छ ।
घ) पर्यटन क्षेत्रको विकास – मुलुक पर्यटकिय हिसावले सुन्दर देश हो । यहाँका हिमाल, पाहाड पर्यटकका लागिआकर्षक केन्द्र हुन् । मुलुकमा पर्यटक भित्रयाउन सके विदेशी मुद्राआर्जन गर्न सकिन्छ । कोभिड–१९ पछि पर्यटन क्षेत्र तहस नहस भएको छ । विगत केहि महिना देखि पर्यटकहरु नेपाल आउन थालेपछि पर्यटन क्षेत्रमा सुधारका संकेतहरु देखा पर्न थालेका छन् । जीडिपीमा पर्यटन क्षेत्रको २–३ प्रतिशत योगदान रहेको छ । यसलाई कम्तीमा १० प्रतिशत पुर्याउने हो भने देशमा आर्थिक संकट पर्दैन । पर्यटन क्षेत्रको विकासको लागि सडक,यातायात र ठूला होटलहरुको व्यवस्था गर्न सकिएको छैन । यसतर्फ सरकार र नीजि क्षेत्रको ध्यान जान जरुरी छ । पर्यटन क्षेत्रको विकास गर्ने हो भने लाखौं युवाहरुलाई रोजगारी सिर्जना हुन्छ । स्वदेश भित्रै रोजगारीको सिर्जना गरियो भने युवाविदेश पलायनहुनु पर्दैन । भारत र चीन बाट मात्रै हामीले त्यस देशको जनसंख्याको १ प्रतिशत जनताभत्रयाउन सकियो भने मुलुकले चाडै काँचुली फेर्छ ।
ङ) शिक्षाको विकास – शिक्षा हरेक देशको लागिपोषणहो ।शिक्षाको विकास विनाअन्य क्षेत्र अपुरो रहन्छ ।आजहाम्रो शिक्षाव्यवहारमुखी र उत्पादनसँग जोडिएको छैन । शिक्षाजवसम्मव्यवहारमुखी र उत्पादनमुखीहुँदैन तवसम्मत्यो शिक्षाले कामगर्दैन । सरकारले ठूलो रकमशिक्षामालगानी गरेको छ तर त्यो बालुवामापानीहाले जस्तो भएको छ । हाम्राविद्यालयतथाविश्वविद्यालय राजनीति गर्ने अखण्डाभएकाछन् । विश्वविद्यालय वेरोजगार उत्पादन गर्ने कारखानाभएकाछन् । देशलाई आवश्यक पर्ने शिक्षानीति राज्यले लिने हो भने त्यसले रोजगारी सिर्जना गर्छ र उत्पादनबढाउँछ । देश विकासको लागिशिक्षाको महत्वपूर्ण भूमिकाहुन्छ ।
च) राज्यसत्ताको परिवर्तन – मुलुकमा थुप्रै पटक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन हुन सकेछ । अहिलेको राज्यसत्ता दलाल पुँजीवादी व्यवस्थामाआधारित छ । नेपालको अर्थराजनीति दलाल पुँजीपतिहरुको हातमा परेकोले देश अत्यन्तै सङ्कटग्रस्त बन्दै गएको छ । मुलुकको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको डेढ दशक पार गरिसक्दा पनि दलला पुँजीवाद कमजोर हुनुको सट्टा त्यसलेअझ मजवुतढंगले जरा गाढेको छ । अहिले नेपालको आर्थिक क्षेत्रमा भएको भ्रष्टाचार, कमिशन, कालो बजार र राजस्वछली लगायतका अनेक समस्या दलालपुँजीवादले निम्त्यएको हो । दलालपुँजीवाद अर्थनीतिको कारणअहिले हाम्रो अर्थतन्त्र व्यापार घाटाले थलिएको छ । चालु आर्थिक वर्षको अन्त्य सम्ममा १७ खर्ब भन्दा बढी ब्यापारघाटा हुने देखिएकाे छ । हाम्रो ब्यापारघाटाले हाम्रो बजेटको आकारलाई नाघ्ने देखिाएको छ ।दलालपुँजीवादको कारणले देशमाथि हरेक वर्ष ऋण थपिएको छ । बार्षिक बजेट भन्दा हाम्रो ऋण बढी छ ।
अहिले सम्म हाम्रो ऋण १८ खर्ब ५५ अर्ब पुगेको छ । दलालपुँजीवादका कारण अागामी दिनमा हाम्रो सार्वजनिक ऋण अझ बढ्ने निश्चितप्राय: छ । त्यसकारण अहिलेको राज्यसत्तामा जतिसुकै अरु क्षेत्रमा प्रायस गरे पनि मुलुक समृद्ध हुन सक्दैन । त्यसकारण अहिलेका राज्यसत्तालाई फ्याँकी समाजवादी राजनीतिक तथा आर्थिक व्यवस्था ल्याउनु पर्छ । तव मात्र मुलुक समृद्ध हुन्छ ।
अधिकारी प्रगतिशील लेखकको रुपमा चिनिन्छन् ।

