काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याउने एक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक जनालाई पक्राउ गरेको हो ।
सीआईबीले पक्राउ गरेका युवाको नाम भने सार्वजनिक गरेको छैन । ‘एक जनालाई नियन्त्रणमा लिएका छौं । थप बुझ्ने काम भइरहेकाले अहिले परिचय खुलाउन मिल्दैन ।’ स्रोतले भन्यो । विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका जनाईएको छ ।
भारत र दुबईका विभिन्न नम्बरबाट फोन गर्दै धम्की आएको छ ।

