काठमाडौं । साहित्यकार अम्विका अधिकारीको निधन भएको छ । भारतको लखनौंस्थित शताब्दी हस्पिटलमा उपचारकै क्रममा पुस २९ गते अधिकारीको निधन भएको हो ।
झापा, विर्तामोड निवासी ४३ बर्षिया अम्विकाको पिसाबबाट प्रोटिन जाने समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका थिए । निमोनिया पीडित उनलाई भेरी प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नहुने भन्दै चिकित्सकको सल्लाहमा शताब्दी हस्पिटल, लखनौ पठाईएको थियो ।
मंगलबार दिउँसो १ बजे कन्काई नदीमा अन्त्येष्टी गरिएको साहित्यकार लक्ष्मी मल्ल श्रेष्ठले बताए ।

