काठमाडौं। प्रगतिशील लेखक सङ्घ काभ्रेको तेस्रो अधिवेशनबाट रक्तिम लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । बनेपा काभ्रेमा आयोजित अधिवेशनले लामाको नेतृतेअमा नयाँ समिति निर्माण गरेको हो ।
संघको उपाध्यक्षमा नवराज दाहाल ‘उत्साही’, सचिवमा दिनेशराज खरेल, सह-सचिवमा मुरहरि रायमाझी एवम् कोषाध्यक्षमा शारदा कुमारी निर्वाचित भएका छन् ।
त्यसैगरी अधिवेशनले कार्यसमिति सदस्यमा सरस्वती चिमोरिया, श्रीकृष्ण पाण्डे, सुजन सबल, रामेश्वर आचार्य, राधिका घिमिरेलाई चयन गरेको छ ।
पुस २७ गते शनिबार प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष मधुसुदन गिरी, उप-महासचिव तथा मधेश प्रदेश ईन्चार्ज बालमुकुन्द कार्की, केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अध्यक्ष डा. हरिप्रसाद सिलवाल, निर्वाचन मण्डलका संयोजक एवम् बनेपा क्याम्पस प्रमूख पारस काफ्ले, शारदा प्रसाद धिताल, सुवर्णबिक्रम थापा लगायतको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको निवर्तमान अध्यक्ष ध्रुव रायमाझीले टपटेन खबरलाई बताए ।

