सप्तरी, मधेश प्रदेश – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा ९० जना दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको छ।
अपाङ्गता संरक्षण नेपालद्वारा सप्तरीमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा पूर्ण दृष्टिविहीनहरूको सहभागितामा बैंकले सो सामग्री हस्तान्तरण गरेको हो। बैंकको यो सहयोगले दृष्टिविहीन व्यक्तिहरूको दैनिक जीवनयापन र आवतजावतमा सहजता प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
सिटिजन्स बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक, र शैक्षिक क्षेत्रहरूमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताएको छ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड “बैंक अफ द ईयर २०२४” को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी आर एन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

