विश्वराज अर्याल,
भरतपुर १८, गुन्जानगर, पुस २६ गते
नेपाल रेडक्रस सोसाइटी गुञ्जा नगर उपशाखाको आठौं साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।नेपाल रेडक्रस सोसाइटी गुन्जानगर उपशाखाका अध्यक्ष हरिराज अर्यालको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष बाबुराम राना रहनुभएको थियो |कार्यक्रम दुई चरणमा भएको थियो | पहिलो चरणमा कार्यक्रम उद्घाटन तथा रेडक्रस जस्तो परोपकारी संस्थामा आबद्ध भई कसरी सबैका लागि रेडक्रस बनाउन सकिन्छ। भन्ने अभिव्यक्ति थियो भने दोस्रो कार्यक्रम अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम थियो। निर्वाचन आयुक्त प्रमुख बसन्त कुमार पौडेल नेपाल रेडक्रस सोसाइटी शारदानगर उपशाखाको अध्यक्ष समेत हुनुहुन्छ। बसन्त कुमार पौडेलको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ। हरिराज अर्यालको अध्यक्षतामा ११ सदस्य नेपाल रेडक्रस सोसाइटी गु गुञ्जा नगर उपशाखा दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। प्रमुख अतिथिको मन्तव्यमा भरतपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष बाबुराम रानाले संस्था संस्थाको रुपमा स्थापना भएको छ। आगामी दिनमा यो परोपकारी संस्थाबाट सबैले सेवा पाउने अवसर मिलोस् तथा नयाँ कार्यसमितिको पूर्ण कार्यकालको सफलताको शुभकामना दिनुभयो |
नवनिर्वाचित नेपाल रेड क्रस सोसाइटी गुञ्जा नगर उपशाखाका सभापति हरिराज अर्यालले समाजमा रेडक्रसको माध्यमद्वारा समाजमा परोपकारी भावनाको विकास गराउने तथा यस कार्यक्रममा सहयोग गरिदिनुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। सो कार्यक्रममा आजीवन सदस्यहरु तथा समाजका वरिष्ठ व्यक्तित्वहरू विष्णुप्रसाद ढकाल, वेदनिधि अर्याल, शालिक राम पौडेल तथा विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रम नेपाल रेड क्रस सोसाइटी उपशाखाका सचिव हरि ढकालले सहजीकरण गर्नुभएको थियो।

