काठमाडौं । पेट्रोल र डिजेलको मूल्यमा वृद्धि भएको छ । नेपाल आयम निगमको सञ्चालक समितिले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्रेट्रोलियम पदार्थमा मूल्य थपघट भएर आएको हुँदा मूल्य समायोजन गरिएको समेत निगमले बताएको छ ।
हेर्नुहोस् निगमद्वारा जारी विज्ञप्ती:


