काठमाडौं । प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा विशाल बस्नेत चुनिएका छन् । प्रेस सेन्टरको जिल्ला समिति महोत्तरीको ५ औं अधिवेशनबाट जिल्ला अध्यक्षमा विशाल बस्नेत चुनिए सँगै उपाध्यक्षमा बिनय यादब एवम् भाग्यरेखा ठाकुर सचिवमा बिकास आर्य ठाकुर,सहसचिवमा दिपक कुमार पाण्डेय एवम् उषा आचार्य र कोषाध्यक्ष राजिव कुमार राय कुर्मी चयन भएका छन् ।

माओवादी केन्द्रको पत्रकारहरूको पेसागत संगठन सेण्टरको कार्यसमिति सदस्यहरूमा अनिष साह,राधाकृष्ण शर्मा,रजनी साह,जिवनराज दाहाल, बोधप्रसाद सुवेदी ‘गणेश’, इशारा लामा, अनिषा यादव, गणेश सिंह कुशवाह, अफ्ताब अन्सारी, रोहित यादव छन् ।

