स्मृतिमा आमा कलावती संस्मरण संकलन कार्यक्रम सम्पन्न भएको छ । आमा कलावती शर्मा पौडेल अखिल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नारायण शर्माकी ममतामयी आमा हुन् । कार्यक्रम शर्माको निजी निवास ललितपुर महानगर–१४ रानीबु स्थित एक समारोह बीच सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, विशिष्ठ अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री रेखा शर्मा अन्य अतिथिहरुमा प्रतिनिधि सभा सदस्य नारायणी शर्मा, प्रा.डा.प्राऋ गोपीन्द पौडेल, सुशिल गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नारायण शर्माले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका महासविच तथा स्वच्छ आफन्त देब गुरुङले कलावती शर्मा पौडेलको १६ औं स्मृति दिवसको सन्दर्भमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । उनले भने कलावती कम्युनिष्ट विचारको पक्षमा जीवनपर्यन्त निरन्तर देखा परिरहनु भयो । परम्परागत रुढीवादी बन्धनमा कलावती शर्मा पौडेल कहिले सिमिति हुन भएन र परिस्थिति अनुरुप व्यहारलाई उहाँले सहजताकासाथ ग्रहण गर्नु भयो । स्मृति सभामा प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री रेखा शर्माले समेत मन्तव्य राखेका थिइन । उनले भनिन् आमाले कलावती शर्माको जीवनमा आएका प्रत्येक संकटलाई आत्मसात गर्दै अघि बढ्नु, हरेक अप्ठेरो परिस्थितिमा पनि परिवारलाई सुरक्षाको घर बनाएको दुख्दा आमाप्रतिको सम्झना र माया अझ बढी गहिरो र नजिक आउँछ । आमाले गरेका त्याग र बलिदानहरुबाट हामीलाई पे्ररणा मिलेको छ र साहस बढाएको छ उनले बताइन् ।
स्मृति कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायणी शर्मा, प्रा. गोविन्द पौडेल र सञ्चार जगतमा लामो अनुभव पाउन शुशिल गौतमले समेत मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता तथा आयोजना गरेका नारायण शर्माले सम्पूर्ण आगन्तुक महानुभावहरुलाई आफ्नो निम्तालाई स्वीकारेर आएकोमा हार्दिक आभार प्रकट गरे । उनले भने मैले आमालाई मेरी भने पनि उहाँ त हाम्रा चारै दिदीभाइकी अझ भनौं धेरै धेरै छोराछोरीकी आमा हुनुहुन्छ । शर्मा भन्छन् मेरी आमाले म प्रति गर्नु भएको माया–ममता, भरविश्वास र सहयोग समर्पण के कति कस्तो थियो भन्ने कुरा करिब करिब आमा बाँच्दा सम्म मैले बुझ्न सकिन ।
स्मृतिमा आमा कलावती पुस्तकको सम्पादक छोरा नारायण शर्माले गरेका छन् भने प्रकाशक बुहारी शान्ता शर्माले गरेकी छिन् । पुस्तकको विमोचन माओवादी केन्द्रका महासचिव प्रमुख अतिथि देव गुरुङ र विशिष्ठ अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य रेखा शर्मा लगायत सम्पूर्ण महानुभावहरुबाट सामुहिक बिमेाचन गरिएको थियो । कार्यक्रमको उद्घोषण भान्जी संबिधान सभासद यशेादा सुबेदीले गरेकी थिइन् । कलावतीका सम्पूर्ण आफन्तहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लेखक पत्रकार, समाजसेवी, बौद्धिक व्यक्तित्वहरु, इष्टमीत्रहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा एकिकृत समाजवादी नेता सिमाबिद् तथा जागरण अभियानका अभियान्ता साध्यबहादुर भण्डारी तथा वरिष्ठ पत्रकार प्रबिण जोशीको समेत उपस्थिति रहेको थियो ।
Previous Articleसिलवालको कविताकृति ‘डोरम्याट’माथि परिचर्चा
Next Article म्यानमार भूकम्प: एक हजारभन्दा बढीको मृत्यु

