काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्।
प्रदेश सभा सचिव बासुप्राद कोइरालाका अनुसार दिउँसो ४ बजे प्रदेश सभाको बैठक बस्नेछ। बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम तय भएको छ।
यादव गत मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। मुख्यमन्त्री बनेको १५ दिनपछि उनले विश्वासको मत लिन लागेका हुन्।
संविधानअनुसार मुख्यमन्त्रीले पद सम्हालेको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

