घनश्याम आचार्य

नेपालको गण्डकी प्रदेशमा अवस्थित लमजुङ एक प्राकृतिक सुन्दरतापूर्ण भएको स्थल हो । म आफू प्रकृतिसित रमाउने मानिस भएकाले विभिन्न धार्मिक, प्राकृतिक स्थलहरुको अवलोकनबाट अत्यन्त उत्साहित हुने गर्दछु ।
केही दिनदेखि भतिज यत्र प्रसादले लमजुङ घुम्न जाउँ भनिरेहका थिए । लमजुङ बेसी शहरमा यज्ञ प्रसादका छोरा बुहारी व्यवसाय गरेर बसेका रहेछन् । भतिज यज्ञ प्रसाद र म पशुपति २०७४ साल बैशाख ११ गते सोमबार हामी तिन माई लमजुङ आन्तरिक भ्रमणका लागि काठमाडौंबाट बिहान ७ बजे बसपार्कतिर लागियो । कलंकीमा जाम भएर १० बजेतिर लागियो । साँझ ४ः३० बजे बेसिशहर पुगियो । त्रिशुली मर्स्याग्दी खोलको सुमधुर तालमा अघि बढ्दै डुम्रे पुग्यौं । डुम्रेबाट ४२ किलोमिटर यात्रा गर्दै हामी लमजुङ बेसिशहर पुगियो ।
यज्ञ प्रसाद भतिजको छोरा बुहारी बसेको डेरामा गएर आराम गरियो । वहाँहरुको घर नजिकै घलेगाँउ होटल रहेछ । त्यही बास बस्यौं । बेलुकाको खाना पुष्प भतिजको भान्सामा खाना खाएर होटलमा बास बस्यौं । लमजुङ बेसिशहरबाट ४५ किलोमिटर टाढा घले गाउँ नामको एउटा पहाडी बस्ति रहेछ । एक चोटि घुमौं । घले गाउँ गुरुङ्ग तथा घले जातिको बाहुल्य रहेको घले गाउँ बनपोखरी मुजुङ्ग भन्ने दोहरी गितै रहेछ । टाढा टाढाबाट आन्तरिक भ्रमणमा आउँदा रहेछन् । बिदेशी, पाहुनाहरु पनि एक पल्ट घले गाउँको पहाडी सुन्दरताको अवलोकन गर्न आउँदा रहेछन् । हामीलाई पनि जाने उत्सुक्ता जागेर आयो । हामी तिनै भाई जीप चढेर घले गाउँ तिर लागियो । पहाडी ठाउँ उकाली ओराली गर्दै साँगुरो कच्ची बाटो जिपमा खचाखच गर्दै करिब ३ बजेतिर घलेगाउँ पुगियो । घले गाउँमा होमस्टेको राम्रो व्यवस्था रहेछ ।
होमस्टेमा झोला राखेर घुम्नतिर लागियो । साँझपख पानी सिमसिम पर्न थाल्यो । पहाडी ठाउँ घाँसे मैदान सिम सिम पानीको चोटले सूर्यको लालि चढेको दृश्यमा अति मनोमोहक प्रकृति हाँसिरहेकी थिइन । घले गाउँमै गुरुङ्ग सस्कृतिको ज्वलन्त चित्रण गर्न सार्क भिलेज, पर्यटन संग्राहलय गाउँ वरिपरि नमुना चिया बगान, भेडिगोठ, भ्यू टावर, उत्तर कन्या मन्दिर, घाँसे मैदानको दृश्यावलोकन गरियो । माछापुछ्रे, अन्नपूर्ण हिमाल, हिमचुली... लमजुङ बौद्ध लगाएतका हिमश्रृंखलाको मनोरम दृश्यको दृश्यावलोकन गरेर प्रफुल्ल भईयो । घले गाउँ प्रकृतिदेविको उद्गम स्थल रहेछ । जति वर्णन गरेपनि अपुरो हुने ठाउँ रहेछ ।
राति होमस्टेमा बसियो । बिहान ६ बजे जर्याकजुरुक उठेर टेलिफोन टावर चढेर त्यहाँबाट बिहानीपख सूर्य उदयको दृश्य हेरियो । त्यँहीबाट हिमशिखरका चुचुराहरु मकालु हिमाल, लमजुङ हिमाल, माछापुछ्रे, मनासोलु हिमालहरु अवलोकन गरियो । त्यहाँको संस्कृति परम्परा अनुसारको नास्ता खुवाएर फुलमाला गरि होमस्टेका दिदीबैनिहरुले बिदा गर्नु भयो ।
घलेगाउँ चार सय वर्ष पहिले शाह बंशिय राजाको शासनदेखि आजसम्म पनि आफ्नो मौलिकता, एतिहाँसिक, धार्मिक, सांस्कृतिक महत्व जगाई राखेको रहेछ । घले गाउँ गुरुङ्ग जातिको बाहुल्य रहेको जिबनता भनेर चिनिन्छ ।


