काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा दायर मुद्दामा विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अधिकारीसहित तत्कालीन मन्त्रीहरूमाथि समेत कारबाही प्रक्रिया अघि बढाएको थियो ।
आयोगले आइतबार विशेष अदालतमा ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बिगो दाबी गर्दै दायर गरेको मुद्दामा यस्तो फैसला आएको हो ।

