काठमाडौँ । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिल (World Press Council) को उपाध्यक्षमा निर्वाचित हुनुभएको छ।
अफ्रिकी मुलुक ताञ्जानियाको डोडोमा सहरमा जारी काउन्सिलको शिखर सम्मेलनले श्रेष्ठलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो। सम्मेलनमा सहभागी सदस्य राष्ट्रहरूमध्येबाट तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो। यद्यपि निर्वाचनका सबै प्रक्रिया पूरा गरिएको काउन्सिलले जनाएको छ।
श्रेष्ठ यसअघि विश्व प्रेस काउन्सिलका महासचिव समेत रहनुभएको थियो। उहाँको नयाँ जिम्मेवारीसँगै नेपाल पत्रकारिता क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा समेत उपस्थिति थप सशक्त भएको बताइएको छ।
श्रेष्ठको उपाध्यक्ष पदमा चयनलाई नेपाली पत्रकारिता क्षेत्रले गौरवको विषयका रूपमा लिएको छ। विश्व प्रेस काउन्सिल सञ्चार स्वतन्त्रता, पत्रकारिता मर्यादा र प्रेसको अधिकारका लागि क्रियाशील अन्तर्राष्ट्रिय संस्था हो।

