रामकुमार श्रेष्ठ
देशमा विभिन्न बैंकहरुले विभिन्न ब्यापार ,ब्यवशायको लागि कर्जा लगानी गरेका छ्न। कोरोनाको कारण र ब्यवशायिक मन्दिको कारणले बैंकहरुले कर्जा असुल हुन सकेन। बैंकको कर्जाको ब्याज र सांवा ग्राहकहरुले तिर्न सकेन । बैंकका कर्मचारीहरु घर घर गएर कर्जा असुली हर्न जान्छ्न । असुल भएन भनेर ग्राहकहरुलाई धम्काउन थालेका छन। आफ्नो ब्यापार ,ब्यवशाय बिग्रेर कर्जा तिर्न नसकेर हैरान भएका एकजना ग्राहकले भनेछ्न्हे र्नोस बैंकका सरहरु हो, यसरी मलाई नधम्क्याउनु होश । दुर्गा प्रसाईंले धेरै बैंकहरुबाट अरबौ, खरबौ कर्जा लिएर कर्जा मिनाहा गराउन जनआन्दोलन गरिरहेको छ। कर्जा मिनाहा गराउनको लागि राजा फर्काउनु पर्छ भनेर जनताहरुलाई उत्तेजित पारेर जुलुसमा हिड्न लगाईरहेको छ। त्यस्तोलाई तपाईंहरु ताकेता नगर्ने, कार्बाई नगर्ने ? हामी जस्ता सोझा साझालाई दुख दिन खोज्ने ?कस्तो बैंक हो तपाईंहरुको ?
बैंकको कर्मचारी भनेछन् हाम्रो जागिरको कुरा छ।
कर्जा लिनेले भनेछ हाम्रो पनि कर्जा मिन्हाको कुरा छ। पहिला दुर्गा प्रसाईको कर्जा असुल गरेर हामी कहाँ कर्जा असुल गर्न आउनु होला है सरहरु।
अब भन्नोस् यो कस्तो कुरा होरुबैंकको कर्जा मिनाहा गर्ने भनेको जनताको निक्षेपलाई माटोमा मिलाउनु हो। देशको आर्थिक मेरुदण्ड लाई कच्याक कुचुक पारेर भांच्नु हो।
अब यो कर्जा मिनाहा गर्न भन्नेले भोलि नेपाल देश बिघटन गर्नुपर्छ भनेर जुलुस आयो भने के गर्ने ?
के बैकको कर्जा मिनाहा गरेर देशलाई बर्बादको बाटोमा लाने हो ?
यो कस्तो कुरा हो ? सचेत नेपाली जनताले बुझेर पाइला चाल्ने बेला आएको छ। आफुप्रती आफै ईमानदार हुने कि नहुने ?
अराजकताबादबाट नेपाल र नेपाली लाई जोगाउने कि नजोगाउने ? यो हाम्रो आजको प्रमुख काम हो । अब तपाईं भन्नोस् हामीले पूरा अराजक हुने कि ब्यवस्थित समाजको निर्माण को लागि अघि सर्ने ? हामी सबको जय होश।नेपाल र नेपालीको जय होश।

