काठमाण्डौ । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार पद तथा गोपनीयताको शपथ लिएसँगै आफ्नो मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। मुख्यमन्त्री बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट शपथ लिएलगत्तै आठ जना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो।
नवनियुक्त मन्त्रीहरूमा एमालेबाट ६ जना र कांग्रेसबाट २ जना रहेका छन्। उनीहरूलाई पनि प्रदेश प्रमुख देवकोटाले शपथ गराउनुभएको छ।
को-को छन् बागमती प्रदेशको मन्त्रीपरिषदमा ?
नेकपा एमालेबाट:
मधुसुदन पौडेल: कृषि तथा पशुपंक्षी विकासमन्त्री
डा. दिनेशचन्द्र देवकोटा: भौतिक पूर्वाधार विकासमन्त्री
जयराम थापा: श्रम रोजगार तथा यातायातमन्त्री
भरतबहादुर केसी: वन तथा वातावरणमन्त्री
किरण थापा: स्वास्थ्यमन्त्री
विन्दु श्रेष्ठ: उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री
नेपाली कांग्रेसबाट:
कृष्णकुमार तामाङ: खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री
शिवराज अधिकारी: बिनाविभागीय मन्त्री
यससँगै बागमती प्रदेशमा मुख्यमन्त्रीसहित नौ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, सामाजिक विकास, संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालय हाल मुख्यमन्त्री बाँनियाले आफैसित राख्नु भएको छ । सरकारमा सहभागी दल नेपाली कांग्रेस एवम् नेकपा एमालेसित छलफल पछि अन्य मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्ने मुख्यमन्त्री बानियाँको योजना छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा मगंलबार जारी विज्ञप्ति


