सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको दिगो विकासका लागि योजना छनोट र बजेट विनियोजनको पुरानो प्रक्रियामा व्यापक सुधारको खाँचो औँल्याउनुभएको छ। मगंलबार सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विगतका कमजोरीहरूबाट पाठ सिक्दै आगामी आर्थिक वर्षको बजेट निर्माणलाई थप पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको हो।
मुख्यमन्त्री कँडेलले विकासका काममा तीनवटै तहका सरकार (संघ, प्रदेश र स्थानीय) बीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँका अनुसार जनताले सरकारको कामलाई एउटै नजरले हेर्ने भएकाले योजना छनोटदेखि कार्यान्वयन र मूल्याङ्कनसम्म एकरूपता र पारदर्शिता कायम गर्नुपर्छ।
कार्यक्रममा नेपाली कांग्रेसका सुदुर पश्चिम प्रदेश सभाका सचेतक हिक्मत विष्टले हालसम्म जिल्लाबाट सिफारिस भएका आयोजनाहरूमा पर्याप्त अध्ययन नहुँदा बजेट निर्माण प्रक्रिया जटिल बनेको स्वीकार गर्नुभयो। उहाँले अब ‘सङ्कलनमुखी’ नभई जनताको वास्तविक आवश्यकता र प्रभावमा आधारित आयोजनाहरू मात्र छनोट गर्नुपर्नेमा जोड दिनुभयो।
यस छलफलले ‘आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१’ र ‘कर्णाली प्रदेश आयोजना बैंक (कार्यसञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१’ को प्रारम्भिक मस्यौदामाथि पनि प्रकाश पारेको छ, जसले कर्णालीको विकासमा नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ।
Previous Articleबुधबार कोशी र सुदूरपश्चिम प्रदेशमा भारी बर्षाको सम्भावना
Next Article अब अनलाइन मिडिया दर्ता जिल्ला प्रशासन कार्यालयबाट

