काठमाडौँ । पछिल्ला केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ। गत शुक्रबारको तुलनामा आज आइतबार बजार खुल्दा सुन तोलामा रु ७०० र चाँदी तोलामा रु ७० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २,२३,२०० पुग्दा, चाँदी प्रति तोला रु २,८१० मा कारोबार भइरहेको छ।
साथै, अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ। आज विश्व बजारमा सुन प्रति औँस ३,७५९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मूल्य वृद्धिसँगै आभूषण बजारमा खरिदकर्ताहरूको चासो घट्दो क्रममा देखिएको छ भने लगानीकर्ताहरू भने सुरक्षित सम्पत्तिको रूपमा सुनतर्फ आकर्षित हुँदै गएका छन्।