काठमाडौं । नेपाल बीमा प्राधिकरणको नवनियुक्त अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालसमक्ष सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन् ।
मन्त्रिपरिषद्को असोज ९ गतेको निर्णयबाट नियुक्त भएका शर्माले भोलिपल्ट सपथ लिएका हुन् ।
शर्माले सोही दिनबाट प्राधिकरणको कार्यभार सम्हालेका छन् ।

