काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पश्चिम एसियाका केही देशमा कार्यरत नेपाली श्रमिकका लागि श्रम स्वीकृति पुनः खुला गरेको छ। नयाँ निर्णयअनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपालीले अब श्रम स्वीकृति लिन पाउने छन्।
यस निर्णयसँगै ती देशबाट बिदामा नेपाल आएका वा स्वदेश फर्किन चाहने श्रमिकलाई पुनः आफ्नो रोजगारस्थल फर्किन सहज हुने भएको छ।
पश्चिम एसियामा बढ्दो युद्ध र तनावका कारण यसअघि ती देशका लागि श्रम स्वीकृति नवीकरण रोकिएको थियो। अवस्था केही सहज बन्दै गएपछि मन्त्रालयले आंशिक रूपमा प्रक्रिया खुला गरेको हो।
यद्यपि, इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीका लागि भने श्रम स्वीकृति स्थगन यथावत् राखिएको मन्त्रालयले जनाएको छ।
मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जारी विज्ञप्ति 

