काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–१ बाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
शनिबार बसेको पार्टीको क्षेत्रीय कमिटी बैठकले मिश्रलाई पहिलो प्राथमिकतामा राख्दै काठमाडौँ–१ बाट प्रत्यक्षतर्फ तीन जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।
प्रत्यक्षतर्फ सिफारिस हुने उम्मेदवारमा रवीन्द्र मिश्रसँगै रामेश्वर श्रेष्ठ र राम तन्दुकार रहेका छन्।
यसअघि मिश्र सोही निर्वाचन क्षेत्रबाट दुई पटक निर्वाचनमा पराजित भइसकेका व्यक्ती हुन्। यसपटक पनि उनी काठमाडौँ–१ बाटै चुनाव लड्ने तयारीमा छन्।

