भरतपुर महानगरपालिका वडा नम्बर १९ मा अवस्थित श्री जनप्रिय पब्लिक स्कुलका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई आजको बदलिदो समयमा प्रविधिको कति महत्व छ ? प्रविधिबाट के कस्ता कार्यहरु हुनसक्छन? तथा हाल समाजमा थाहा भएर वा थाहा नभएर साइबर अपराध कसरी हुन्छ ? मानवले प्रविधिको दुरुपयोग कसरी गर्छ ? यसबाट हामीहरु कसरी सजक रहने ?तथा आफ्नो गोपनियतालाई सुरक्षित कसरी गर्ने? विभिन्न सामाजिक सञ्जालको माध्यमबाट घर घरमा सामाजिक अपराधबाट सुरक्षित कसरी ?भन्ने जस्ता गहन भनाइ र नेपाल साइबर सुरक्षामा संसारका देशहरु मध्ये कुन अवस्थामा रहेको छ ? नेपालमा प्रयोग गरिने प्रविधिको बारेमा विद्यार्थीहरूलाई डाक्टर रामहरि सुवेदीले प्रोजेक्टरको माध्यमबाट जानकारी गराउनु भयो।
विद्यार्थीहरूको प्रतिक्रियामा निकै महत्त्वपूर्ण विषयको बारेमा डाक्टर रामहरि सुवेदीले दिनुभएको ज्ञान आजको अवस्थामा निकै महत्वपूर्ण रहेको तथा जनप्रिय पब्लिक स्कुलले डाक्टर रामहरि सुवेदी सरलाई विद्यालयमा आमन्त्रण गरी हामीबीच यो ज्ञान देख्ने र सुन्ने अवसर मिलाइदिनु भएकोमा जनप्रिय स्कुल परिवार तथा डाक्टर रामहरी सुवेदी सरप्रति हार्दिक आभार व्यक्त गरिन्छ। भन्ने जस्ता अभिव्यक्ति विद्यार्थीहरूको सकारात्मक प्रतिक्रिया पाइयो।

