त्यो cap मुनि संघर्ष लुकेको छ । ब्याचलर र मास्टर डिग्रीको त्यो cap भित्र को कथा धेरै नै भिन्न छ । भन्छन् त्यो डिग्री अब Gmail बाट कुनै Multinational Company मा जान्छ त, कसैको डिग्री consultancy मा । कसैको डिग्री बाकस भित्र त, कसैको डिग्री भित्ता मा फोटो बनेर । कसैको डिग्री ले राम्रो अवसर पाउछ त कसैको डिग्री ले त्यो मान्छे सङसङै दुख पाउछ । Convocation को त्यो cap लाई बोल्ने मौका दिने हो भने त्यो cap ले आफ्नो कथा सुनाउने छ ।
नेपाल जस्तो देश मा जहाँ आज पनि राम्रो शिक्षा को लागि संघर्ष गर्न पर्छ त्यो देशमा जीवन मा केही ठूलो गर्छु भन्ने आशाले ओढियेको त्यो cap ले भोलि मेरो ढाका टोपी को इज्जत राख्ने छ कि छैन त्यो हेर्न बाकी छ ।
धुलो खादै कलेज पुगेको ,विद्यार्थी आन्दोलन गर्दै पढेको , नेपाल बन्द र परिक्षा तालिका बिगार्दा बिगार्दै आफ्नो पढाइ सकेर त्यो Convocation cap नेपालीको लागि कुनै नोबेल prize भन्दा कम हैन ।
हो, यो त्यहि देश हो जस्मा SLC पछि 40% ले पढ्न छोडछ्न , 12 पछि 40% ले पढ्न छोडछ्न । घर को जिम्मेवारि , गरिबी र परिस्थिति ले आज पनि धेरै को टाउको मा त्यो cap अडिन सकेन । विदेशमा पलायन हुन मन नभएको होइन तर देशमा नै केही गर्छु भन्ने सोचले अडिएको छ यो cap । बच्चा काखमा राख्दै त्यो cap ओढ्ने आमाले आफनो बच्चा को भविस्य बनाउदै छिन । त्यो चाहुरी परेको अनुहार मा आज पनि जीवन प्रती सकारात्मक सोच छ । त्यो कलिलो अनुहार माथी सजियेको Cap कसैलाइ जीवनमा अघि बढ्न सिकाउदै छ । Mount Everst जस्तो त्यो चुचुरे cap भित्र धेरै खुशी र दुख का पल हरु लुकेका छ्न । केही जागीर नहुदा घर बाट पैसा पुर्याउदै सकेको त्यो डिग्री को आफ्नै कथा छ ।
आज देश मा बेरोजगारी छ , गरिबी छ तर फेरि पनि हजारौं ले संघर्ष गर्दै आफ्नै देश मा आफ्नो युनिभर्सिटी को cap लगाउदा गर्व लाग्छ । पक्कै पनि Harvard university , oxford university जस्तो TU वा KU ,PU नहोला तर convocation cap मा लेखियेको कथा त्यहा का बिध्यार्थिभन्दा धेरै भिन्न छ । त्यो cap ले नेपाली लाई संघर्ष गर्न सिकाएको छ ।
(सामाजिक सन्जालबाट लिएर राखेको सामाग्री हो यो)

