काठमाडौँ। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन्।
काठमाडौँको कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मतदानबाट देशभरिका प्रतिनिधिले कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
चुनावी मैदानमा डा कडरियाले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पारेर विजयी भएका हुन् । कडरियाले ७३२ मत ल्याएर विजयी बन्दा पौडेलले ७२५ मत पाए।
नेकपा एमाले पार्टी नेतृत्व पूर्व सचिव एवम् अखिलका पूर्व प्रवक्ता प्रकाश पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गर्न चाहेपनि पूर्वसचिव कडरिया अखिलले अब उमेद्वार रोज्ने हैन, भविष्य रोज्नुपर्ने आवश्यकता रहेको भन्दै आफूलाई निर्वाचित गर्न आव्हानसहितको नारा बनाउँदै अध्यक्षको उमेद्वार भएका थिए ।
यस्तै उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना सिवाकोटी विजयी भएका छन् भने महासचिवमा दीपक धामी निर्वाचित भएका छन्।
उपमहासचिवमा कमल जोशी, सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिम बाबु खान विजयी भएका छन्।
विभिन्न आयोगका अध्यक्षमा प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन्।

