एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच एक सम्झौतामा हस्ताक्षर भएको छ । जसको उद्देश्य बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा सहकार्य गर्ने हो। यस सम्झौतासँगै, अब एनआईसी एशिया बैंकका ग्राहकहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिदा र डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
यस सुविधाको उपभोग गर्नका लागि ग्राहकहरुले बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ, साथै मोबैंक एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ। यस सहकार्यले बैंकको उद्देश्य अनुसार देशभरका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरुमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।

