काठमाण्डौ। नेपाल बैंक र अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरबीच विशेष सम्झौता भएको छ ।
बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरले स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको हो ।
सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजी ल्यावको विविध सेवाको लागि निःशुल्क होम डेलिभरीको सुविधा र औषधि खरिदमा लाग्ने शुल्कहरूमा बिल रकमको सात प्रतिशतदेखि २० प्रतिशतसम्म छुट दिने सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार सम्झौतापत्रमा सोमबार बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरको तर्फबाट ल्याव निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने बैंकको विश्वास छ

