काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा तोकिएको छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।
स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४१ पैसा कायम भएको छ। अष्ट्रेलियन डलरको खरिददर ९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०२ रुपैयाँ २६ पैसा रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ३५ पैसा तोकिएको छ भने जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।
चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ तोकिएको छ। त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।
कतारी रियालको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा, युएई दिरामको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८३ पैसा रहेको छ।
यसैगरी, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४९ पैसा तथा ओमानी रियाल एकको खरिददर ३६८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिनेछ भने वाणिज्य बैंकहरूले तोक्ने दर फरक पर्न सक्ने जनाइएको छ।