काठमाडौं – वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर पुनः परिमार्जन गरेका छन्। भदौको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घट्दै ५.५७ बाट ५.४६ प्रतिशतमा झरेको छ।
२० वाणिज्य बैंकमध्ये ९ वटा बैंकले ब्याजदर घटाएका हुन्। प्राइम कमर्सियल, सानिमा र एभरेष्ट बैंकले ०.५ प्रतिशत विन्दुले कटौती गरे भने सिटिजन्स र एनआईसी एशियाले ०.२५, कुमारी बैंकले ०.२ प्रतिशत विन्दु घटाएका छन्।
लक्ष्मि सनराइज बैंकले ०.२५ र स्ट्याण्डर्ड चार्टर्डले भने ०.०५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन्। बाँकी ९ बैंकले भने भदौ महिनाकै दर कायम राखेका छन्।
असोजमा कुमारी बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ५.०१ प्रतिशत ब्याज दिनेछ भने अधिकतम ६ प्रतिशत ब्याजदर एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले उपलब्ध गराउनेछन्।
संस्थापक मुद्दति निक्षेपमा भने औसत ब्याजदर ०.०८८५ प्रतिशत विन्दुले घटेको छ। ७ बैंकले कटौती गर्दा १३ बैंकले दर स्थिर राखेका छन्।
विशेषज्ञका अनुसार हाल कर्जा लगानी सुस्त हुँदा बैंकहरूसँग लगानी योग्य पूँजी थुप्रिएको छ।
निजी क्षेत्रबाट कर्जाको माग नआएकाले बैंकहरू ब्याजदर घटाउन बाध्य भएका हुन्।